Wednesday, December 23, 2015

पर्यटन बोर्डका नवनिुक्त सिइओ जोशीद्धारा पदभार ग्रहण, निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता

काठमाडौ, ८ पुस – नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बुधबार पदभार ग्रहण गरेका छन् । गत साता संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पर्यटन बोर्ड बैठकले जोशीलाई सिइओमा नियुक्त गरेको थियो । पदभार सम्हालेपछि नवनियुक्त सिइओ जोशीले निजी क्षेत्रको सहकार्यमा नै पर्यटन बोर्डको आगामी कार्यक्रम अघि बढ्ने बताए । उनले सरकार र निजी क्षेत्रसँगको आपसी सहकार्यमा मुलुकको पर्यटन प्रवद्र्धनमा जुट्ने प्रतिवद्धता जनाए । उनले आफ्नो चार वर्षे कार्यकालमा विभिन्न चारओटा रणनीति बनाएर बोर्डको भावी कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने आफ्नोे योजना रहेको बताए ।
 उनले गत बैशाखमा गएको विनाशकारी भूकम्प, नाकाबन्दी र विभिन्न बहानामा हुने गरेका बन्द हडतालका कारण अहिले स्वाटै घटेको पर्यटक बढाउने अभियान आफ्नो पहिलो चुनौती भएको बताए । यो चुनौतीसँगसँगै बोर्डमा अपनत्व महशुस नगरेको निजी क्षेत्र र सरकारबीच पुलको रुपमा काम गर्नुपर्ने आफ्नो अर्को दायित्व रहेको भन्दै उनले अहिले मुलुकको पर्यटन गम्भिर संकटमा परेकाले पहिलो प्राथमिकता मुलुकको पर्यटन बचाउनु नै रहेको बताए । उनले सन् २०१६ लाई इयरर्स अफ सर्भाइभलको रुपमा लिएका छन् । उनले अहिले वार्षिक पर्यटक आगमनको संख्या निकै घटेर जम्मा तीन लाखमा झरेको पर्यटकलाई फेरी ८ लाख पु¥याउने पहिलो लक्ष्य रहेको बताए । यसैगरी,उनले २०१७ लाई इयर अफ रिभाइभल भनेका छन् । त्यसैगरि सन २०१८ लाई इयर अफ रिभाइन रिग्रेसन र सन २०१९ लाई बिल्डिङ ब्याक बेटर वर्षका रुपमा मनाउने आफ्नो ब्यक्तिगत योजना रहेको जानकारी दिए । बुधबार राजधानीमा आयोजित सो कार्यक्रममा बोर्डका संस्थापक सदस्य एवं बरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रले पहिले जुन उद्देश्य लिएर बोर्डको गठन गरिएको थियो अहिले नयाँ सिइओले सोही उद्देश्य प्राप्तीमा अघि बढ्नुपर्ने बताए । पर्यटन क्षेत्रको विकास भएमा मात्र स–सानादेखि ठेला नेपालीलाई पाल्न सक्ने बताउँँदै उनले सरोकारवाला सबै मिलेर पर्यटन प्रवद्र्धनमा जुट्न आग्रह गरे ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले आफ्नो दायित्व राम्रोसँग निभाउन नवनियुक्त सिइओ जोशीलाई सुझाव दिए । ‘हामीले तपाईसँग धेरै अपेक्षा गरेका छौं’ उनले भने, ‘हाम्रो आशालाई निरासामा परिणत हुन नदिनुहोला’।
बोर्ड सञ्चालक समितिका सदस्य  समेत रहेका न्यौपानेले छिट्टै बोर्डको बैठक बसेर पर्यटन प्रवद्र्धनका लागि बजेट र कार्यक्रमहरु बनाउन आग्रह गरे । ट्रेकिङ एजेसिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गर्न जोशीलाई सुझाव दिए । ‘बन्द हडताल, नाकाबन्दीले हाम्रो आत्मवल गिरेको छ, विगतमा बोर्डले निजी क्षेत्रलाई टाढा बनायो’ उनले भने, ‘पछिल्लो समयमा बोर्डको बिग्रिएको छबी सुधार्दै निजी क्षेत्रलाई सँगसँगै लिएर पर्यटन अघि बढ्नुहोला’ । सो कार्यक्रममा नयाँ सिइओ छनोट समितिका संयोजक एवं बोड सञ्चालक समितिका सदस्य घनेन्द्रबहादुर श्रेष्ठ, अर्का बोर्ड सदस्य राजेन्द्रप्रसाद सापकोटा लगायतले सिइओ जोशीको आगामी ४ वर्षे कार्यकाल निकै राम्रोसँग बित्ने अपेक्षा गरेका थिए ।


Tuesday, December 22, 2015

लाङटाङ भ्रमण गर्न चुले निम्तो

काठमाडौ, ७ पुस –गत बैशाखमा गएको बिनासकारी भूकम्पका कारण मुलुकको आकर्षक पदयात्रा पर्यटकीय गन्तव्य रसुवाको लाङटाङ क्षेत्रले अत्यधिक क्षति व्यर्होयो । विनासकारी भूकम्पसँगै गएको हिउँ पहिरोका कारण लाङटाङ क्षेत्रमा मात्रै त्यसबेला एक सय ७५ जना स्थानियको अकालमै ज्यान गएको थियो । पर्यटकीय सम्पदा एवं त्यहाँका अघिकाँश होटल लजहरु ध्वस्त भएको थियो । पदयात्रा मार्ग हिँउ पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएको थियो । सो भूकम्पपछि गठित लाङटाङ पुनस्थापना समितिका अनुसार पुरै गाउँ नै बगाउनेगरि आएको हिमपहिरोमा चेपिएर ८० जनाभन्दा बढी विदेशी पर्यटक एवं करिब एक सयजना पर्यटन मजदुर, गाईड तथा पर्यटकका सहयोगीहरुले ज्यान गुमाएका थिए । मानविय क्षतिको आँकडा तीन सय ५५ हुँदा करोडौँ भौतिक क्षति हुन पुग्यो । बिनासकारी भूकम्प गएको अहिले ८ महिना बितिसक्दापनि त्यहाँका भूकम्प पिडितले सरकारले भत्कीएका घर बनाउनकालागि दिने भनिएको २ लाख रुपैयाँ अझै पाएका छैनन ।  यति धेरै क्षति व्यहोरेकोे पर्यटकीय गन्तव्य अहिले भूकम्पले भत्कीएका बिनासको धुलो टक्टक्याउँदै अघि बढ्ने प्रयत्न गर्दै छ । त्यहाँका स्थानीयवासी, नुवाकोट र धादिङका पर्यटन व्यवसायी एवं अन्य सरोकारवालाहरु अहिले भूकम्पले भत्कीएका संरचना निर्माणसँगै विभिन्न मुलुकबाट आउने विदेशी र स्वदेशी पर्यटकलाई सकेसम्म छिटो लाङकाङको पदयात्रा भ्रमणको चुले निम्तो बाँडिरहेका छन ।  सोही चुले निम्तो स्वरुप मंगलबार राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)ले लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर तयार पारिएको ‘वाकिङ एण्ड वाकिङ’ नामक बृतचित्र प्रदर्शन ग¥यो । युवा पत्रकार अशोक सिलवालद्धारा निर्देशत सो बृतचित्रले बिनासकारी भूकम्पले क्षतबिक्षत पारेको  आकर्षक पर्यटकीय गन्तब्यस्थल लाङटाङ क्षेत्र पदयात्रा भ्रमणकालागि निकै सुरक्षित रहेको र अहिले त्यहाँको पर्यटकीय गतिविधी बिस्तारै बौरिँदै गरेको दृष्यसहितको सकारात्मक सन्देश प्रवाह गरेको थियो । 
भूकम्पपछि निकै सकसकासाथ लाङटाङका हरेक कुना कन्दरामा पुगेर स्थलगत रिपोटिङ गरी आफ्नो क्यामेरामा कैद गरिएका दुष्यहरु र त्यस क्षेत्रका स्थानिय एवं भ्रमणमा पुगेका विदेशी पर्यटकको स्थलगत अनुभव र पुर्नरस्थापनाका सहानुभूतिहरु समेटेर तयार पारिएको सो बृतचित्र हेरेका  सबैलाई पत्रकार सिलवालले त्यहाँको बास्तबीक जानकारीसहित सकेसम्म छिटो जान चुले निम्तो दिएका थिए ।  बृतचित्रले क्षतिग्रस्त लाङटाङको पछिल्लो बस्तुस्थिति प्रस्ट देखाएको छ । क्षतिग्रस्त क्षेत्रहरु पुर्नरनिर्माण हुँदैगरेका, मानिसहरु विस्तारै सहजताको स्थितिमा फर्किन खोजेका, पर्यटकले अहिले त्यहाँको अवस्थालाई निकै सहज एवं सकारात्मक रुपमा ग्रहण गरेका र घुम्न जान थप पे्ररित गरेका दृश्य सो बृतचित्रमा समेटिएको छ । स्थानियसावीहरु पनि पर्यटक भित्रिाउन निकै आतुर देखिएका दृष्यहरु पनि सो बृतचित्रले प्रश्ट देखाएको छ । समग्रमा बृतचित्रले बिस्तारै पहिलेकै अवस्थामा फर्किरहेको लाङटाङको पछिल्लो बस्तुस्थितिलाई सक्दो समेट्ने प्रयास गरेको छ । सो बृत्तचित्रका अनुसार  लाङटाङमा अब पर्यटक जान पहिलेको जस्तो पुरै सुविधा नभए पनि अप्ठ्यारो स्थिति छैन । ‘लाङटाङ भर्खर ब्यूँझेको छ, अब हिँडन खोज्दैछ ।’ सो बृतचित्र निर्देशन गरेका सिलवालले भने, ‘ अहिले लाङटाङ निर्भिक रुपमा उज्यालोतर्फ लम्केको छ’। 
निट नेपालका अध्यक्ष एवं टानका पूर्व अध्यक्ष दिपक महतका अनुसार शाहसिक पर्यटनमा निश्चित हुन नसके पनि अब लाङटाङमा घुम्न जान कसैलाई डराउनुपर्ने अवस्था छैन् । ‘ढुक्क भएर गए हुन्छ’ उनले भने । लाङटाङ पुनरुत्थानका लागि छुट्टै गुरुयोजना आवश्यक रहेको बताए । सरकारले आगामी २०१६ लाई भिजिट लाङटाङ वा मिसन लाङटाङ अभियान वर्ष घोषणा गर्नुपर्ने उनको भनाई थियो ।
लाङटाङ पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाले हिमपहिरोका कारण विस्थापित भएर राजधानीमा शरण लिईरहेका अधिकांश स्थानिय बासिन्दा घर फर्किसकेको बताउँदै लाङटाङ विस्तारै पहिलेकै अवस्थातिर लम्किन खोजेको दावी गरे । अहिले अधिकांश स्थानियहरु घर आफ्ना फर्किसकेका छन्, होटल पुनः सञ्चालन भएका छन भन्दै लामाले  अब आफुहरु पर्यटकलाई सेवा दिन आतुर रहेको बताए ।  लाङटाङ पुनरुत्थानका लागि सरकार तथा सरोकारवाला निकायले चासो नदेखाएकोमा निकै दुःख लागेको बताउँदै  लामाले भने, यो नेपाल सरकारको कमजोरी हो’। सोही अवसरमा लाङटाङ पुर्नरनिर्माण समितिले सो बृत्तचित्रका निर्देशक सिलवाललाई लाङटाङको पर्यटन प्रवद्र्धनकालागि सद्भावना दूत नियुक्त गरेको छ । सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र विभिन्न संस्थाका प्रतिनिधी र सभासदहरु सहभागी थिए ।


Wednesday, December 2, 2015

‘संविधान नेपालका लागि ठूलो कोसेढुंगा’

मंसिर ७, २०७२- संयुक्त राज्य अमेरिकाकी नयाँ राजदूत अलाइना बी. टेप्लेट्जले डेढ महिनाअघि कार्यभार सम्हाल्दै गर्दा नेपाल नयाँ संविधान र त्यससँगै उत्पन्न राजनीतिक तनावमा जेलिन थालेको थियो । सन् १९९१ देखि अमेरिकाको वैदेशिक सेवामा आबद्ध रहेकी टेप्लेट्ज ढाका र काबुलमा काम गरेको ‘दक्षिण एसियाली अनुभव’ बटुल्दै काठमाडौं आइपुगेकी हुन् । नेपालसँग अमेरिकाको सात दशक पुरानो सम्बन्ध, यसका बहुमुखी आयाम, नयाँ संविधानको घोषणा, मधेसमा जारी तनाव, भारतको नाकाबन्दी, सम्भावित मानवीय संकटको अवस्था आदिलाई उनले कसरी हेरेकी छन् ? प्रस्तुत छ, राजदूत टेप्लेट्जसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश :

नेपालमा अमेरिकाको विदेश नीतिको उद्देश्य राजनीतिक र आर्थिक विकासको प्रबद्र्धन गर्नु, मानवीय सहायतामा हाम्रो परनिर्भरता कम गर्नु र क्षेत्रीय सुरक्षामा सकारात्मक योगदानका लागि क्षमता अभिवृद्धि गर्नु हो भनिएको छ । के अहिले पनि अमेरिका यही नीतिमा अडिग छ ?
हो । अहिले पनि नेपालमा हाम्रो उद्देश्य भनेको समृद्धि प्रोत्साहन गर्नु, लोकतन्त्रको थप विकास र स्थिरता नै हो । यस वर्षको सुरुमा आएको भूकम्प कैंयौ अर्थमा प्रलयकारी घटना थियो । भूकम्पको परिणामस्वरूप आर्थिक मुद्दाका सवालहरू पछाडि पर्नेप्रति निश्चय नै हामी सचेत छौं । त्यसकारण यस बिन्दुमा हाम्रो उद्देश्य भनेको स्थितिलाई पुरानै अवस्थामा ल्याइपुर्‍याउन सघाउनु हो । किनभने हामी अझै नेपाललाई यस्तो देख्न चाहन्छौं, जसलाई हाम्रो सहयोगमा भर पर्नु नपरोस् । स्थिरताको सवालमा मेरो विचारमा ऐतिहासिक सन्दर्भमा कुरा गर्ने हो भने यदि नेपाल लोकतन्त्रको बाटोमा अगाडि जान्छ भने यो संविधान साँच्चै एउटा महत्त्वपूर्ण कोसेढुंगा हो ।


नेपाल–अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता उच्चस्तरका भ्रमणहरू भए र १९६० मा स्थापित फुलब्राइट कार्यक्रम तथा पिसकोर नेपालले यो सम्बन्धलाई सुदृढ बनाए । अहिलेको समयमा यो सम्बन्धको बृहत् राजनीतिक आयाम कस्तो देख्नुहुन्छ ?

