Sunday, April 5, 2015

एयर अरेबियाले रसअल खैमाह–काठमाडौं उडान थाल्यो, सातामा २ उडान भर्ने

काठमाडौ, ११ फागुन –संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी एयर अरेबियाले रसअल खैमाह–काठमाडौं उडान सुरु गरेको छ । करिब एक वर्Èअघि ¥याक एयरले खैमाह–काठमाडौं उडान बन्द गरेपछि अहिलेसम्म सो विमानस्थलबाट काठमाडौं कुनै उडान भएको थिएन । त्यस बेला काठमाडौबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको चापलाई समेत मध्यनजर गरेर एयर अरेबियाले रसअल खैमाह–काठमाडौ उडान सुरु गरेको हो ।  सो एयरलाइन्सले आइतबारदेखि नै रसअल खैमाह विमानस्थलबाट नियमित व्यवसायीक काठमाडौं उडान सुरु गरेको हो । सो वायुसेवाले यस गन्तव्यबाट बजेट एयरलाइन्सको रुपमा उडान सुरु गरेको जनाएको छ ।
एयर अरेबियाले अहिले यस गन्तव्यबाट काठमाडौं साताको हरेक आइतबार र बुधबार नियमित उडान गर्ने बताएको छ । एयर अरेबियाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) एडेल ए अलीले वितेका ९ महिनामा खैमाहबाट विभिन्न दशओटा गन्तव्यमा उडान सुरु गरिएको बताए।  उनले अब यस विमानस्थलबाट हवाई यात्रुले काठमाडौंस“ग रमाइलो अनुभूति गर्दै जोडिने र विशेषगरि नेपालबाट वैदेशिक रोजगारीकालागि त्यहाँ जाने कामदारलाई राहत हुने बताए ।  एयर अरेबिया खैमाहबाट काठमाडौंकालागि दिउँसो दुई बजेर १० मिनेटमा उड्ने छ भने काठमाडौं विमानस्थलमा बेलुकी ७ बजेर ४० मिनेटमा अवतरण गर्ने सो कम्पनीले जनाएको छ । यसैगरि, काठमाडौंबाट बेलुकी ८ बजेर २० मिनेटमा खैमाहकालागि उड्ने छ भने सोही रातको १२ बजेर ३५ मिनेटमा एयर अरेबिया खैमाह विमानस्थलमा अवतरण गर्ने बताईएको छ ।

No comments:

Post a Comment