Sunday, April 5, 2015

टर्किस एयरको विमान अझै एकवर्ष विमानस्थलको हेलिप्याड मै थन्किने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ७ चैत
गत महिना दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टर्किस एयरको विमान अझै एकवर्ष विमानस्थलको आन्तरिक हेलिप्याडमै थन्किने भएको छ । टर्कीको इस्तानबुलबाट ११ सदसीय चालक दल सहित २ सय २३ जना यात्रु बोकेर काठमाडौ“ आएको विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाभई विमानस्थल नै ठप्प हुनेगरि अलपत्र परेको सो जहाजलाई करिब एक साता लगाएर अनेक प्रयास गरि बल्ल आन्तरिक हेलिप्याडमा पु¥याएर राखिए पनि अझै केही गर्न नसकी करिब एक वर्ष हेलिप्याडमै रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका उप महानिर्देशक टेकनाथ सिटौलाले टर्किस एयरको सो जहाज आगमी नोभेम्बरसम्म आन्तरिक हेलिप्याडमा नै रहने बताए । 
उनले अहिलेसम्म टर्किस एयरको इन्जिनियर टोलीले दुर्घटनामा परेको जहाज मर्मतको काम गरिरहेको भएपनि यहाँबाट उडाएर लैजान अझै करिब ८ महिनाभन्दा बढी समय लाग्ने जानकारी गराए । उनले टर्किस एयरको इन्जिनियर टोलीले दुर्घटनामा परेको जहाज सामान्य मर्मत गरिसकेको भएपनि अझै धेरै समय लाग्छ भनेका कारण कम्तिमा आगामी नोभेम्बरसम्म सो जहाज हेलिप्याडमै रहने बताए ।
विमानस्थल कार्यालयका अनुसार दुर्घटनाभई धावन मार्गमा करिब ५ दिनसम्म सम्पूर्ण हवाई सेवा नै ठप्प हुनेगरि अलपत्र भएको विमान हटाउने कार्यमा भएको सम्पूर्ण खर्च कति भएको र त्यो खर्च कस्ले बेहोर्छ भन्ने अझै राम्रोसँग टुँगो नलागिसकेको अवस्था छ ।  सो विमान दुर्घटनाबारे छानविन गर्न तत्काल गठन भएको समितिले पनि यस विषयमा अहिलेसम्म केही बोलेको छैन । विमानस्थल कार्यालय स्रोतका अनुसार सो विमान हटाउने कार्यमा भएका प्राविधिक एवं उपकरण खर्च मध्ये केही रकम सम्बन्धीत विमा कम्पनीले तिर्ने भएपनि कति रकम तिर्ने भन्ने अझै टुंगो नलागिसकेको अवस्था छ ।  २० फागुनमा विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको सो जहाज हटाउने कार्यमा आवस्यक ठुलो उपकरण नेपालमा नभएपछि छिमोकी मुलुक भारतीय सेनाको हर्कुलस विमानले ल्याएको उपकरणको खर्च , उपकरणसँगै भारतीय इन्जिनियर सहितको २५ जनाको टोलीले दुर्घटनाग्रस्त जहाज धावनमार्गबाट हटाउन काम गर्दा भएको खर्च लगायत यहाँका प्राविधिकहरु एवं नेपाल प्रहरी, नेपाली सेना सहितको करिब एक हजार जना भन्दा बढीको जनशक्ति परिचालन गर्दा भएका सबै खर्च टर्किस एयरलाइन्सले नै तिर्नुपर्ने वा अन्य कुनै स्रोतबाट जुटाईनुपर्ने भन्ने विषयमा अहिलेसम्म केही जानकारी नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
टर्किस एयरलाइन्सको सो विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्र प्रसाद घिमिरेको अध्यÔतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ । सो समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सह सचिव वुद्धिसागर लामिछाने रहेका छन्। अब यस समितिले नै दुर्घटनाग्रस्त विमान धावनमार्गबाट  हटाउने कार्यमा भएका सबै खर्च टर्किस एयरलाई अथवा अन्य कुनै स्रोतबाट जुटाउने भन्ने स्पष्ट्र जानकारी गर्न सक्ने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।

No comments:

Post a Comment