हाम्रो सम्बन्ध असाधारण रूपले बलियो रहिआएको छ । यूएएसआईडीका प्रशासक, विभिन्न सहायक मन्त्रीहरू, सेनाका विभिन्न सदस्यलगायतले नेपाल भ्रमण गरेका छन् र यस्ता भ्रमणहरू निरन्तर जारी छन् । नियमित तालिकाको यो एउटा संकेत मात्रै हो, बलियो साझेदारीका लागि सदैव क्रियाकलापहरू हुन्छन् र त्यो भइरहेका छन् । केही समयका लागि पिसकोरले नेपाल छाडेको थियो र अहिले त्यो फर्केको छ । यसमा हामी साँच्चै प्रसन्न छौं । हामीले सोचेको हाम्रा साझा रुचिको प्रतिक्रियाको संकेत हो यो ।


त्यसो भए हामी बृहत्तर रूपमा सही दिशातर्फ अगाडि बढिरहेका छौं त ?
हो । साझेदारीको सन्दर्भमा हामी सही दिशामा अघि बढिरहेका छौं । यिनीहरू गतिशील कुराहरू हुन्, अचल होइनन् । हामीले आजको आवश्यकता के हो भन्ने हेर्नुपर्छ, यस विपरीत ५० वर्ष पहिले सायद हाम्रा लय फरक हुन सक्थे ।

अहिले नेपालले मानवीय संकट भोगिरहेको छ । औषधि, इन्धन, दैनिक उपभोग्य बस्तुको चरम अभाव छ, जसले हाम्रा नियमित विकास कार्यलाई मात्रै बाधा पुर्‍याएको छैन, भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा समेत असर परेको छ । यसबारे तपाईंको के भनाइ छ ?
तपाईंको यो भनाइमा म सहमत हुनैपर्छ कि पुनर्निर्माणको काममा ठूलो असर परिरहेको छ । र, हाम्रा आफ्नै कार्यक्रमहरू हेर्दा पनि हामीले जुन रफ्तारमा चाहेका छौं, त्यो भइरहेको छैन । बरु कतिपय (कार्यक्रम) असाध्यै ढिला भइरहेका छन् । स्पष्टै छ, भूकम्पबाट प्रभावित अति दुर्गममा उपभोग्य र अन्य सामान पुर्‍याउने क्षमतामा पनि आवश्यक वस्तु अभावले अवरोध पुर्‍याएको छ, यो राम्रो कुरा होइन । नोभेम्बर ५ को हाम्रो वक्तव्यले पनि स्पष्ट पारेको छ कि अहिले (नेपालमा) संकट परेको छ र यसमा हामी चिन्तित छौं । त्यसकारण हामीले यसको समाधानको मार्ग पत्ता लगाउन सचेत हुनुपर्छ, ताकि दोस्रो मानवीय संकटको अवस्था नहोस् । र, त्यहाँसम्म जाने बाटो भनेको सार्थक संवाद नै हो ।

नेपालको नयाँ संविधानबारे अमेरिकाको के धारणा छ ?
संविधान घोषणा भएपछि हामीले स्वागत गर्‍यौं र यो कोसेढुंगा हो भन्यौं । मैले पहिले उल्लेख गरेजस्तै यो संविधानलाई ऐतिहासिक सन्दर्भमा हेर्दा नेपालका लागि ठूलो कोसेढुंगा हो र नेपालीको अधिकारको आधार हो । हामी विश्वास गर्छौं कि सबै नेपालीको आकांक्षा यसले प्रतिबिम्बित गर्नुपर्छ । यस बिन्दुमा संविधानको कार्यान्वयन सरकारका लागि एकदमै ठूलो काम हो र यस्तो अवस्थामा जुनसुकै सरकारले सामना गर्ने चुनौती यही हो । फेरि पनि हाम्रो लामो साझेदारी र यहाँको हाम्रो कामलाई हेर्दा, संविधानको कार्यान्वयनमा केन्द्रित हुनका लागि हामी सहयोग उपलब्ध गराउन तयार छौं । तर वास्तवमा त्यहाँ केही बृहत्तर लोकतान्त्रिक आकांक्षाहरू हुनाले त्यो कार्य गम्भीर हुन जाने छ ।

संविधान नेपालका लागि कोसेढुंगा हो भनेर तपाईंले उल्लेख गर्नुभयो । के यो कथनका आधारहरू स्पष्ट गरिदिन सक्नुहुन्छ ?


(नेपालमा) धेरैपटक लोकतान्त्रिक निर्वाचनहरू भए । तर सन् २००८ र २०१३ मा भएका संविधानसभाका निर्वाचनहरू महत्त्वपूर्ण छन् र (त्यसबाट निर्मित) संविधान भनेको एउटा दस्ताबेज हो, जसले हरेकलाई निर्देशित गर्न सहयोग गर्छ । यसले आधारभूत नियम तयार पार्छ । संयुक्त राज्य अमेरिकामा हामीले सन् १७८७ मा हाम्रो संविधान निर्माण गर्‍यौं र त्यसयता अहिलेसम्म त्यसको प्रयोग गरिआएका छौं । तर त्यसमा केही सुधार गरिएको छ (त्यसमा अहिलेसम्म २७ संशोधन भएका छन्), जसले समाजका रूपमा हामी कसरी अन्तरक्रिया गर्छौं र हाम्रा राज्यहरूले संघीय सरकारसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने तय गर्छन् । हरेक निर्णय र विधायकी कार्यका लागि यिनीहरू स्रोत दस्ताबेज हुन् जसले हाम्रो देशलाई नियमन गर्छ । नेपालको सन्दर्भमा हरेकका लागि पूर्ण आधाररेखा स्थापित गर्दै यहाँको समाजका अधिकारहरूको प्रत्याभूतिसहित जनतालाई त्यो मानक प्रदान गर्न संविधान एकदमै महत्त्वपूर्ण छ । भनिन्छ, त्यहाँबाट अझै प्रशस्त कानुनहरू आउन बाँकी छन् र त्यसलाई विकसित हुन पनि केही समय लाग्ने छ । यी कानुनहरू कस्ता हुन्छन् भन्नेबारे जनता साँच्चिकै सावधान हुनुपर्छ ।

संविधान आएपछि उत्पन्न धारणाहरूमा व्यापक अन्तर छ, खासगरी काठमाडौं र नयाँदिल्लीका बीचमा । भारतले अरू कुरासँगै नाकाबन्दी गरेर प्रतिक्रिया जनाएको छ, जसले नेपालमा मानवीय संकट पैदा गरेको छ । यसमा अमेरिकाको भनाइ के छ ?यसको जवाफका लागि पनि नोभेम्बर ५ को (हाम्रो) वक्तव्यमा जानुपर्छ । सीमा क्षेत्रको उतारचढाव हेर्दा, स्थिरताको अभावमा र लोकतान्त्रिक पक्षमा जुन प्रगति हुनुपथ्र्यो, त्यसको अभाव देखिँदा हामीले प्रत्येकलाई समाधानको बाटो खोज्न उत्प्रेरित गरेका छौं । र हामीले लगातार भन्दै आएका छौं कि शान्तिपूर्ण लोकतान्त्रिक समाधानले नै मुलुकलाई दीर्घकालीन समृद्धि प्रदान गर्छ । हामी आज पनि यसैमा विश्वास गर्छौं । हामीले निश्चय पनि जनताले आफ्नो अधिकारलाई शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्ने कुरालाई समर्थन गरेका छौं, तर हिंसात्मक रूपमा होइन । संवादलाई ठाउँ दिनु गम्भीर रूपले महत्त्वपूर्ण छ । राजनीतिक दलहरू र विरोधमा उत्रेका समूहहरू वार्ताको टेबलमा आउनुपर्छ, वास्तविक संवाद हुनुपर्छ, विश्वास र हार्दिकता हुनुपर्छ । र त्यसरी नै प्रतिफल प्राप्त हुने छ । त्यसकारण हामी यसमा संलग्न सबैलाई फेरि पनि समस्याको समाधान खोज्न आग्रह गर्छौं ।

बढ्दो मानवीय संकटको कुरा गर्दा, औषधि बोकेर काठमाडौं आउँदै गरेको ट्रकलाई समेत प्रदर्शनकारीहरूले जलाइदिएका छन् ?

फेरि पनि उनीहरूको आकांक्षा मेल भएन होला । नेपालका जनताको आकांक्षा परिभाषित गर्ने संयुक्त राज्य अमेरिकाले होइन । तर यदि उनीहरूको आकांक्षा मेल खाएन भने त्यसलाई प्राप्त गर्ने उपाय अहिंसात्मक हुनुपर्‍यो, विध्वंसात्मक हुनु भएन । औषधि बोकेका ट्रक जलाउनु, विद्यालयहरू बन्द गर्नुलाई हामी वास्तविक राजनीतिक संवादका लागि रचनात्मक मार्गका रूपमा हेर्दैनौं ।


तपाईंले भन्नुभएको गहिरिँदो मानवीय संकटबारे प्रकाश पारिदिनुहोस् न ? भविष्यमा कस्ता प्रकारका परिदृश्य आउने देख्नुहुन्छ ?भूकम्पपछि निश्चय पनि ठूलो विनाश भएको छ, जहाँ ८ लाख घरहरू ध्वस्त भए । मानिसहरूले आफ्नो बासस्थान मात्रै गुमाएनन्, रोजीरोटी पनि त्यससँगै गुमाएका छन् । स्कुलहरू, प्रहरी चौकीहरू र जिल्ला सदरमुकामहरू ध्वस्त भएका छन् । त्यसकारण हाम्रो पहिलो रेस्पोन्स भनेको तात्कालिक सहायता पुर्‍याउनु थियो र ती मानिसहरूलाई आफ्नो शिर ढाक्ने सानो भए पनि शिविर र उनीहरूका थालमा थोरै भए पनि खाना पुर्‍याउने कुराको सुनिश्चितता गर्नु थियो । त्यसकारण संयुक्त राष्ट्रसंघ र अरू संघसंस्थासँगै हामीले ती आवश्यकता पूरा गर्न सहयोग गर्‍यौं । र, अहिले हामी त्यस्तो चरणमा आइपुगेका छौं कि हामीले आशा गरेका थियौं अहिलेसम्म सबै अस्थायी शिविरहरू स्थायी संरचना बनिसक्ने छन्, जस्ताको बेरो स्थायी गारो बनिसक्ने छ । तर हामीले त्यो भएको देखेका छैनौं ।

निश्चय पनि आपूर्तिको अभावमा यसमध्ये केही अवरुद्ध भएका छन् । दातृ सहायता संयोजनका लागि सहयोग र विकेन्द्रीकरण गर्न र त्यसलाई दिशा देखाउन व्यापक अधिकारको आवश्यकताबारे हामी चुप बसेका छैनौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विधेयक पारित भएको हामीले देख्न चाहेका छौं । यो सीमामा भएको अभावमात्रै होइन, हामीलाई यस प्रकारको व्यापक नेतृत्व पनि चाहिन्छ र पीडितलाई गर्ने रेस्पोन्सका लागि हामीलाई सक्षम पनि बनाउँछ । र, फेरि पनि हामीले सहयोग प्रदान गर्ने उपायहरूमा कुनै ढिलाइ गरेका छैनौं, चाहे त्यो सीपमूलक व्यक्तिगत तालिम दिने कुरा होस्, उनीहरूलाई वातावरणबारे जानकार बनाउने कुरा होस् अथवा हाम्रा स्वास्थ्य र पोषणजस्ता यथावत् कार्यक्रमहरू त्यसमा समायोजन गर्ने कुरा होस् । हामी भूकम्पबाट प्रभावित क्षेत्रमा विशेष आवश्यकता पुर्‍याउने कुरामा निरन्तर लागिरहेका छौं । हामीले चाहेजस्तो गरी रफ्तारमा काम भइरहेको छैन, केही केसहरूमा आपूर्तिको अभावले गर्दा अवरोध पुगेको छ तर हामी निरन्तर काम गरिरहेका छौं । त्यसकारण गहिरिँदो मानवीय संकटले हामी व्यापक प्रभावितहरूका लागि पुनर्निर्माण गर्ने अर्को आवश्यकीय चरणमा पुग्न सकिरहेका छैनौं ।

