Sunday, April 5, 2015

वायुसेवा कम्पनीका टिकट काउन्टरमा यात्रुको भीड ,अन्तर्राष्ट्रिय विमास्थलबाट आइतवार ६ दर्जन उडान , मलेसियामा अत्यधिक चाप

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ फागुन
टर्किस एयर दुर्घटनाले चार दिनसम्म ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राती ९ बजेदेखि सञ्चालनमा आएपछि अहिले विभिन्न वायुसेवा कम्पनीका टिकट काउन्टरहरुमा हवाई यात्रुहरुको बाक्लो भिड लागेको छ ।
आइतबार बिहानैदेखि सकेसम्म चाँडो गन्तब्यमा पुग्ने उदेस्यले विभिन्न वायुसेवा कम्पनीका टिकट बिक्री काउन्टरमा पुग्नेहरुलाई वायुसेवा कम्पनीले सजिलै टिकट नदिएका कारण अहिले यहाँबाट विदेसिन घरबाट बिदा भईसकेका हवाई यात्रुहरुको बिजोग भएको हो । अहिले राजधानीका विभिन्न वायुसेवा कम्पनीका नेपाल स्थित आधिकारिक जिएसए एवं टिकट बिक्रेता कम्पनी र कर्पोरेट अफिसमा नेपालबाट विदेशिने यात्रुहरुको अत्यधिक भिड लागेको छ । बिहानदेखि दिनभर लाइनमा बस्दापनि टिकट नपाएको उनीहरुको गुनासो छ ।   मागेको समयमा टिकट बिक्रेताहरुले हवाई टिकट उपलब्ध नगराएकै कारण अहिले  यहाँबाट विभिन्न गन्तब्य मुलुकमा जाने हवाई यात्रुहरुले यस्तो सास्ती भोग्नुपरेको हो ।
आइतबार दिनभर सबैभन्दा बढी भीड हात्तिसारस्थित कतार एयरलाइन्सको कर्पोरेट अफिस र दरबारमार्गको मलेसियन एयरलाइन्सको नेपालस्थित आधिकारिक जिएसए मार्कोपोलो टुर एण्ड ट्राभलमा देखिएको थियो ।
गत बुधबार विहानैबाट अन्तर्राष्ट्रिय उडान अवरुद्ध हु“दा रोकिएका हवाई यात्रु ओर्सान आइतवार करिब ६ दर्जन भन्दा बढी उडान भएका थिए । आइतबार सोही संख्यामा विभिन्न मुलुकबाट आएका जहाजको अवतरण भएको थियो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सबैभन्दा बढी उडान नेपाल वायुसेवा निगमले नै भरेको थियो ।
निगमले आइतवार मात्रै काठमाडौंबाट क्वालालम्पुरकालागि दुई ओटा उडान भरेको थियो । यसैगरी हङकङ, दुवई र नया“दिल्लीका लागि एक÷एक उडान भरेको थियो । त्यसैगरी मलेसियाको क्वालालम्पुर उडान गर्ने एयर एशिया एक्सले पनि चार ओटा उडान भरेको थियो । क्वालालम्पुरका लागि मलेसियन एयरलाइन्सले पनि दुई ओटा उडान गरेको थियो । क्वालालम्पुर–काठमाडौं रुटमा उड्ने मलेसियन कम्पनी मालिन्डो एयरले एउटा उडान भरेको थियो । दुवई काठमाडौं उडान गर्ने फ्लाइ दुवईले दुई ओटा उडान भरेको थियो ।
वैदेशिक रोजगारीकालागि सबै भन्दा धेरै कामदार जाने मुलुक मलेसिया नै पहिलो भएका कारण अहिले क्वालालम्पुरका दुईओटै विमानस्थलमा जाने यात्रुको चाप अत्यधिक छ ।
यसैगरि, वैदेशिक रोजगारीकालागि सबैभन्दा धेरै कामदार जाने दोस्रो गन्तब्य मुलुक कतारको दोहा –काठमाडौं रुटमा कतार एयरवेजले तीन ओटा उडान भरेको थियो ।  आइतवार एयर अरेबियाले काठमाडौं सार्रजहा रुटमा तीन ओटा उडान भरेको थियो भने काठमाडौं –रसलखैमाका लागि एउटा उडान भरेको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसैगरि, इत्तेहाद एयरलाइन्सले पनि काठमाडौंबाट आबुधाविकालागि दुई उडान भर्ने बताईएको छ । विमानस्थल कार्यालयले जानकारी दिए अनुसार आइतबार दिनभर र राती गरि करिब ६ दर्जन अन्तर्राष्ट्रिय उडान भएका थिए । 
