Tuesday, April 7, 2015

तुँदी कन्स्ट्रक्सनले पायो जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २० चैत
यस वर्षको राष्ट्रिय सम्मान जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड तुँदी कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभरका व्यवसायीलाई सहभागी गराएर विभिन्न विधामा प्रदान गर्दै आएको क वर्गतर्फको सो अवार्ड स्वदेश र विदेशमा समेत निकै उल्लेखनीय काम गरेबापत तुँदी कन्स्ट्रक्सनले प्राप्त गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीले निर्माण क्षेत्रमा वर्षभर उल्लेखनीय कार्य गर्ने तुँदी कन्स्ट्रक्सनका अध्यक्ष ऋषि सुवेदी र प्रबन्ध निर्देशक सुमन सुवेदीलाई सो अवार्ड प्रदान गरेका हुन् ।  
यसैगरी, सोही  विधाको सिल्भर अवार्ड नेपाल आदर्श निर्माण कम्पनी प्रालिले पाएको छ । त्यसैगरी, ब्रोन्ज अवार्ड रमण कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । उत्कृष्ट ख वर्गका निर्माण कम्पनीका तर्फबाट प्रदान गरिएको जगदम्बा स्टिल एफक्यान गोल्ड अवार्ड हिमडुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ ।  सोही विधाबाट सिल्भर अवार्ड गीताञ्जली कन्स्ट्रक्सन प्रालिले र ब्रोन्ज अवार्ड शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
महासंघले ग वर्गका निर्माण कम्पनीलाई सहभागी गराएर वितरण गरेको उत्कृष्ट गोल्ड अवार्ड पुष्पाञ्जली निर्माण सेवा प्रालिले पाएको छ । यसैगरी, सोही विधाको सिल्भर अवार्ड शाह निर्माण सेवा सुनसरी र भुवनेश्वरी निर्माण सेवा कैलालीले पाएको छ । त्यसैगरी, शाह निर्माण सेवा सर्लाहीले ब्रोन्ज (कांस्य) अवार्ड जित्न सफल भएको छ । यसैगरी, घ वर्गका निर्माण कम्पनीहरूका तर्फबाट उत्कृष्ट अवार्ड पाउनेहरूमा सुन्दर निर्माण सेवा कास्कीले गोल्ड, गीता कन्स्ट्रक्सन स्याङ्जाले सिल्भर र सुनकोसी कन्स्ट्रक्सन प्रालि काठमाडांैले ब्रोन्ज  अवार्ड पाएका छन् । सोही समूहबाट क्षेत्रगत आधारमा धनञ्जय निर्माण सेवा काठमाडौंले गोल्ड, सुसलिन निर्माण सेवा गोरखाले सिल्ड, सनलाइट कन्स्ट्रक्सन प्रालि अछामले ब्रोन्ज अवार्ड पाएको छ । यसैगरी, क्षेत्रगत आधारमा उमा एन्ड कम्पनी प्रालिले सिल्भर र खनाल कन्स्ट्रक्सनले ब्रोन्ज अवार्ड जित्न सफल भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले प्रदान गर्ने उत्कृष्ट जिल्ला संघहरूमा यस वर्ष तराईतर्फको उत्कृष्ट संघको अवार्ड बाँके जिल्लाले पाएको छ भने पहाडी जिल्लाहरूका तर्फबाट डडेलधुरा निर्माण व्यवसायी संघले अवार्ड जितेको छ । क्षेत्रीय संघमा पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघले अवार्ड जित्योे ।  क्षेत्रीय निर्माण व्यवसायी संघको सिफारिसमा घ वर्गको अवार्ड सनलाइट कन्स्ट्रक्सन, सुदूरपश्चिम, धनञ्जय निर्माण सेवा काठमाडौं, मध्यमाञ्चल, सुसलिन निर्माण सेवा प्रालि, पश्चिमाञ्चल, अब्दुल्ला निर्माण सेवा पूर्वाञ्चलले पाएको छ । निर्माण कार्य समाप्त हुनुभन्दा अघि नै  निर्माण कार्य पूरा गरी नेपाल सरकारबाट सम्मान प्राप्त गर्न सफल निर्माण कम्पनी अनक÷तुँदी÷लुम्बिनी जेभी र कालिका कन्स्ट्रक्सन प्रालिलाई विशेष सम्मान गरिएको थियो ।
यसैगरी, मुलुकभरका निर्माण व्यवसायीका छोराछोरीमध्येबाट इन्जिनियरिङमा उत्कृष्ट हुनेमध्ये विना महर्जनलाई महासंघले पुरस्कृत गरेको छ । त्यसैगरी, उत्कृष्ट महिला निर्माण व्यवसायीको सम्मान सम्झना निर्माण प्रालिकी प्रोपाइटर सम्झना भुलनले प्राप्त गरेकी छिन्।
उनीहरूलाई सो अवार्ड सिँचाइमन्त्री एनपी साउद, ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, मुख्य सचिव लीलामणि पौडेल, महासंघका अध्यक्ष शरदकुमार गौचनलगायतले संयुक्त रूपमा वितरण गरेका थिए । यसैगरी महासंघले यस वर्षको गौरव सम्मान महासंघका संस्थापक अध्यक्ष एवं श्री एयरलाइन्सका सञ्चालक बनवारीलाल मित्तललाई प्रदान गरेको छ । त्यसैगरी महासंघले आफूलाई सहयोग गर्ने विभिन्न मिडियाहरूलाई पनि अवार्ड वितरण गरेको थियो । त्यसैगरी, उत्कृष्ट प्रायोजकको अवार्ड  मोरङ अटो वर्क अन्तर्गतको जेसीबी डिभिजन र सिप्रदी टे«डिङ प्रालिले पाएको छ भने वर्षको उत्कृष्ट कन्स्ट्रक्सन फ्रेन्ड्ली इन्जिनियरको अवार्ड इन्जिनियर किशोरकुमार शाक्यले पाउन सफल भए । उत्कृष्ट परामर्श दिने कम्पनीमा यो वर्षको अवार्ड सिल्ट कन्सल्ट्यान्ट प्रालिले पाउन सफल भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री निधी निर्माण व्यवसायीसँग सरकारले सधैं सहकार्य गरेर जाने र निर्माण व्यवसायीले निर्धारण गरेको पूर्वाधार विकास राष्ट्र निर्माणको आधार बनांै  सर्वपक्ष जिम्मेवार भन्ने नारा अति सान्दर्भिक भएको र यसलाई कार्यन्वयनमा ल्याउन सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निर्माण व्यवसायीको पक्षमा अध्यादेशबाट सार्वजनिक खरिद ऐन ल्याउने समेत जानकारी दिए ।  राष्ट्रिय निर्माण दिवसको अवसरमा हरेक वर्ष २२ मंसिरमा मनाउँदै आएको सो अवार्ड वितरण कार्य यस वर्ष गत २६ देखि २८ मंसिरमा सम्पन्न १७औं साधारण सभा एवं नयाँ नेतृत्व चयन हुने निर्वाचनका कारण स्थगित भएको थियो । 

No comments:

Post a Comment