उद्धार मिसन र अरू सहायताका सन्दर्भमा भूकम्पपछि प्रतिक्रिया जनाउने पहिलो देशहरूमध्ये अमेरिका एउटा थियो । तर अहिले हामीले अनुभव गरेका छौं कि दातृ समुदाय हाम्रो प्रगति र पुनर्निर्माणको कानुनको अभावले गर्दा खासै खुसी छैन । हाम्रो तर्फबाट भविष्यमा के भएको देख्न चाहनुहुन्छ ? पुनर्निर्माण विधेयक पारित भए त्यसले व्यापक अधिकार प्रदान गथ्र्यो र त्यो अगाडि जाने उत्तम बाटो हुन्थ्यो । तपाईंले उल्लेख गर्नुभएजस्तै यहाँ धेरै दाताहरू छन् र धेरै लाइन मन्त्रालयहरू छन्, जसले दाताका प्राथमिकता र आवश्यकताको व्यवस्थापन गर्न सहयोग पुर्‍याउँदै आएका छन् । तर त्यहाँ अति धेरै मानिसहरू संलग्न छन् । एउटै अधिकारसम्पन्न प्राधिकरणले यसलाई छिटो अनुमति दिन सहयोग गर्छ । पुनर्निर्माणको प्रयास दीर्घकालीन हुन्छ । यो एउटा सानो आयोजना मात्रै होइन, जुन अचानक सकियोस् । यो दीर्घकालीन हुन्छ, बहुविषयगत हुन्छ र यसले धेरै क्षेत्रहरूलाई पार गर्छ । त्यसकारण त्यसखालको एउटा केन्द्रीय प्राधिकरण मेरो विचारमा अति आवश्यक छ । 
अमेरिका अति महत्त्वपूर्ण द्विपक्षीय दातामात्र नभई, पश्चिमा विश्वको अगुवा र यहाँको प्रभावकारी बहुपक्षीय दाता पनि हो । पुनर्निर्माणका सन्दर्भमा यी सबै दृष्टिले अमेरिकाको भूमिकालाई कसरी हेर्नुहुन्छ ?हाम्रो सुरुको छलफलको आधारमा र लामो साझेदारीको इतिहासलाई हेर्दा र एउटा राजदूतका रूपमा, म यस प्रयासमा हामीलाई अगुवाकै रूपमा देख्दछु । गत वर्ष हामीले १३ करोड अमेरिकी डलर छुट्याएका थियौं, जुन धेरैजसो भूकम्पपीडितहरूको आवश्यकता पूरा गर्नतिर केन्द्रित रह्यो । यो हाम्रो प्रतिबद्धताको सुरुवात मात्र हो । हाम्रा सबै वचन पूरा गर्ने योजना छ । प्राकृतिक प्रकोपका कारण परेको आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न यहाँ अवस्थित परिपक्व सहायक कार्यक्रमहरूको ठूलो हात पनि रह्यो । हाल यी अवस्थित कार्यक्रमहरूलाई चिरपरिचत आवश्यकता पूरा गर्न, थप प्रभावकारी बनाउन मार्ग हेरिरहेका छौं । आखिरमा सरकार र जनताले ठम्याएका आवश्यकता हेर्नु हाम्रो जिम्मेवारी हो । त्यसैले द्विपक्षीयका साथै तपाईंले दर्शाएझैं बहुपक्षीय संघसंस्थाबाट गरिने दाताबीच प्रमुख रहेकाले हामी यसमा पहिलेझैं प्रमुख कर्ताकै रूपमा रहने छौं ।
 नेपालको पुनर्निर्माणका सन्दर्भमा हालको अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ ?
पुनर्निर्माण कार्यमा दुइटा अवरोधहरू छन् । एउटा, (नेपाल–भारत) सिमानामा भइराखेको ढिलासुस्तीले पुनर्निर्माणका लागि चाहिने सरसामानको अभाव हुनु र अर्को, समन्वयकर्ता निकायको नहुनु । लामो अवधिकालसम्म प्रभाव पार्न समन्वयकर्ताको भूमिका धेरै महत्त्वपूर्ण हुनेबारे हामी कहिल्यै न मौन रहेका छौं न त पछि नै हटेका छौं ।

भारतीय नाकामा गतिरोध भइरहेको सन्दर्भमा नयाँदिल्ली र काठमाडौंसँग तपार्इंको कस्तो कुराकानी भइरहेको छ ?छिटोभन्दा छिटो समाधानको मार्गमा जान हामीले नेताहरूसँग कुरा गरेका छौं । यो समन्वयको दृष्टिकोणले मात्र नभई विधि निर्माणको स्थापना, अनुमोदन र परियोजना अनुमतिका लागि पनि हो, जुन हरेक परियोजनालाई सफल कार्यान्वयनका निम्ति अत्यावश्यक हुन्छ । समन्वयताका लागि हामीले अरू दाताहरूसँग पनि छलफल गरेका थियौं, जसका कारण हाम्रो प्रयत्न सही स्थानमा लक्षित होस् भन्ने हो नकि एकअर्काको प्रयत्नको नक्कल गर्न । अनि भूकम्पपछि नेपालको यात्रा समृद्धितिर लम्कियोस् भन्ने हाम्रो संयुक्त चासो हो । हाम्रो उद्देश्य पनि नेपालका लागि यही नै हो ।
 भारतसँग तपाईंको कुराकानी कस्तो रह्यो ?
अरू सरकारहरूसँग झैंभारत सरकारसँग पनि भूकम्प पूर्वोत्तर सवालहरूबारे कुराकानी भइराखेको छ । मलाई के लाग्छ भने हामी सबै दातृ आकांक्षाअनुसार एउटै दिशातिर अगाडि बढेका छौं ।
 यहाँ यस्तो पनि धारणा छ कि नयाँदिल्ली र वासिङ्टन यस क्षेत्रका रणनीतिक साझेदारहरू भएकै कारण सायद अमेरिकाले दिल्लीलाई नेपालको सवालमा नेतृत्व वा अगुवाइ गर्न दिन्छ, त्यसैले भारतीय नाकाबन्दीबाट यहाँका जनताले भोग्नुपरेको समस्यालाई अमेरिका मानवीय संकटका रूपमा खुलेर बोल्न चाहेको छैन ?

अमेरिकाको नेपालसँग रहेको ७० वर्षे लामो सम्बन्धलाई हेरेर पनि तपाईंहरूले यहाँको अवस्थामा हाम्रो स्वतन्त्र दृष्टिकोण रहेको बुझ्न सक्नुहुन्छ । अमेरिकाको रुचि क्षेत्रीय हिसाबले हेर्दा समृद्ध दक्षिण एसिया हो । आर्थिक संघटनमा नै नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेशलगायत यस क्षेत्रका सबै जनताका लागि ‘विन–विन सिचुएसन’ प्राप्त गर्न सकिनेछ । यस साझेदारी समृद्धिको धारणाबाट सबैले केही न केही उपलब्धि पाउने छौं । यो भनेर के स्पष्ट पार्छु भने हाम्रो बाह्य नीति/वैदेशिक नीतिलाई कसैले निर्देशित गरिराखेको छैन । हामीले यहाँको अवस्थालाई आफ्नै दृष्टिकोणबाट हेरिरहेका छांै । नेपालसँगको लामो सम्बन्ध र साझेदारीलाई बुझेर नै ठम्याइएका मानवीय आवश्यकताहरूप्रति हामी कसरी उत्तरदायी हुने भन्नेबारे हेरिरहेका छौं ।

अन्तर्राष्ट्रिय समुदायका प्रमुख सदस्यहरू नेपालमा भूकम्पका कारण पहिलो मानवीय संकट आइपर्दा सहयोगका लागि संयुक्त रूपमा आएका थिए । हालको राजनीतिक समस्या र नाकाबन्दीको समाधानका लागि प्रमुख अन्तर्राष्ट्रिय पात्रहरू सँगै अगाडि आउने देख्नुहुन्छ ?केही सातायता अमेरिकालगायत अरू थुप्रै देशहरूले नेपालको अवस्थाबारे विज्ञप्ति जारी गरेका छन् । संयुक्त राष्ट्रसंघले पनि यसबारे बोलेको छ । सीमाको परिस्थितिले कसैलाई मद्दत पुर्‍याएको छैन भन्ने निरन्तरको चुनौतीलाई यसमा औंल्याइएको छ । यसले मानवीय संकटका साथै कुनै दूरगामी अज्ञात परिघटनातर्फ पनि लैजाँदै छ । यसले आर्थिकलगायत अन्य क्षेत्रमा पार्ने विनाशकारी असरबारे तपाईं अनुमान लगाउन सक्नुहुन्छ । (यसबीच) जारी गरिएका विज्ञप्तिहरूले सबै दलहरूलाई सँगै मिलेर संकट समाधान गर्न आह्वान गरिरहेका छन् । यो राजनीतिक मुद्दा हो, त्यसैले यो सवाललाई सुल्झाउन राजनीतिक अग्रसरताकै खाँचो पर्छ । यसलाई समाधान गर्ने भनेकै राजनीतिक संवादबाट पहिले नसमेटिएका आकांक्षाहरूलाई सम्बोधन गरिने सहमतिबाट हो ।
त्यसो भए, अमेरिकाले नयाँदिल्ली र बेइजिङसँग पुनर्निर्माण कार्यमा मात्र नभई त्यसभन्दा परका विषयमा पनि क्षेत्रीय साझेदारी गरिराखेको छ त ?भारत, चीनका साथै सबै दक्षिण एसियाली राष्ट्रहरू र दाताहरूसँग हाम्रो संवाद चलिराखेको छ । त्यसैले हो, हामी यी सबै समस्या र सवालबारे यस क्षेत्रका साझेदारहरूसँग छलफल गरिराखेका छौं : हामी नेपाल सरकार, गैरसरकारी संघसंस्थाहरू, राजनीतिक दलहरू तथा सबै सरोकारवालाहरूसँग संवादमा छौं । त्यसैले, म फेरि भन्छु, यी सवालहरूको बारेमा सही संवाद गर्न, सम्बन्धित चासो र मुद्दाहरूमा छलफल गर्न र यी सबै कार्य हिंसारहित वातावरणमा हुनुपर्ने आवश्यकताबारे बोल्न पछि हटेका छैनौं ।


ठूला सहयोगको कुरा गर्दा, विशेषत द्विपक्षीय सम्बन्ध, नेपाल र अमेरिकाबीचको रक्षा सम्बन्धबारे केही भन्न चाहनुहुन्छ ?

हामीले धेरै विकास सहायताबारे कुरा गर्‍यौं तर हाम्रो साझेदारीको केही भाग बलियो सैन्यदेखि सैन्य सम्बन्ध हो । स्वाभाविक नै हो, हामी नेपाली सेनालाई प्रकोप प्रतिकार्य क्षमतामा सुधार ल्याउन गरेको मद्दतमा गर्व गर्छौं । हामीले यस क्षेत्रमा गरिएको लगानीले कति राम्रो परिणाम र सुधार ल्यायो भन्ने प्रत्यक्ष देखेका छौं । त्यसैले क्षमता अभिवृद्धि गर्ने यस्तो सम्बन्ध जारी छ । त्यसका साथै नेपाली सेनाको नेतृत्व क्षमता अभिवृद्धिमा पनि धेरै लगानी गरेका छौं । यसले प्रकोप प्रतिकार्यको क्षमता बढाउने छ । हामी गर्व गरिरहेको अर्को सम्बन्ध–क्षेत्र भनेको ‘पिस किपिङ अपरेसन’ सम्बन्धी क्रियाकलापमा यहाँका सैनिकहरूलाई दिइरहेको सहायता पनि हो । नेपाल सबैभन्दा ठूला शान्ति सैनिक समूह पठाउने राष्ट्रमा पर्छ । यसले अन्तराष्ट्रिय शान्ति र स्थिरतामा भीषण योगदान पुर्‍याएको छ । त्यसैले मेरो विचारमा नेपाली सेना सक्षम र निकै व्यावसायिक छन् । यसमा उनीहरूलाई सहयोग गर्न सक्ने हाम्रो क्षमताले नेपालमा मात्र नभई विश्वव्यापी रूपमा हामीले देख्न चाहेको स्थिरता र आर्थिक समृद्धिजस्ता उद्देश्य प्राप्त गर्न मद्दत पुर्‍याएको छ ।


सन् १९४०/५० तिर अमेरिका–नेपाल सम्बन्ध सुरु हुँदा सायद कल्पना नगरिएको एक आयाम, जुन लामो समयदेखि चल्दै आएको छ, त्यो हो अमेरिकाले नेपाली विद्यार्थीलाई गर्न सकेको आकर्षण । लामो कालमा अमेरिका–नेपालबीचको सम्बन्धमा यसले कस्तो प्रभाव पार्ला ?अन्तत: म यसलाई राम्रै कुराका रूपमा नै हेर्छु । उत्कृष्ट शिक्षा हासिल गर्न नेपाली विद्यार्थीका लागि यो ठूलो अवसर हो । अवश्य नै, हाम्रो आशा भनेको उनीहरू फर्केर नेपाल आऊन् र यहीँ योगदान गर्न विभिन्न तरिका अपनाऊन् भन्ने हो । साथै, उनीहरू नयाँ–नयाँ विचार भित्र्याउन अमेरिकासँग पनि सम्बन्ध कायम राखिराखून् र विश्वमा भइरहेको क्रियाकलापबारे जानकार रहिरहून् भन्ने हाम्रो आशा हो । त्यसैले, विदेशमा पढ्ने अवसर मिल्नु, ती सम्बन्ध बचाइराख्नु अनि ज्ञान, जानकारी र सायद केही प्रेरणाका साथ घर फर्किनु, मेरो विचारमा अद्भुत राम्रो चीज हो ।

अमेरिकाले नेपालमा आफ्नो भूमिकालाई कसरी हेर्छ– पश्चिमको अत्यन्त महत्त्वपूर्ण सदस्यका हैसियतमा वा स्वतन्त्र रूपमै देखिन चाहन्छ ?

