Tuesday, April 21, 2015

पर्यटनको भरपुर उपयोग गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौ, १६ चैत –
सोमाबार राजधानीमा सम्पन्न पर्यटन पत्रकार मञ्च ( टिजेएफ–नेपाल) को प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री महतले यस्तो सुझाव दिएका हुन ।  बन्द हड्ता जस्ता गतिविधी नभए पर्यटनले त्यसै फड्को मार्ने दावी गर्दै उनले सरकारले पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने बताए । उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको व्यवस्थापन निकै कमजोर भएकाले सरकारले त्यसतर्फ विशेष ध्यान दिएको जानकारी गराए । काठमाडौलाई दक्षिण एसियाकै नमुना पर्यकीय शहर बनाउन सरकारले विशेष पहल गरेको बताउँदै अर्थमन्त्री महतले काम गरेर देखाउने पर्यटकीय पूर्वाधार विस्तारका आयोजनालाई सरकारले प्रोत्साहना स्वरुप थप बजेट विनियोजन गरिने जानकारी गराए । उनले मुलुकको पर्यटन विकासकालागि लगानीको क्षेत्र अझ फराकिलो पार्न समेत व्यवसायीलाई आग्रह गरे । उनले यहाँका पुराना सम्पदालाई संरक्षण गर्न पनि सरकारले थप बजेट विनियोजन गर्ने बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले सरकारसँग पूर्वाधार विस्तारका गतिविधीसँगै पर्यटक बहानकालागि छुुट्टै पार्किङस्थलको माग गरे । उनले अहिले राजधानीका विभिन्न सडक छेउमा सवारी साधन राखैरै भएपनि पर्यटकलाई सेवा दिईरहेको जानकारी गराए । टिजेएफका अध्यक्ष शिव अधिकारीले मुलुकको पर्यटन विकासमा सञ्चार जगतले खेलेको विविध गतिविधी एवं भूमिकाबारे जानकारी गराउँदै अपेक्षाकृत पर्यटन प्रवद्र्धनकालागि  सरकारको ध्यानाकर्षण गराएका थिए । सो साधारण सभामा मञ्चले बरिष्ठ पर्यटन व्यवसायी दिपक महतलाई मानार्थ सदस्यमा मनोनित गरेको थियो ।
साधारण सभामा सभासद् एवं पूर्व मन्त्री मोहनसिँह राठोर, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, काठमाडौँ २ नम्बर सडक डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर रानाभाट लगायतले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सबैको सहकार्य जरुरी भएको बताएका थिए । सो साधारण सभामा टिजेएफले मृगौला रोगबाट ग्रसित पुराना पर्यटन पत्रकार हरिराज जोशीलाई नगद २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । यसैगरि सोही कार्यक्रममा टिजेएफले मुलुकको पर्यटकीय क्षेत्रमा विशेष योगदान पु¥याउने व्यवसायी एवं सम्बन्धीत सरोकारवालाहरुलाई सम्मान गरेको थियो । सो कार्यक्रममा ठमेल पर्यटन विकास परिषदका नव निर्वाचित पदाधिकारीहरुलाई पनि बधाई तथा सम्मान गरेको थियो । 
अर्थमन्त्री डा. रामशरण महतले पर्यटन मुलुकको आधुनिकीकरणकालागि महत्वपूर्ण अंग भएकाले सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुलाई पर्यटनको भरपुर उपयोग गर्न सुझाव दिए । पर्यटनको उचित रुपमा सदुपयोग गर्न सकिए देस सजिलै आर्थिक सम्बृद्धिमा जाने भन्दै उनले संसारमा नभएको प्राकृतिक सम्पत्ति एवं ऐतिहासिक सम्पदा नेपालमा मात्र भएकाले यसलाई भरपुर मात्रामा उपयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

No comments:

Post a Comment