Tuesday, April 7, 2015

पर्यटन व्यवसायीलाई जलविद्युत र व्यवसायीक कृषिमा लगानी गर्न आग्रह

काठमाडौ, १५ चैत– परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले देश विकासको मुख्य आधार पर्यटन नै भएकाले पर्यटन व्यवसायीलाई अब जलविद्युत र व्यवसायीक कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।  आइतबार राजधानीमा सम्पन्न ठमेल पर्यटन विकास परिषद्को १९ र २०औँ वार्षिक साधारण सभामा मन्त्री पाण्डेले व्यवसायीलाई यस्तो आग्रह गरेका हुन ।
संविधान निर्माण पछि मुलुकको आर्थिक विकासकालागि चारओटा क्षेत्र पूर्वाधार विकास, पर्यटन, ऊर्जा र कृषिको आधुनिकीकरण अघि बढाइनुपर्ने भन्दै उनले यि चारओटा कार्य पुरा भएमात्र देसले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । पर्यटन प्रवद्र्धन गरी बढी पर्यटक भित्राउन पूर्वाधार निर्माण गर्नु आवस्यक भएको भन्दै उनले पर्यटकको उत्कृष्ट गन्तव्य ठमेलल गायतका क्षेत्रको प्रवद्र्धन तथा पुरातात्विक सांस्कृतिक धरोहरको मर्मत सम्भार गर्न पनि सबै व्यवसायीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए । अब प्रक्रियाबाटै सहमतिको संविधान जारी हुने दावी गर्दै उनले पर्यटन व्यवसायीलाई पर्यटनसँगै अब जलविद्युतको क्षेत्रमा पनि लगानी गर्न सुझाव दिए ।
पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले ठमेल पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले सो क्षेत्रको विकास प्रवद्र्धनका लागि पहिलो पटक ऐतिहासिक रूपमा सरकारले नेपाल पर्यटन बोर्ड मार्फत एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।  उनले अब यस बजेटले पूर्वाधार निर्माण र पुरातात्विक धार्मिक मठ मन्दिरको संरक्षण गरि व्यवस्थित शहर बनाउने कार्यमा टेवा पुग्ने अपेक्षा गरिएको बताए । 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन शर्माले ठमेललाई पर्यटकीय हबका रूपमा विकास गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । टानका पूर्व अध्यक्ष एवं बरिष्ठ पर्यटन व्यवसायी दिपक महत, संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला, पर्यटन व्यवसायीहरू गणेश सिंखडा, चन्द्र रिजाल लगायतले ठमेलको पर्यटन प्रवद्र्धनका लागि सहकार्य जरुरी भएको बताएका थिए । ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित अध्यक्ष रामशरण थपलियाले पर्यटकीय क्षेत्र ठमेलमा पूर्वाधार विकास र सम्पदा संरक्षणको काम तीव्र गतिमा अघि बढाइएको बताएका थिए । सो साधारण सभाले परिषदको अध्यक्षमा पुनः थपलियालाई नै चयन गरेको छ ।  सोही अवसरमा परिषद्का संस्थापक अध्यक्ष गणेशबहादुर  पाण्डे, पूर्व अध्यक्ष स्वर्गिय नामग्याल लामाकी धर्मपत्नी डोमा लामा सहित पाँच जना पूर्व अध्यक्षलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी परिषद्ले पर्यटन प्रवद्र्धनकालागि योगदान पु¥याउने नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी, काठमाडौँ २ नम्बर सडक डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर रानाभाट, टानका अध्यक्ष धमला, पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारी लगायतलाई पनि सम्मान गरेको थियो ।

No comments:

Post a Comment