अमेरिका आफूलाई ‘प्यासिफिक रिम कम्युनिटीको’ भाग ठान्छ । हामी दक्षिण एसिया, दक्षिण पूर्व एसिया र इन्डो–प्यासिफिक इकोनोमिक करिडोरको धारणामा आफूलाई कसरी संघटन गर्ने भन्नेबारे गम्भीर रूपमा सोचिराखेका छौं । त्यसैले कसरी परिभाषित गरिन्छ त्यसका आधारमा रहेर हामी आफूलाई थुप्रै समुदायका सदस्यका रूपमा देख्छौं । भौगोलिक रूपमा प्रत्यक्ष छिमेकी भएनौं भन्दैमा हामीबीच आपसमा मिलेर लक्ष्य हासिल गर्न सकिने आपसी चासोका विषय छैनन् भन्ने होइन । हाम्रो ७० वर्ष लामो सम्बन्ध भनेको राम्रो साथी बन्नु मात्र होइन । अमेरिकाले आर्थिक रूपले समृद्ध र दक्षिण एसियामा थप संघटन भएको नेपालमा अवसरहरू देखेको छ । हामी एसिया र एसियाली क्षेत्रमा गहन रूपमा केन्द्रित छाैं । उदाहरणका लागि यो सम्बन्ध सुदूरपूर्वमा रहेको चीन या दक्षिण एसियामा
रहेको भारतसँगको सम्बन्धमा मात्र केन्द्रित नभई सबै राष्ट्रहरूसँग हो ।

तपार्इंको कार्यकालमा व्यक्तिगत रुचिका क्षेत्रहरू के रहने छन् ?नेपालमा आउने म पहिलो महिला अमेरिकी राजदूत नभए पनि म महिला हुँ, मेरा विशेष रुचि छन् । पहिलो हो लैंगिक समानता, जुन राष्ट्रपति भण्डारीका साथै अरू थुप्रै महत्त्वपूर्ण नेपालीसँग मिल्छ भन्ने ठान्छु । महिलाहरूलाई राजनीतिक रूपमा सशक्त बनाउने मात्र नभई लैंगिक सवाल र मुद्दाहरूमा सुधार ल्याउनुका साथै उनीहरूका आकांक्षा पूरा गर्नतिर लाग्ने इच्छा छ । साथै महिलामाथि तत्कालीन प्रभाव पार्ने लैंगिक हिंसा र बेचबिखनका सवालमा जोड दिनुपर्ने जरुरी देख्छु । सायद मेरा लागि यो क्षेत्रमा सकारात्मक प्रभाव पार्न अद्वितीय अवसर पनि मिलेको छ । किनभने, यो सवाल लामो समयदेखि अमेरिकी सरकारको रुचिको क्षेत्र हो । त्यसैले सायद म लैंगिक समानताका क्षेत्रमा विशेष दृष्टिकोण र जोड दिन सफल हुने छु, सायद ।
साभारः ई कान्तिपुर

Tuesday, April 21, 2015

काठमाडौं संसारको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौ, ११ चैत–
गत शुक्रबार सम्पन्न प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरको कार्यक्रममा सहभागी भएका अर्थमन्त्री डा.रामशरण महतले पनि काठमाडौं दक्षिण एशियाको उत्कृष्ट पर्यटकीय राजधानी भएको दाबी गर्दै थिए । ट्रिप एडभाइजरको सूचीले काठमाडौं दक्षिण एशियाको मात्र नभई विश्वकै पर्यटकीय केन्द्र भएको पुष्टी गरेको छ । पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन् । काठमाडौं सांस्कृतिक रुपमा पनि विश्वकै धनी शहर हो । यसैगरि, पुरानो शहर काठमाडौंलाई मन्दिरै मन्दिर भएको शहरका रुपमा पनि चिनिन्छ ।
ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानीय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा पनि थप उल्लेख गरेको छ । काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, बसन्तपुर दरवार संरक्षण क्षेत्र, पाटन दरबार संरक्षण क्षेत्र र भक्तपुर दरबार संरक्षण क्षेत्र लगायतका विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको पदयात्रा भ्रमण निकै रोमाञ्चक हुने बताइएको छ ।
ट्रिप एडभाइजरले यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा पनि उत्तिकै बयान गरेको छ । यहाँको हस्तकला विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । काठमाडौंको मौसम समेत पर्यटकमैत्री रहेको  बताईएको छ ।  न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइने उसको दावी छ । काठमाडौं आसपासको क्षेत्रमा पदयात्रा, हाइकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले आफ्नो साइटमा राम्रोसँग वर्णन गरेको छ ।
ट्रिप एडभाइजरले छनोट गरेको उत्कृष्ट गन्तव्य एवं पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ । यसैगरि, २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ । त्यसैगरि, एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको थाइल्यान्ड १८ औं नम्बरमा र हङकङ २३ औं नम्बरमा परेको छ ।

विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्दछ । सो ट्रिप एडभाइजरका अनुसार विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृति लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको छ ।
– नेपालको राजधानी काठमाण्डौ संसारका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले सार्वजनिक गरेको विश्वभरका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौंलाई १९ औं नम्बरमा परेको हो ।

पर्यटनको भरपुर उपयोग गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौ, १६ चैत –
सोमाबार राजधानीमा सम्पन्न पर्यटन पत्रकार मञ्च ( टिजेएफ–नेपाल) को प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री महतले यस्तो सुझाव दिएका हुन ।  बन्द हड्ता जस्ता गतिविधी नभए पर्यटनले त्यसै फड्को मार्ने दावी गर्दै उनले सरकारले पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने बताए । उनले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको व्यवस्थापन निकै कमजोर भएकाले सरकारले त्यसतर्फ विशेष ध्यान दिएको जानकारी गराए । काठमाडौलाई दक्षिण एसियाकै नमुना पर्यकीय शहर बनाउन सरकारले विशेष पहल गरेको बताउँदै अर्थमन्त्री महतले काम गरेर देखाउने पर्यटकीय पूर्वाधार विस्तारका आयोजनालाई सरकारले प्रोत्साहना स्वरुप थप बजेट विनियोजन गरिने जानकारी गराए । उनले मुलुकको पर्यटन विकासकालागि लगानीको क्षेत्र अझ फराकिलो पार्न समेत व्यवसायीलाई आग्रह गरे । उनले यहाँका पुराना सम्पदालाई संरक्षण गर्न पनि सरकारले थप बजेट विनियोजन गर्ने बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले सरकारसँग पूर्वाधार विस्तारका गतिविधीसँगै पर्यटक बहानकालागि छुुट्टै पार्किङस्थलको माग गरे । उनले अहिले राजधानीका विभिन्न सडक छेउमा सवारी साधन राखैरै भएपनि पर्यटकलाई सेवा दिईरहेको जानकारी गराए । टिजेएफका अध्यक्ष शिव अधिकारीले मुलुकको पर्यटन विकासमा सञ्चार जगतले खेलेको विविध गतिविधी एवं भूमिकाबारे जानकारी गराउँदै अपेक्षाकृत पर्यटन प्रवद्र्धनकालागि  सरकारको ध्यानाकर्षण गराएका थिए । सो साधारण सभामा मञ्चले बरिष्ठ पर्यटन व्यवसायी दिपक महतलाई मानार्थ सदस्यमा मनोनित गरेको थियो ।
साधारण सभामा सभासद् एवं पूर्व मन्त्री मोहनसिँह राठोर, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, काठमाडौँ २ नम्बर सडक डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर रानाभाट लगायतले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सबैको सहकार्य जरुरी भएको बताएका थिए । सो साधारण सभामा टिजेएफले मृगौला रोगबाट ग्रसित पुराना पर्यटन पत्रकार हरिराज जोशीलाई नगद २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । यसैगरि सोही कार्यक्रममा टिजेएफले मुलुकको पर्यटकीय क्षेत्रमा विशेष योगदान पु¥याउने व्यवसायी एवं सम्बन्धीत सरोकारवालाहरुलाई सम्मान गरेको थियो । सो कार्यक्रममा ठमेल पर्यटन विकास परिषदका नव निर्वाचित पदाधिकारीहरुलाई पनि बधाई तथा सम्मान गरेको थियो । 
अर्थमन्त्री डा. रामशरण महतले पर्यटन मुलुकको आधुनिकीकरणकालागि महत्वपूर्ण अंग भएकाले सम्बन्धीत व्यवसायी एवं सरोकारवालाहरुलाई पर्यटनको भरपुर उपयोग गर्न सुझाव दिए । पर्यटनको उचित रुपमा सदुपयोग गर्न सकिए देस सजिलै आर्थिक सम्बृद्धिमा जाने भन्दै उनले संसारमा नभएको प्राकृतिक सम्पत्ति एवं ऐतिहासिक सम्पदा नेपालमा मात्र भएकाले यसलाई भरपुर मात्रामा उपयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

Tuesday, April 7, 2015

पर्यटन बोर्डमा ८१ करोड भ्रष्टाचार, दुई सचिवसहित ५० विरुद्ध मुद्दा

२३ जनालाइ बिगो तथा जेल सजाय माग
२७ लाई अनुसन्धानमा सहयोग गरेको भन्दै बिगो मिनाहा गरी सरकारी साक्षीका रूपमा पेस
काठमाडौ,२० चैत–
नेपाल सरकारका दुई बहालवाला सचिव, दुई उपसचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, दुई सहसचिवसहित बोर्डका प्रमुख तथा पूर्वप्रमुखहरूविरुद्ध दायर यो मुद्दा अख्तियारले दायर गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा हो ।
अख्तियारले मुद्दा दायर गरेलगत्तै नेपाल कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्याल, वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद सिवाकोटी र वन मनत्रालयका सहसचिव मेघबहादुर पाण्डे स्वत निलम्बनमा परेका छन् ।
अख्तियारका अनुसन्धान अधिकृतद्वय यादव खनाल र सुदर्शन लामिछानेको गत जेठदेखिको गहिरो अनुसन्धानपछि बोर्डमा भएको कहालीलाग्दो भ्रष्टाचार प्रकरणका मतियारहरू कानुनी कारबाहीको दायरामा आउने भएका हुन् ।
अख्तियारले बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत, पूर्वप्रमुख कार्यकारी अधिकृत, पर्यटन मन्त्रालयका पूर्वसचिवसहित  बोर्डमा कुनै न कुनै रूपमा विगतमा संलग्न २३ जनालाई बिगो कायम गर्दै मुद्दा दायर गरेको छ (हेर्नुहोस् बक्समा) । बोर्डमा जागिर खाइरहेका अन्य २७ जनालाई मुद्दामा प्रतिवादी बनाइए पनि बिगो र कारबाहीबाट उन्मुक्ति माग्दै सरकारी साक्षीका रूपमा उभ्याइएको छ ।
कामु कार्यकारी प्रमुख सुवास निरौलाको दबाबमा परेर भ्रष्टाचारमा संलग्न भएको र उनको धम्कीका आधारमा काम गरेको तर्कका आधारमा अख्खितयारले ती कर्मचारीलाई २३ जनाविरुद्ध साक्षीका रूपमा पेस गरका कारण उनीहरू भने निलम्बनबाट जोगिएका छन् । तर, अनुसन्धानका क्रममा अख्तियारका अनुसन्धानकर्मीलाई दिएको बयान विशेष अदालत पुगेर फेरेको खण्डमा भने उनीहरू स्वतः विपक्षी कायम मात्र हुने छैनन्, निलम्बनमा पनि पर्नेछन् ।
उनीहरूलाई निरौलाले कार्यसम्पादन मूल्यांकन नगरिदिनेलगायतका त्रास देखाएर भ्रष्टाचारमा संलग्न गराएको भन्दै अख्तियारमा आफूहरू भ्रष्टाचारमा संलग्न नरहेको, तर अनुसन्धानमा सहयोग गर्ने जनाएपछि प्रतिवादी महलमा नाम उल्लेख गरे पनि बिगोलगायतको सजाय मिनाहाको माग गरिएको अख्तियारले जनाएको छ ।
प्रतिवादी कायम भएर पनि सजाय छुट माग गरिएका बोर्डका कर्मचारीहरूमा उदय भट्टराई, नवीन पोखरेल, शरद प्रधान, प्रदीप पौडेल, गोविन्दराज ओली, मनिराज लामिछाने, सुनिल शर्मा, विकल शर्मा कँडेल, समीर बज्राचार्य, कुन्दन शर्मा, जितेन्द्र भट्टराई, नम्रता श्रेष्ठ, जानकीप्रसाद उपाध्याय, सूर्य थपलिया, सुमन घिमिरे, रानु शाह, रोहिणीप्रसाद खनाल, दिपकराज जोशी, सुदन सुवेदी, सन्तोषविक्रम थापा, लेखनाथ भुसाल, श्रद्धा श्रेष्ठ, प्रदीप बस्नेत, खेमराज तिमल्सिना, अर्चना केसी, उज्ज्वला दली र खङगविक्रम शाह छन् ।
आयोगले बोर्डको आर्थिक विनियमावलीलाई गैरकानुनी रूपमा सच्याएर भ्रष्टाचार गरेको विषयलाई अनुसनधानको मुख्य आधार बनाएको छ । बोर्डका पदाधिकारीविरुद्ध २०६८ सालदेखि अख्तियारमा परेका उजुरीलाई आधार मानेर थालिएको अनुसन्धानले मदिरा खरिद गरेको बिलसमेत बोर्डको काममा खर्च भएर देखाएर रकम हिनामिना गरेको तथ्यसम्म उल्लेख गरेको छ ।
स्थानीय विकास मन्त्रालयका वर्तमान सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा बनेको बोर्डका आर्थिक विनियमावली समिति र समितिले तयर गरेको मापदण्डलाई गैरकानुनी रूपमा सच्याउनु नै बोर्डमा भ्रष्टाचारको सुरुवातका रूपमा अख्तियारले लिएको छ । सो समितिले १ साउन २०७० मा तय गरेको खर्च गर्ने आधारलाई सोही मिति कायम गर्दै निरौला र सचिव अर्यालको अग्रसरतामा लामो समयपछि जथाभावी खर्च मापदण्ड परिमार्जन गरिएको विषयलाई अख्तियारले गैरकानुनी कार्यका रूपमा दाबी लिएको छ ।
भट्टराई समितिले बोर्ड पदाधिकारीले दैनिक टीएडीए भत्ताबापत २४ सय रुपैयाँ लिन पाउने गरी बनाएको मापदण्डलाई अनधिकृत रूपमा सच्याएर सात हजार रुपैयाँ पु¥याउनु भ्रष्टाचारको चरम नमुना भएको जस्ता उदाहरण अख्तियारले विशेष अदालतमा पेस गरेको छ ।
प्रतिवादी बनाइएका पदाधिकारीहरूले विभिन्न समयमा बोर्डका पदाधिकारीले कार्यक्रम नै नगरी बिल मात्र राखी रकम हिनामिना गरेको, सामान खरिद नै नगरी बिल मात्र संलग्न गरी भुक्तानी गरेको, सवारीसाधन भाडामा लिएको, नक्कली विल बनाइ रकम भुक्तानी गरेको जस्ता गैरकानुनी कार्यलाई भ्रष्टाचारको आधार बनाएको छ ।
यसैगरी, मदिरा खरिद गरेको बिलसमेत बोर्डको खर्चका रूपमा संलग्न गरी हिनामिना गरेको, अन्तर्राष्ट्रिय मेलाको नाममा मेला नै नगरी  बिभिन्न निकायलाई रकम भुक्तानी गरी हिनामिना गरेको पनि प्रमाणका रूपमा पेस गरेको छ । व्यक्तिगत कार्यमा खर्च भएको बिल भरपाईसमेत बोर्डका नाममा पेस गरिएको भेटिएपछि बिगोको मात्रा ठूलो बन्न पुगेको अख्तियारको भनाइ छ ।  त्यसो त अख्तियारले बैंक खाताबाट रकमसमेत निकालेर हिनामिना गरेको, नक्कली हवाई बिल पेस गरेको, कार्यालय सहायक तथा कर्मचारीको नाममा चेक काटी भुक्तानी लिई हिनामिना गरेको, नेपाल पर्यटन बोर्ड आर्थिक विनियमावली २०७० लाई संशोधन गरी बढी भुक्तानी गराई तथा बोर्डमा भएको अनियमित खर्च अनुमोदन गरी स्वीकृत गरी हिनामिना गरेकोलगायतका विषयहरू सप्रमाण अदालतमा पेस गरेको छ ।