काठमाडौंबाट चीनका लागि आइतवार ६ ओटा उडान भएका थिए  ।  यसैगरि, सोही रुटमा एअर चाइना, चाइना साउर्दन र चाइना इष्र्टनले दुई÷दुई ओटा उडान भरेका थिए ।  अवरुद्ध विमानस्थल खुले लगत्तै शनिबार राती पनि चाइना इष्र्टनले पा“च र चाइना साउर्दनले ३ ओटा उडान भरेका थिए । चीन उडान भर्दै आएका ३ ओटै विमानसेवा कम्पनी मध्ये एअर चाइनाले काठमाडौंबाट छेन्दु, चाइना साउर्दनले ग्वाङझाओ र चाइना इष्र्टनले कुनमिङकालागि उडान भर्दै आएका छन् । यसैगरि, जेट एअरवेजले काठमाडौंबाट मुम्बईकालागि दुई ओटा तथा नया“दिल्लीकालागि दुई ओटा गरी काठमाडौं विमानस्थलबाट ४ ओटा उडान भरेका थिए । एयर इण्डियाले नया“दिल्लीका लागि दुई ओटा र वाणारसीका लागि एउटा उडान भएको थियो ।  भारतकै इन्डिगो र स्पाइस जेटले पनि आइतबार दिउँसो काठमाडौं–नया“दिल्ली रुटमा एक÷एक ओटा उडान भरेका थिए ।  बिमान बंगलादेशले काठमाडौं–ढाका रुटमा दुई ओटा उडान भरेको थियो । यसैगरि, कोरियनले काठमाडौं–सिओल, सिल्क एयरले काठमाडौं– सिंगापुर, ड्रागन एयरले हङकङ, थाइ एयरले बैंकक र ओमान एयरले मस्कटकालागि एक÷एक ओटा उडान भरेका थिए । आइतबार टर्किस एअरको इस्तनाबुलबाट काठमाडौं आएको अर्को विमान आफ्ना यात्रु लिएर तुरुन्तै फर्किएको थियो ।
एयर ट्राफिकको समस्या
काठमाडौं÷रास– बढ्दो यात्रुको चापसँगै आइतबार एकैपटक नियमित भन्दा बढी विमान अवतरण र उडान भएका कारण आइतबार नेपाली आकाशमा दिनभर हवाइ ट्राफिकको समस्या उत्पन्न भएको थियो । विगत ४ दिनदेखि ठप्प अन्तर्राष्ट्रिय विमानस्थलमा एकैपटक विमानको चाप अत्यधिक भएर दिनभर विमानस्थल व्यस्त भएपछि विभिन्न मुलुकबाट आएका जहाज अवतरण गर्न पालो पर्खने क्रममा यस्तो ट्राफिक जाम समस्या भएको हो । एयर ट्राफिकका कारण आइतबार नेपाली आकाशमा एउटा जहाजले न्यूनतम ४० मिनेटदेखि बढीमा डेढ घण्टासम्म फन्को मारेर आकासमै होल्ड गर्न बाध्य भएका थिए । लामो समय फन्को मारेर आकासमा होल्ड गर्दापनि अवतरण गर्न नपाएपछि एयर अरेविया र एयर एशिया एक्सको एक÷एक जहाज  केही समय अन्यत्रै डाइभर्ट भएका थिए । विमानस्थल स्रोतका अनुसार एयर अरेबिया भारतको लखनउ डाइभर्ट भएको थियो भने एयर एशिया एक्सको विमान कोलकाता डाइभर्ट भएको थियो । लामो समय आकाशमा होल्ड हु“दा इन्धन सकिने सम्भावना भएकै कारण ती जहाजलाई नजिकैको विमानस्थलमा डाइर्भट गर्नु बाहेक अर्को बिकल्प नभएको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार दिनभर नेपाली आकाशमा एक घण्टामा करिब आधा दर्जसम्म जहाजहरु होल्ड हुन पुगेका थिए ।  एयर ट्राफिककै कारण अहिले विमानस्थल कार्यालयलाई विभिन्न मुलुकबाट आएका जहाजलाई सुरक्षित रुपमा उडान र अवतरण गराउनै मुस्कील भएको छ । 
विमानस्थल कार्यालयका महाप्रवन्धक बीरेन्द्रकुमार  श्रेष्ठले अहिले विमानस्थलमा विभिन्न मुलुकबाट आएका जहाज पार्किङको अभावले पनि एयर ट्राफिकको समस्या भएको बताए । 
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटकमा जम्मा ९ ओटा मात्र ठुला जहाज पार्किङ गर्न मिल्छ अवस्था छ । सोही कारण आइतबार दिनभर आकाश मात्र नभएर विमानस्थलको पार्किङ र ट्याक्सी वे (जहाजलाई पार्किङस्थल लैजाने बाटो) मा पनि उस्तै समस्या भइरहेको पनि उनले जानकारी दिए ।  उनले अवतरण गरेका जहाज पाकिर्ङमा नअटाएपछि ‘ट्याक्सी वे ’मा पनि केही बेर राख्नुपरेको बताए । विमानस्थल कार्यालका अनुसार अवतरण गरेको जहाजलाई ट्याक्सी वे मा २०÷२० मिनेट रोक्ने, पार्किङमा भएको जहाजमा यात्रु भरेर धावन मार्गतर्फ पठाएपछि ट्याक्सी वे बाट जहाज पार्किङ स्थल लैजाने काम भइरहेको छ ।
विमानस्थलमा कतिपय बेलामा एकै पटक १४÷१५ ओटासम्म जहाज अवतरण गराउनुपर्दा ट्याक्सी वे मा समेत ५÷६ ओटा जहाज अडाएर राख्नुपरेको थियो । ट्याक्सी वे २ मा टर्किस एयरको दुर्घटनाग्रस्त जहाज राखिएकाले त्यसले ट्याक्सी वे १–लाई समेत छेकेको अवस्था छ । जहाज पार्किङमा समेत टर्किसको सो विमानले असजिलो पारेपछि दिउसो प्राविधिकहरुले दुर्घटनाग्रस्त जहाज हटाएर बुद्ध एयरको ह्याँङगर तर्फ लैजाने बताइएको छ । शनिबार धावनमार्ग खुला गर्नकालागि सो विमान आन्तरिक टर्मिनल भवनको अगाडि ट्याक्सी वे मा राखिएको थियो । जसका कारण अहिले अन्तर्राष्ट्रिय उडान अवतरणमा समस्या पारिरहेको बताईएको छ ।

No comments:

Post a Comment