कसलाई कति बिगो ?
रञ्जनकृष्ण अर्याल, सचिव, नेपाल कानुन आयोग ः ११,९८,९५,०३६
शरदचन्द्र पौडेल, सचिव, वन मन्त्रालयः ६१,२८,२७७
सुशील घिमिरेः पूर्व सचिवः ११,९८,९५,०३६
रतिशचन्द्रलाल सुमन, महानिर्देशक, नागरिक उड्डयन प्राधिकरणः ११,९८,९५,०३६
प्रचण्डमान श्रेष्ठ, पूर्वप्रमुख कार्यकारी अधिकृतः २८,८०,१३०
सुवास निरौला, कामु प्रमुख कार्यकारी अधिकृतः ३३,७२,५५,०२९
डिल्लीप्रसाद सिवाकोटी, सहसचिव, अर्थ मन्त्रालयः ६१,२८,२७७
मेघबहादुर पाण्डे, सहसचिव, वन मन्त्रालयः ११,९८,९५,०३६
रेवतबहादुर थापा, बोर्ड सदस्यः ११,९८,९५,०३६
ध्रुवनारायण श्रेष्ठ, बोर्ड सदस्यः ११,९८,९५,०३६
टीकाराम सापकोटा, बोर्ड सदस्यः ६१,२८,२७७
फुर्वागेल्जे शेर्पा, बोर्ड सदस्यः ११,९८,९५,०३६
पम्फादेवी धमला (पौडेल), बोर्ड सदस्यः ११,९८,९५,०३६
नन्दिनी थापा, निर्देशकः ३,४१,६६२
आदित्य बराल, वरिष्ठ निर्देशकः ४१,७८,०९५
हिक्मतसिंह ऐर, निर्देशकः १६,५४,६३,६१२
अनिलकुमार दास, निमित्त निर्देशक कर्पोरेट महाशाखाः १७,९४,९८,०४३
काशीराज भण्डारी, निर्देशकः ३४,८४,४६५
लीलाबहादुर बानिया, वरिष्ठ प्रबन्धकः १०,००,२६०
ध्रुव राई, निमित्त निर्देशकः ६,२७,३९९
लक्ष्मण गौतम, प्रबन्धकः ३,६८,१५६
दिवाकर राणा, वरिष्ठ प्रबन्धकः २,५५,०४६
महेन्द्र खनाल, ट्राभल एजेन्सीका निर्देशकः ६१,३९,६१०

लामो समयदेखि भ्रष्टाचारको दलदलमा फस्दै गएको नेपाल पर्यटन बोर्डका जिम्मेवार पदाधिकारीहरू अन्ततः कानुनी फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डमा चरम आर्थिक भ्रष्टाचार भएको ठहर गर्दै ८१ करोडभन्दा बढी बिगो कायम गरी ५० जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरू कानुनी कारबाहीको दायरामा आउने भएका हुन् ।

तुँदी कन्स्ट्रक्सनले पायो जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, २० चैत
यस वर्षको राष्ट्रिय सम्मान जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड तुँदी कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभरका व्यवसायीलाई सहभागी गराएर विभिन्न विधामा प्रदान गर्दै आएको क वर्गतर्फको सो अवार्ड स्वदेश र विदेशमा समेत निकै उल्लेखनीय काम गरेबापत तुँदी कन्स्ट्रक्सनले प्राप्त गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधीले निर्माण क्षेत्रमा वर्षभर उल्लेखनीय कार्य गर्ने तुँदी कन्स्ट्रक्सनका अध्यक्ष ऋषि सुवेदी र प्रबन्ध निर्देशक सुमन सुवेदीलाई सो अवार्ड प्रदान गरेका हुन् ।  
यसैगरी, सोही  विधाको सिल्भर अवार्ड नेपाल आदर्श निर्माण कम्पनी प्रालिले पाएको छ । त्यसैगरी, ब्रोन्ज अवार्ड रमण कन्स्ट्रक्सन प्रालिले प्राप्त गरेको छ । उत्कृष्ट ख वर्गका निर्माण कम्पनीका तर्फबाट प्रदान गरिएको जगदम्बा स्टिल एफक्यान गोल्ड अवार्ड हिमडुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिले पाएको छ ।  सोही विधाबाट सिल्भर अवार्ड गीताञ्जली कन्स्ट्रक्सन प्रालिले र ब्रोन्ज अवार्ड शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
महासंघले ग वर्गका निर्माण कम्पनीलाई सहभागी गराएर वितरण गरेको उत्कृष्ट गोल्ड अवार्ड पुष्पाञ्जली निर्माण सेवा प्रालिले पाएको छ । यसैगरी, सोही विधाको सिल्भर अवार्ड शाह निर्माण सेवा सुनसरी र भुवनेश्वरी निर्माण सेवा कैलालीले पाएको छ । त्यसैगरी, शाह निर्माण सेवा सर्लाहीले ब्रोन्ज (कांस्य) अवार्ड जित्न सफल भएको छ । यसैगरी, घ वर्गका निर्माण कम्पनीहरूका तर्फबाट उत्कृष्ट अवार्ड पाउनेहरूमा सुन्दर निर्माण सेवा कास्कीले गोल्ड, गीता कन्स्ट्रक्सन स्याङ्जाले सिल्भर र सुनकोसी कन्स्ट्रक्सन प्रालि काठमाडांैले ब्रोन्ज  अवार्ड पाएका छन् । सोही समूहबाट क्षेत्रगत आधारमा धनञ्जय निर्माण सेवा काठमाडौंले गोल्ड, सुसलिन निर्माण सेवा गोरखाले सिल्ड, सनलाइट कन्स्ट्रक्सन प्रालि अछामले ब्रोन्ज अवार्ड पाएको छ । यसैगरी, क्षेत्रगत आधारमा उमा एन्ड कम्पनी प्रालिले सिल्भर र खनाल कन्स्ट्रक्सनले ब्रोन्ज अवार्ड जित्न सफल भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले प्रदान गर्ने उत्कृष्ट जिल्ला संघहरूमा यस वर्ष तराईतर्फको उत्कृष्ट संघको अवार्ड बाँके जिल्लाले पाएको छ भने पहाडी जिल्लाहरूका तर्फबाट डडेलधुरा निर्माण व्यवसायी संघले अवार्ड जितेको छ । क्षेत्रीय संघमा पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघले अवार्ड जित्योे ।  क्षेत्रीय निर्माण व्यवसायी संघको सिफारिसमा घ वर्गको अवार्ड सनलाइट कन्स्ट्रक्सन, सुदूरपश्चिम, धनञ्जय निर्माण सेवा काठमाडौं, मध्यमाञ्चल, सुसलिन निर्माण सेवा प्रालि, पश्चिमाञ्चल, अब्दुल्ला निर्माण सेवा पूर्वाञ्चलले पाएको छ । निर्माण कार्य समाप्त हुनुभन्दा अघि नै  निर्माण कार्य पूरा गरी नेपाल सरकारबाट सम्मान प्राप्त गर्न सफल निर्माण कम्पनी अनक÷तुँदी÷लुम्बिनी जेभी र कालिका कन्स्ट्रक्सन प्रालिलाई विशेष सम्मान गरिएको थियो ।
यसैगरी, मुलुकभरका निर्माण व्यवसायीका छोराछोरीमध्येबाट इन्जिनियरिङमा उत्कृष्ट हुनेमध्ये विना महर्जनलाई महासंघले पुरस्कृत गरेको छ । त्यसैगरी, उत्कृष्ट महिला निर्माण व्यवसायीको सम्मान सम्झना निर्माण प्रालिकी प्रोपाइटर सम्झना भुलनले प्राप्त गरेकी छिन्।
उनीहरूलाई सो अवार्ड सिँचाइमन्त्री एनपी साउद, ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली, मुख्य सचिव लीलामणि पौडेल, महासंघका अध्यक्ष शरदकुमार गौचनलगायतले संयुक्त रूपमा वितरण गरेका थिए । यसैगरी महासंघले यस वर्षको गौरव सम्मान महासंघका संस्थापक अध्यक्ष एवं श्री एयरलाइन्सका सञ्चालक बनवारीलाल मित्तललाई प्रदान गरेको छ । त्यसैगरी महासंघले आफूलाई सहयोग गर्ने विभिन्न मिडियाहरूलाई पनि अवार्ड वितरण गरेको थियो । त्यसैगरी, उत्कृष्ट प्रायोजकको अवार्ड  मोरङ अटो वर्क अन्तर्गतको जेसीबी डिभिजन र सिप्रदी टे«डिङ प्रालिले पाएको छ भने वर्षको उत्कृष्ट कन्स्ट्रक्सन फ्रेन्ड्ली इन्जिनियरको अवार्ड इन्जिनियर किशोरकुमार शाक्यले पाउन सफल भए । उत्कृष्ट परामर्श दिने कम्पनीमा यो वर्षको अवार्ड सिल्ट कन्सल्ट्यान्ट प्रालिले पाउन सफल भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री निधी निर्माण व्यवसायीसँग सरकारले सधैं सहकार्य गरेर जाने र निर्माण व्यवसायीले निर्धारण गरेको पूर्वाधार विकास राष्ट्र निर्माणको आधार बनांै  सर्वपक्ष जिम्मेवार भन्ने नारा अति सान्दर्भिक भएको र यसलाई कार्यन्वयनमा ल्याउन सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निर्माण व्यवसायीको पक्षमा अध्यादेशबाट सार्वजनिक खरिद ऐन ल्याउने समेत जानकारी दिए ।  राष्ट्रिय निर्माण दिवसको अवसरमा हरेक वर्ष २२ मंसिरमा मनाउँदै आएको सो अवार्ड वितरण कार्य यस वर्ष गत २६ देखि २८ मंसिरमा सम्पन्न १७औं साधारण सभा एवं नयाँ नेतृत्व चयन हुने निर्वाचनका कारण स्थगित भएको थियो । 

‘जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड’ वितरण शुक्रबार

काठमाडौ, १८ चैत
राष्ट्रिय निर्माण दिवसको अवसरमा हरेक वर्ष २२ मंसिरमा मनाउँदै आएको सो अवार्ड वितरण कार्य यसवर्ष गत २६ देखि २८ मंसिरमा सम्पन्न १७ औं साधारण सभा एवं नयाँ नेतृत्व चयन हुने निर्वाचनका कारण स्थगित भएको थियो । 
विभिन्न विद्यामा महासंघले प्रदान गर्दै आएको राष्ट्रिय सम्मान ‘एफक्यान अवार्ड’ वितरण कार्यको तयारी बारे जानकारी दिन महासंघद्धारा बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलन महासंघ अध्यक्ष शरदकुमार गौचनले यसवर्ष महासंघले मुलुकका विकास क्षेत्रहरुमा उत्कृष्ट कार्य गर्ने निर्माण सेवा कम्पनी, विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी सहित निर्माण व्यवसायमा उल्लेखनीय कार्य गर्ने नेपाली निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदाता कम्पनी, उत्कृष्ट कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट निर्माणमैत्री इन्जिनियर लगायतलाई समेटेर सम्मान गर्ने बताए । उनले मुलुकको पूर्वाधार निर्माणमा व्यवसायीले वर्षभर गरेको उत्कृष्ट कामको कदर गर्दै राम्रो काम गर्नलाई थप उत्प्रेरणा दिन सम्मान रुवरुप अवार्ड वितरण गर्न लागेको बताए । उनले अहिले विकास बजेट समेत समयमा खर्च गर्न नसकिएको अवस्थामा महासंघले सरकारलाई व्यवसायीको मागबारे जानकारी  गराए । अध्यक्ष गौचनले अध्यादेस मार्फत नै सरकारले सार्वजनिक खरिद ऐन संसोधन गरेर ल्याउन लागेको बताए । उनले यसअघि महासंघले दिएको सुझावका आधारमा नै सो ऐन संसोधन भएर आउन लागेको जानकारी गराए । सो अवार्ड छनोट समितिका संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले अहिले यस अवार्डकालागि मनोनयनमा परेकाका विभिन्न नामावली सार्वजनिक गरेका थिए । महासंघका महासचिव रामशरण देउजाले आगामी दिनमा यस अवार्ड वितरण कार्यलाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।

महासंघका उप महासचिव (नीतिगत) तथा प्रचार–प्रसार संयोजक बिष्णु बुढाथोकीले  उत्कृष्ट व्यवसायीसँगै निर्माण व्यवसायकाक्षेत्रमा सहयोग गर्ने सञ्चार माध्यामलाई पनि सम्मान गरिने बताए । महासंघ र जगदम्बा स्टिल्स् प्रालिको संयुक्त आयोजनमा हुन लागेको यस अवार्ड वितरणकालागि बरिष्ठ इन्जिनीयर प्रा.डा. दिपक भट्टराईको संयोजकत्वमा पुरस्कार तथा सम्मान मुल्यांकन समिति गठन गरिएको महासंघले जनाएको छ । महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले अहिले विभिन्न वाधा अवरोधका बाबजुत पनि उत्कृष्ट कार्य गरिरहेका निर्माण व्यवसायीलाई प्रोत्साहित गर्न हरेक वर्ष प्रदान गरिँदै आएको यस अवार्ड निकै प्रभावकारी भएको बताए । व्यवसायीलाई राज्यले सम्मान नगरेको अवस्थामा महासंघले व्यवसायी तथा अन्य सरोकारवालालाई सम्मान गर्नु निकै उदाहरणीय र प्रसंसनिय कार्य भएको बताए ।  उनले अहिले यहाँको निर्माण व्यवसायी खराव भन्ने कार्यलाई चिन महासंघले निकै सफलता पाएको दावी गरे ।

–नेपाल निर्माण व्यवसायी महासंघको जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड आगामी शुक्रवार वितरण गरिने भएको छ । मुलुकको पूर्वाधार निर्माणमा वर्षभर गरेको उत्कृष्ट कामको प्रसंसा गर्ने उदेस्यले महासंघले हरेक वर्ष वितरण गर्दै आएको सो अवार्ड यस वर्ष विभिन्न ३४ विधामा प्रदान गरिने बताईएको छ । 

पर्यटन व्यवसायीलाई जलविद्युत र व्यवसायीक कृषिमा लगानी गर्न आग्रह

काठमाडौ, १५ चैत– परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले देश विकासको मुख्य आधार पर्यटन नै भएकाले पर्यटन व्यवसायीलाई अब जलविद्युत र व्यवसायीक कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।  आइतबार राजधानीमा सम्पन्न ठमेल पर्यटन विकास परिषद्को १९ र २०औँ वार्षिक साधारण सभामा मन्त्री पाण्डेले व्यवसायीलाई यस्तो आग्रह गरेका हुन ।
संविधान निर्माण पछि मुलुकको आर्थिक विकासकालागि चारओटा क्षेत्र पूर्वाधार विकास, पर्यटन, ऊर्जा र कृषिको आधुनिकीकरण अघि बढाइनुपर्ने भन्दै उनले यि चारओटा कार्य पुरा भएमात्र देसले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । पर्यटन प्रवद्र्धन गरी बढी पर्यटक भित्राउन पूर्वाधार निर्माण गर्नु आवस्यक भएको भन्दै उनले पर्यटकको उत्कृष्ट गन्तव्य ठमेलल गायतका क्षेत्रको प्रवद्र्धन तथा पुरातात्विक सांस्कृतिक धरोहरको मर्मत सम्भार गर्न पनि सबै व्यवसायीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए । अब प्रक्रियाबाटै सहमतिको संविधान जारी हुने दावी गर्दै उनले पर्यटन व्यवसायीलाई पर्यटनसँगै अब जलविद्युतको क्षेत्रमा पनि लगानी गर्न सुझाव दिए ।
पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले ठमेल पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले सो क्षेत्रको विकास प्रवद्र्धनका लागि पहिलो पटक ऐतिहासिक रूपमा सरकारले नेपाल पर्यटन बोर्ड मार्फत एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।  उनले अब यस बजेटले पूर्वाधार निर्माण र पुरातात्विक धार्मिक मठ मन्दिरको संरक्षण गरि व्यवस्थित शहर बनाउने कार्यमा टेवा पुग्ने अपेक्षा गरिएको बताए । 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजन शर्माले ठमेललाई पर्यटकीय हबका रूपमा विकास गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । टानका पूर्व अध्यक्ष एवं बरिष्ठ पर्यटन व्यवसायी दिपक महत, संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला, पर्यटन व्यवसायीहरू गणेश सिंखडा, चन्द्र रिजाल लगायतले ठमेलको पर्यटन प्रवद्र्धनका लागि सहकार्य जरुरी भएको बताएका थिए । ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित अध्यक्ष रामशरण थपलियाले पर्यटकीय क्षेत्र ठमेलमा पूर्वाधार विकास र सम्पदा संरक्षणको काम तीव्र गतिमा अघि बढाइएको बताएका थिए । सो साधारण सभाले परिषदको अध्यक्षमा पुनः थपलियालाई नै चयन गरेको छ ।  सोही अवसरमा परिषद्का संस्थापक अध्यक्ष गणेशबहादुर  पाण्डे, पूर्व अध्यक्ष स्वर्गिय नामग्याल लामाकी धर्मपत्नी डोमा लामा सहित पाँच जना पूर्व अध्यक्षलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी परिषद्ले पर्यटन प्रवद्र्धनकालागि योगदान पु¥याउने नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी, काठमाडौँ २ नम्बर सडक डिभिजन कार्यालयका प्रमुख कर्णबहादुर रानाभाट, टानका अध्यक्ष धमला, पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारी लगायतलाई पनि सम्मान गरेको थियो ।

विमानस्थलको अध्यागमन निजी कम्पनीलाई नदिन समितिको निर्देशन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ चैत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन संचालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा मुलुकको सुरक्षामा नै गम्भिर असर पर्ने भन्दै केहीदिन अघि भएको निर्णय प्रक्रिया तत्काल अघि नबढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले अध्यागमन संचालन जस्तो संवेदनशील र महत्वपुर्ण विषयमा व्यापक छलफलबीना निजी क्षेत्रलाई दिने निर्णय उचित नहुने भन्दै तत्काल यस्तो निर्णय प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । अध्यागमन कार्यालय मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशीलाई प्रदान गरिने भिसा प्रोसेसिङको सबै जिम्मा निजी कम्पनीलाई नै दिइने बताईएको थियो ।
समितिका सभापति प्रमु साहले विमानस्थलको अध्यागमन संचालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा मुलुकको सुरक्षामा नै गम्भिर असर पर्ने भन्दै सरकारलाई यस्तो निर्देशन दिएको बताए । अध्यागमन मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशीलाई प्रदान गरिने भिसा प्रोसेसिङको सबै जिम्मा निजी कम्पनीलाई नै दिइने लगायतका विषय  एकदमै संवेदनशील भएकाले व्यापक छलफल आवश्यक रहेको कुरामा सहभागी सभासदहरुले सुझाव दिएको जानकारी गराउँदै उनले व्यापक छलफल गरेर मात्र निर्णय गर्नु उचित हुने भएकाले तत्काल निर्णय प्रक्रिया अघि नबढाउन समितिले निर्देशन दिएको बताए ।  सरकारले गत साता चुस्त व्यवस्थापनका नाममा अध्यागमनको जिम्मा भारतीय निजी कम्पनीलाई दिने तयारी गरेको थियो । राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिने अध्यागमन संचालन र व्यवस्थापनको जिम्मा अर्थमन्त्रालयको सहमतिमा गृहमन्त्रालयले १५ वर्षका लागि निजी क्षेत्रलाई दिन प्रस्ताव गरको थियो । केही दिन अघि बसेको सार्वजनिक लेखा समितिको बैठकले समेत अध्यागमन संचालन जस्तो महत्वपुर्ण विषय निजी क्षेत्रलाई नदिन सरकारलाई निर्देशन दिएको थियो । श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सो विषयमा छलफल गर्न गृहमन्त्री बामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बोलाएको थियो । सो बैठकमा परराष्ट्रमन्त्री पाण्डे उपस्थित भएपनि गृहमन्त्री गौतम भने अस्वथ भएपछि बैठकमा अनुपस्थित भएको समिति सभापति साहले जानकारी दिए । यसअघि अन्तरदेशीय अपराध नियन्त्रण र अनुगमनसँग जोडिएको विषय भन्दै अध्यागमन संचालन जिम्मा नेपाल प्रहरीले माग गरेको थियो ।
भिसा प्रोसेसिङको सबै जिम्मा निजी कम्पनीलाई दिने गृह मन्त्रालयको विवादास्पद प्रस्ताव प्रति सभासदहरुले आपत्ति जनाएपछि समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । सो बैठकमा सहभागी अधिकांश सभासदले भिसा प्रोसेसिङको जिम्मा निजी कम्पनीलाई दिनु राष्ट्रघात हुने भन्दै त्यसलाई तत्काल रोक्न माग गरेका थिए । यसैगरि, बैठकले गृहमन्त्रालयको प्रस्तावबारे विस्तृत अध्ययन गर्ने पनि निर्णय गरेको छ । समितिको यसअघिको बैठकमा पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले भिसा प्रोसेसिङको प्रक्रिया सरकारले निजी कम्पनीलाई दिने तयारी गर्नु विचित्र रहेको भन्दै यो गैर जिम्मेवारीको पराकाष्ठा भएको बताएका थिए । सरकारको यस निर्णयप्रति अहिले स्वदेशमा मात्र नभएर विदेशस्थित विभिन्न कुटनीतिक मामिलासँग सरोकार राख्नेहरुले पनि असहमति जनाउँदै आएका छन ।

तिब्र बिबादकाबीच सभासदहरु विदेश सयर गर्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,३० फागुन
संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको टोली तिब्र बिबादका बावजुत पनि विदेश उडने भएको छ । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरुको अवस्थाको स्थलगत अध्ययनकालागि भन्दै मलेसिया, कतार र युएई भ्रमणमा सो समितीका सभापति तथा सभासद प्रभु शाहको नेतृत्वमा ८ सदस्यीय टोली आइतबार उडने भएको हो ।
यस भ्रमण टोलीमा सभापति शाह सहित सभासदहरु कमला शर्मा, जितेन्द्रनारायण देव, बलबहादुर केसी, सोमप्रसाद पाण्डे, भरत खडका तथा समितिका सचिव शान्तकुमार तुलाधर र श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार रमेश कोइराला रहेका छन् । सो समितिका अनुसार टोलि आगामी सोमबार मलेसिया, शुक्रबार कतार र ८ चैतमा युएई पुग्ने छन् । समितिका सभापति प्रभु शाहले वैदेशिक रोजगारीको क्रममा नेपालीहरु ठगिने तथा समस्यामा पर्ने घटनाहरु धेरै आएकाले यसको स्थलगत अध्ययनका लागि आफुहरुको टोली त्यसतर्फ जान लागेको बताए ।
शाहका अनुसार तीनवटै मुलुकमा रहेका नेपाली दुतावास तथा नेपाली समुदायसँग पनि टोलीले अन्रक्रिया कार्यक्रम गर्ने छ । भ्रमण गर्न लागिएका मुलुकका सरकारी निकायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको समितिका सभापति शाहले जानकारी  दिए ।  अर्का सभासद कमला शर्माले रोजगारदाता मुलुकहरुसँग छलफलका लागि तीनओटै देसका परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयमा समय समेत तय भैसकेको बताइन ।   उनले यस भ्रमणले रोजगारदाता गन्तब्य मुलुकहरुवीच श्रम सम्झौता गर्न ध्यानाकर्षण गराउने समेत जानकारी गराइन । उनले आफुहरुको यस भ्रमण अहिलेसम्मकै सबै भन्दा राम्रो र फलदायी हुने दावी गरिन ।  पछिल्लो समय कामदारहरुको कल्याणकारी कोष दुरुपयोग गर्दै समितिको भ्रमण टोली विदेश जान लागेको भन्दै चौतर्फि आलोचना भैरहदा र तीब्र विवादका बाबजुद पनि सभाषदहरुको  सो भ्रमण टोली विदेश उडन लागेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट खर्च भर्ने निर्णय गरेकोमा अहिले चर्को विवाद उत्पन्न भएपछि अन्य बैकल्पिक खर्चबाट सो टोली वैदेशिक भ्रमणमा जाने निर्णय गरेको जनाएको छ । बैकल्पिक खर्चको बजेट कहाँबाट निकासा हुने  भन्नेबारे अहिलेसम्म मन्त्रालयले कुनै आधार स्पष्ट बनाएको छैन् ।
समितिका सभापति तथा टोलिका संयोजक शाहले कामदारको कल्याणकारी कोष खर्चेर टोलि विदेश जान लागेको नभई कामदारकै पक्षमा काम गर्न टोली स्थलगत अध्ययनका लागि जान लागेको  दावी गरे ।  कल्याणकारी कोषको रकम यसमा खर्च नगरिने उनको दावी छ ।
यसैबीच  शुक्रवार समितिका पदाधिकारीहरुसँग भेट गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टिबी कार्कीले एनआरएनसँग सहकार्य गरी कामदारहरुको अवस्था अध्ययन गर्न आग्रह गरे  । सम्वन्धित मुलुकका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद र यसकालागि सहयोग गर्न तयार रहेको बताउदै उनले भने, ‘एनआरएनसँग सहकार्य गरेर अघि बढदा नेपालीका वास्तविक अवस्था बुझन समितिलाई सहज हुनेछ’। कार्कीले समितिलाई कामदार कल्याणकारी कोषको खर्च भ्रमणमा नलगाउन समेत समितिलाई सुझाव दिएका छन ।


Sunday, April 5, 2015

काठमाडौं–निजगढ दुर्तमार्गको डीपीआर जिम्मा भारतीय कम्पनीलाई

काठमाडौ, २ चैत –काठमाडौं– निजगढ दूर्त मार्ग(फाष्ट ट्रयाक) निर्माण सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज (आईएल एण्ड एफएस) कम्पनीबीच सोमबार सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा काठमाडौं–निजगढ दुर्त मार्ग आयोजनाका प्रमुख सत्येन्द्र शाक्य र आईएलएन एफएसका कार्यकारी निर्देशक मुकुन्द साप्रेले हस्ताक्षर गरेको भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव तुलिसीप्रसार सिटौलाले  यस दूर्त मार्गको डीपीआर आईएल एण्ड एफएसले आगामी ४ महिनाभित्र मन्त्रालयलाई बुझाउनु पर्ने सर्त रहेको बताए । उनले डीपीआर तयार गर्दा लाग्ने खर्च हाललाई कम्पनीले नै व्यहोर्नुपर्ने प्रावधान सम्झौतामा रहेको समेत जानकारी दिए ।
अध्ययन पूरा भएपछि निर्माण गर्ने कम्पनी वा पक्षले सो अध्ययन बापत खर्च भएको रकम फर्काउनु पर्ने प्रावधान पनि सो सम्झौता पत्रमा समेटिएको सचिव सिटौलाले जानकारी गराए ।  यस दूर्त मार्ग निर्माणकै विषयमा सोमबार बिहान बसेको विकास समितिको बैठकमा प्रधानमन्त्री सुशील कोइराला सहतिको उपस्थितिमा व्यापक छलफल भएको थियो। त्यस छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले यसै साताभित्रै सो दुर्त मार्गको डीपीआर तयार गर्न दिने सम्झौता हुन लागेको बताएका थिए। समितिमा उपस्थिति अर्थमन्त्री रामशरण महतले सो आयोजना निर्माण–सञ्चालन–हस्तान्तरण(बुट) मोडलमै निर्माण गर्नु पर्ने बताएका थिए । बुट मोडलमा निर्माण गर्दा सो मार्ग निर्माण गर्ने लगानीकर्ताले दुत मार्ग प्रयोगकर्ताहरुबाट शुल्क उठाएर आफ्नो लगानी असुल गरी मुनाफा कमाउनु पर्ने हुन्छ ।
छलफलमा पूर्व सचिव रामेश्वर खनालले भने सरकार आफैले लगानी गरेर भए पनि यस दुत मार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको काम शुरु गरिहाल्नु पर्ने बताएका थिए। मन्त्रालयले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी कम्पनीहरु मध्येमा उत्कृष्ट ठहरिएको आईएल एण्ड एफएसलाई अध्ययनको जिम्मा दिइएको हो । यस कम्पनीले भारतको उत्कृष्ट पूर्वाधार निर्माता कम्पनी रिलायन्सलाई पनि बोलपत्र स्पर्धामा पछि पारेको थियो । यस सडक आयोजना निर्माणका लागि करिब  १ खर्ब रुपैयाँ लगानी हुने अनुमान सो कम्पनीले गर्दै आएको छ ।

निजगढ विमानस्थल बनाउन राजनीतिक निर्णय आवश्यक , बुट मोडलमा फाष्ट ट्यक बन्दैन

काठमाडौं, १ चैत –विज्ञ एवं सरोकारवालाहरुले प्राविधिक विषयमा मात्रै अल्झिने हो भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने बताएका छन् । साना साना निर्णय गर्न नसक्ने गरि कर्मचारीको समिति बनाएर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया लम्ब्याउनुको सट्टा राजनीतिक तहबाट निर्णय गर्दा काम अघि  बढाउन उनीहरुले सुझाव दिएका छन् ।
व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं–निजगढ फाष्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा आइतबार विज्ञहरुसँग गरेको छलफलमा उनीहरुले यस्तो सुझाव दिइएका हुन ।

उनीहरुले हालकै प्रक्रियामा रमाएर बस्ने हो भने दसौं वर्षसम्म पनि यी दुबै आयोजना निर्माण हुन नसक्ने भन्दै नेतृत्वले राजनीतिक निर्णय लिनुपर्ने बताएका छन् ।
पुर्वअर्थसचिव रामेश्वर खनालले प्राविधिकले यत्रो ठूलो आयोजनाको विषयमा निर्णय लिन नसकिने भन्दै सपना देख्ने राजनीतिक नेतृत्वले मात्र भएको बताए ।  उनीहरुले नै निर्णय लिनुपर्ने बताउँदै खनालले भने, ‘राजनीतिक नेतृत्वले गरेको निर्णय प्राविधिकले कार्यान्वयनमा लैजान्छन् । संसारभर ठूला राष्ट्रिय महत्वका आयोजनाको निर्णय राजनीतिक नेतृत्वले गरेका छन्’।  निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणा अन्तरर्गत आयोजना निर्माण हुन नसक्ने देखिइसकेको पनि उनले दावी गरे ।
उनले यी दुबै आयोजना सरकारले नै बनाउनु पर्ने बताए । निजीक्षेत्रले बनाउँछ भनेर बस्यो भने यी दुबै आयोजना बन्दैनन भन्दै उनले बनाउँछौं भनेर राज्यले संकल्प लियो भनेमात्रै बन्छन्ने दावी गरे ।  उनले अहिले सरकारी खातामा अबौं रुपैयाँ थन्किएर बसेकोले यस विमानस्थल बनाउने खर्चका लागि पैसा छैन भन्ने अवस्था नरहेको बताए । निजगढ विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा मात्रै नहेर्न पनि उनले सुझाव दिए । यो विमानस्थलको सामाजिक, राजनीतिक र आर्थिक महत्व निकै फरक रहेकाले बैकल्पिक विमानस्थलको सोच भन्दा माथि उठ्नु पर्ने उनले बताए ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक  रतिशचन्द्रलाल सुमनले सन् २०२३ पछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ उडान अनुमति नै दिन नसक्ने अवस्था आउने भएकाले दोस्रोको कार्य छिट्टै अघि बड्नुव्पर्ने बताए । उनले  अब निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको बताए ।
महानिर्देशक सुमनका अनुसार तीन चरणमा गरि सो विमानस्थल निर्माण गर्ने योजना रहेको छ ।  पहिलो चरणका लागि करिब ६० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसैगरि निजगढ विमानस्थलमा पहिलो वर्ष नै ६४ लाख यात्रु पुग्ने अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि सोे विमानस्थलको क्षमता ६ करोड यात्रुलाई सेवा दिन पुग्ने हुने छ ।
निजगढ विमानस्थल निर्माण क्षेत्रमा अहिले ९० प्रतिशत जंगल र बाँकी भुभाग मात्रै आवादी रहेको प्रतिवेदनमा उल्लेख छ । तर पछिल्लो चरणमा धेरै जमीन अतिक्रमण भएको छ । भारतबाट २३ किलोमिटर टाढा रहेको कारण पनि यस विमानस्थलमा सीमा क्षेत्रको ठूलो असर नहुने सुमनले बताए । फाष्ट ट्र्याक नबन्दासम्म दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्ने उनले बताए ।

सडक विज्ञ तथा विश्व बैंकका परामर्शदाता चन्द्रबहादुर श्रेष्ठले फाष्ट ट्र्याकलाई बढी घुमाउरो बनाएका कारण सवारी साधनको गति सीमित हुने बताए । उनले एशियाली विकास बैंक(एडिबी)ले गरेको अध्ययन भन्दा नेपाली सेनाले खोलेको ट्र्याक फरक स्थानमा रहेको उनले जानकारी दिए ।  फास्ट्र ट्र्याक खोलेकै स्थानबाट बाटो बनाए प्रतिघण्टा ५० किमिको दरमा मात्रै सवारी साधन गुड्न सक्ने उनले बताए ।
भौतिक योजना मन्त्रालयका सहसचिव रविन्द्रनाथ श्रेष्ठले डिपिआर नै नभएको कारण फाष्ट ट्र्याकको काम अघि बढाउन नसकिएको बताए । सन् २०२१ सम्म फाष्ट ट्र्याकका लागि ९६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ भन्दै उनले बुट अन्तर्गत काम गर्न चाहेको आइटिएनएलले तीन खर्ब रुपैयाँ मागेको बताए ।  सडकबाट प्रत्येक वर्ष पाँच अर्ब राजस्व उठ्ने र त्यसबाहेक आइटिएनएले प्रत्येक वर्ष २० अर्ब रुपैयाँ सरकारसँग मागेको जानकारी गराउँदै उनले  दोस्रो वर्ष देखि उसले रकम बढाउँदै लगेको र १३ वर्षसम्म तीन खर्ब रुपैयाँ मागेको बताए । निर्माण लागत धेरै नभएपनि आइटिएनएलले फाइनान्सियल लागत धेरै देखाएर पैसा मागेको उनले बताए ।
विकास समितिका सभापति रविन्द्र अधिकारीले आयोजनाका लागि राष्ट्रिय प्रतिवद्धता आवश्यक रहेको बताए । उनले यही अवस्थामा बसेर मुलुकको विकास नहुने भएकोले जोखिम मोलेरै भएपनि ठूला आयोजना निर्माण गर्नुपर्ने बताए । अर्थमन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले निजगढ विमानस्थल र फाष्ट ट्र्याकका लागि प्रत्येक वर्ष १० अर्ब रुपैयाँ विनियोजन गर्न सकिने जानकारी दिए । उनले पनि काम गर्ने हो भने स्रोत अभाव नहुने बताए ।
काठमाडौँ तराई मधेस (निजगढ) दुुर्तमार्गका सम्बन्धमा एसियाली विकास बैंकले सन् २००८ मा गरेको सम्भाव्यता अध्ययन र सम्झौता मूल्याङ्कन समितिको गठन भए पनि विस्तृत परियोजना प्रतिवेदन तयार नभएकाले कामलाई गति दिन असहजता भएको पाइएको उनीहरुले बताएका छन ।  जस मध्ये अझै आठ खर्ब ६८ अर्ब रूपैयाँ लागत अनुमान गरिएकामा सरकारको दायित्व कति भन्ने स्पष्ट हुन सकेको छैन ।

निगमका महाप्रबन्धक खरेलले दिए राजिनामा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १ चैत
राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमका महाप्रवन्धक मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल बाँकी रहदै आइतबार दिउसो निगम सञ्चालक समिति मार्फत पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्र सञ्चालक समितिमा दर्ता गरेका खरेलले आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजिनामापत्र बुझाएका छन । उनले सोही राजीनामा पत्रमा एक महिनाको विदा पनि स्वीकृत गराएका छन् ।
उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको  निगमले जनाएको छ।  निगमका प्रवक्ता रामहरी शर्माले एक महिनाको विदा स्वीकृत गरेर उनले रमेश बहादुर शाहलाई कामु दिएको जानकारी दिए । अत्यधिक राजनीतिक दवावका कारण खरेलले आफ्नो पद छाडेको निगम स्रोतले बताएको छ ।  मन्त्रालय र उच्च व्यवस्थापनबाट आफूले सहयोग नपाएको गुनासो उनले नजिकका सहकर्मीसँग गर्दै आएका थिए । निगम सञ्चालक समितिका अध्यक्ष शिवशरण न्यौपानेसँग पनि उनको कुरा मिलेको थिएन । अध्यक्ष न्यौपानेले पनि पद छाड्न उनलाई धेरै पटक दवाव दिएको स्रोतको दावी छ ।
अहिलेसम्म उनले दुई वर्ष तीन महिना महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका छन । खरेल निगमकै पुर्व कर्मचारी हुन् । यसअघि पनि निगममा धेरै पटक राजनीतिक हस्तक्षेप हुने गरेको छ । सञ्चालक समितिको अध्यक्षलाई कार्यकारी बनाएर पर्यटन मन्त्रालयको नेतृत्वले निगममा बारम्बार हस्तक्षेप गर्दै आएको बताईएको छ । निगमले गत महिना मात्रै अन्तर्राीष्ट्रय उडान विस्तारकालागि नयाँ एयरवस विमान भित्रााएको छ । अर्को एयरबस विमान पनि केही महिना भित्रै एयरबस जहाज उत्पादक कम्पनीले निगमलाई हस्तान्तरण गर्दैछ ।
निगमले ल्याएको नयाँ एयरबस जहाज पनि इञ्जिनियरिङ विभागको चरम लापरबाहीका कारण उडान सुरु गरेको १० दिनमै विमानस्थलमा ग्राउन्डेड भएको थियो । यसैगरि, अन्य उडानहरु पनि समयमा नहुँदा खरेल निराश हुँदै गइरहेका थिए ।  हरेकपल निगमको सुधारमा केन्द्रित रहेका खरेललाई अध्यक्ष न्यौपानेले काम गर्न असहयोग गरिरहेको स्रोतको दावी छ । निगममा अध्यक्ष न्यौपाने प्रवेश गरेदेखि नै खरेल निराश हुँदै थालेका थिए । मन्त्रालयबाट पनि उनलाई सहयोग प्राप्त नभएको बताइन्छ ।
सन् २०१५ बाट लागू गर्ने लक्ष्यसहित मन्त्रालयमा पेश गरेको १० बर्षे व्यवसायीक कार्ययोजना एक वर्ष पुग्न लाग्दासमेत अहिलेसम्म स्वीकृत भएको छैन । १० वर्षे योजनामा ठूला साना जहाजहरू थपेर निगमको कायापलट गर्ने लक्ष्य उनले राखिएका थिए । निगममा २८ वर्षपछि आन्तरिक उडानका लागि चिनिया जहाज र अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ल्याउन खरेलले ठूलो भूमिका खेलेका थिए । उनकै पहलमा ल्याउन लागिएका दुईवटा एयरबस मध्ये एउटाले व्यवसायीक उडान सुरु गरिसकेको छ भने अर्को दुई महिनाभित्रमा आउँदैछ । निगमको संरचनागत सुधारमा पनि उनी निकै लागिपरेका थिए। उनले लामो समयदेखि रिक्त रहेका निगमका विभिन्न पदमा ३ सय कर्मचारी समेत थपेका थिए । आफ्नो कार्यत्रालमा उनले १९ जना पाइलट कन्ट्रयाकमा राखेका थिए भने १५ विमान परिचारिका र २० जना विमान परिचारक पनि थपेका थिए । सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा नियूक्त भएका खरेलको कार्यअवधि अझै एक वर्ष ९ महिना बाँकी रहेको छ ।  निगम महाप्रबन्धकको कार्यअवधि ४ वर्षको हुन्छ । खरेलले २०४२ सालदेखि निगममा अधिकृत पदबाट सेवा सुरु गरेका थिए ।

टर्किस एयरको विमान अझै एकवर्ष विमानस्थलको हेलिप्याड मै थन्किने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ७ चैत
गत महिना दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टर्किस एयरको विमान अझै एकवर्ष विमानस्थलको आन्तरिक हेलिप्याडमै थन्किने भएको छ । टर्कीको इस्तानबुलबाट ११ सदसीय चालक दल सहित २ सय २३ जना यात्रु बोकेर काठमाडौ“ आएको विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाभई विमानस्थल नै ठप्प हुनेगरि अलपत्र परेको सो जहाजलाई करिब एक साता लगाएर अनेक प्रयास गरि बल्ल आन्तरिक हेलिप्याडमा पु¥याएर राखिए पनि अझै केही गर्न नसकी करिब एक वर्ष हेलिप्याडमै रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका उप महानिर्देशक टेकनाथ सिटौलाले टर्किस एयरको सो जहाज आगमी नोभेम्बरसम्म आन्तरिक हेलिप्याडमा नै रहने बताए । 
उनले अहिलेसम्म टर्किस एयरको इन्जिनियर टोलीले दुर्घटनामा परेको जहाज मर्मतको काम गरिरहेको भएपनि यहाँबाट उडाएर लैजान अझै करिब ८ महिनाभन्दा बढी समय लाग्ने जानकारी गराए । उनले टर्किस एयरको इन्जिनियर टोलीले दुर्घटनामा परेको जहाज सामान्य मर्मत गरिसकेको भएपनि अझै धेरै समय लाग्छ भनेका कारण कम्तिमा आगामी नोभेम्बरसम्म सो जहाज हेलिप्याडमै रहने बताए ।
विमानस्थल कार्यालयका अनुसार दुर्घटनाभई धावन मार्गमा करिब ५ दिनसम्म सम्पूर्ण हवाई सेवा नै ठप्प हुनेगरि अलपत्र भएको विमान हटाउने कार्यमा भएको सम्पूर्ण खर्च कति भएको र त्यो खर्च कस्ले बेहोर्छ भन्ने अझै राम्रोसँग टुँगो नलागिसकेको अवस्था छ ।  सो विमान दुर्घटनाबारे छानविन गर्न तत्काल गठन भएको समितिले पनि यस विषयमा अहिलेसम्म केही बोलेको छैन । विमानस्थल कार्यालय स्रोतका अनुसार सो विमान हटाउने कार्यमा भएका प्राविधिक एवं उपकरण खर्च मध्ये केही रकम सम्बन्धीत विमा कम्पनीले तिर्ने भएपनि कति रकम तिर्ने भन्ने अझै टुंगो नलागिसकेको अवस्था छ ।  २० फागुनमा विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको सो जहाज हटाउने कार्यमा आवस्यक ठुलो उपकरण नेपालमा नभएपछि छिमोकी मुलुक भारतीय सेनाको हर्कुलस विमानले ल्याएको उपकरणको खर्च , उपकरणसँगै भारतीय इन्जिनियर सहितको २५ जनाको टोलीले दुर्घटनाग्रस्त जहाज धावनमार्गबाट हटाउन काम गर्दा भएको खर्च लगायत यहाँका प्राविधिकहरु एवं नेपाल प्रहरी, नेपाली सेना सहितको करिब एक हजार जना भन्दा बढीको जनशक्ति परिचालन गर्दा भएका सबै खर्च टर्किस एयरलाइन्सले नै तिर्नुपर्ने वा अन्य कुनै स्रोतबाट जुटाईनुपर्ने भन्ने विषयमा अहिलेसम्म केही जानकारी नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
टर्किस एयरलाइन्सको सो विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्र प्रसाद घिमिरेको अध्यÔतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ । सो समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सह सचिव वुद्धिसागर लामिछाने रहेका छन्। अब यस समितिले नै दुर्घटनाग्रस्त विमान धावनमार्गबाट  हटाउने कार्यमा भएका सबै खर्च टर्किस एयरलाई अथवा अन्य कुनै स्रोतबाट जुटाउने भन्ने स्पष्ट्र जानकारी गर्न सक्ने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।

वायुसेवा कम्पनीका टिकट काउन्टरमा यात्रुको भीड ,अन्तर्राष्ट्रिय विमास्थलबाट आइतवार ६ दर्जन उडान , मलेसियामा अत्यधिक चाप

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ फागुन
टर्किस एयर दुर्घटनाले चार दिनसम्म ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राती ९ बजेदेखि सञ्चालनमा आएपछि अहिले विभिन्न वायुसेवा कम्पनीका टिकट काउन्टरहरुमा हवाई यात्रुहरुको बाक्लो भिड लागेको छ ।
आइतबार बिहानैदेखि सकेसम्म चाँडो गन्तब्यमा पुग्ने उदेस्यले विभिन्न वायुसेवा कम्पनीका टिकट बिक्री काउन्टरमा पुग्नेहरुलाई वायुसेवा कम्पनीले सजिलै टिकट नदिएका कारण अहिले यहाँबाट विदेसिन घरबाट बिदा भईसकेका हवाई यात्रुहरुको बिजोग भएको हो । अहिले राजधानीका विभिन्न वायुसेवा कम्पनीका नेपाल स्थित आधिकारिक जिएसए एवं टिकट बिक्रेता कम्पनी र कर्पोरेट अफिसमा नेपालबाट विदेशिने यात्रुहरुको अत्यधिक भिड लागेको छ । बिहानदेखि दिनभर लाइनमा बस्दापनि टिकट नपाएको उनीहरुको गुनासो छ ।   मागेको समयमा टिकट बिक्रेताहरुले हवाई टिकट उपलब्ध नगराएकै कारण अहिले  यहाँबाट विभिन्न गन्तब्य मुलुकमा जाने हवाई यात्रुहरुले यस्तो सास्ती भोग्नुपरेको हो ।
आइतबार दिनभर सबैभन्दा बढी भीड हात्तिसारस्थित कतार एयरलाइन्सको कर्पोरेट अफिस र दरबारमार्गको मलेसियन एयरलाइन्सको नेपालस्थित आधिकारिक जिएसए मार्कोपोलो टुर एण्ड ट्राभलमा देखिएको थियो ।
गत बुधबार विहानैबाट अन्तर्राष्ट्रिय उडान अवरुद्ध हु“दा रोकिएका हवाई यात्रु ओर्सान आइतवार करिब ६ दर्जन भन्दा बढी उडान भएका थिए । आइतबार सोही संख्यामा विभिन्न मुलुकबाट आएका जहाजको अवतरण भएको थियो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सबैभन्दा बढी उडान नेपाल वायुसेवा निगमले नै भरेको थियो ।
निगमले आइतवार मात्रै काठमाडौंबाट क्वालालम्पुरकालागि दुई ओटा उडान भरेको थियो । यसैगरी हङकङ, दुवई र नया“दिल्लीका लागि एक÷एक उडान भरेको थियो । त्यसैगरी मलेसियाको क्वालालम्पुर उडान गर्ने एयर एशिया एक्सले पनि चार ओटा उडान भरेको थियो । क्वालालम्पुरका लागि मलेसियन एयरलाइन्सले पनि दुई ओटा उडान गरेको थियो । क्वालालम्पुर–काठमाडौं रुटमा उड्ने मलेसियन कम्पनी मालिन्डो एयरले एउटा उडान भरेको थियो । दुवई काठमाडौं उडान गर्ने फ्लाइ दुवईले दुई ओटा उडान भरेको थियो ।
वैदेशिक रोजगारीकालागि सबै भन्दा धेरै कामदार जाने मुलुक मलेसिया नै पहिलो भएका कारण अहिले क्वालालम्पुरका दुईओटै विमानस्थलमा जाने यात्रुको चाप अत्यधिक छ ।
यसैगरि, वैदेशिक रोजगारीकालागि सबैभन्दा धेरै कामदार जाने दोस्रो गन्तब्य मुलुक कतारको दोहा –काठमाडौं रुटमा कतार एयरवेजले तीन ओटा उडान भरेको थियो ।  आइतवार एयर अरेबियाले काठमाडौं सार्रजहा रुटमा तीन ओटा उडान भरेको थियो भने काठमाडौं –रसलखैमाका लागि एउटा उडान भरेको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसैगरि, इत्तेहाद एयरलाइन्सले पनि काठमाडौंबाट आबुधाविकालागि दुई उडान भर्ने बताईएको छ । विमानस्थल कार्यालयले जानकारी दिए अनुसार आइतबार दिनभर र राती गरि करिब ६ दर्जन अन्तर्राष्ट्रिय उडान भएका थिए । 
काठमाडौंबाट चीनका लागि आइतवार ६ ओटा उडान भएका थिए  ।  यसैगरि, सोही रुटमा एअर चाइना, चाइना साउर्दन र चाइना इष्र्टनले दुई÷दुई ओटा उडान भरेका थिए ।  अवरुद्ध विमानस्थल खुले लगत्तै शनिबार राती पनि चाइना इष्र्टनले पा“च र चाइना साउर्दनले ३ ओटा उडान भरेका थिए । चीन उडान भर्दै आएका ३ ओटै विमानसेवा कम्पनी मध्ये एअर चाइनाले काठमाडौंबाट छेन्दु, चाइना साउर्दनले ग्वाङझाओ र चाइना इष्र्टनले कुनमिङकालागि उडान भर्दै आएका छन् । यसैगरि, जेट एअरवेजले काठमाडौंबाट मुम्बईकालागि दुई ओटा तथा नया“दिल्लीकालागि दुई ओटा गरी काठमाडौं विमानस्थलबाट ४ ओटा उडान भरेका थिए । एयर इण्डियाले नया“दिल्लीका लागि दुई ओटा र वाणारसीका लागि एउटा उडान भएको थियो ।  भारतकै इन्डिगो र स्पाइस जेटले पनि आइतबार दिउँसो काठमाडौं–नया“दिल्ली रुटमा एक÷एक ओटा उडान भरेका थिए ।  बिमान बंगलादेशले काठमाडौं–ढाका रुटमा दुई ओटा उडान भरेको थियो । यसैगरि, कोरियनले काठमाडौं–सिओल, सिल्क एयरले काठमाडौं– सिंगापुर, ड्रागन एयरले हङकङ, थाइ एयरले बैंकक र ओमान एयरले मस्कटकालागि एक÷एक ओटा उडान भरेका थिए । आइतबार टर्किस एअरको इस्तनाबुलबाट काठमाडौं आएको अर्को विमान आफ्ना यात्रु लिएर तुरुन्तै फर्किएको थियो ।
एयर ट्राफिकको समस्या
काठमाडौं÷रास– बढ्दो यात्रुको चापसँगै आइतबार एकैपटक नियमित भन्दा बढी विमान अवतरण र उडान भएका कारण आइतबार नेपाली आकाशमा दिनभर हवाइ ट्राफिकको समस्या उत्पन्न भएको थियो । विगत ४ दिनदेखि ठप्प अन्तर्राष्ट्रिय विमानस्थलमा एकैपटक विमानको चाप अत्यधिक भएर दिनभर विमानस्थल व्यस्त भएपछि विभिन्न मुलुकबाट आएका जहाज अवतरण गर्न पालो पर्खने क्रममा यस्तो ट्राफिक जाम समस्या भएको हो । एयर ट्राफिकका कारण आइतबार नेपाली आकाशमा एउटा जहाजले न्यूनतम ४० मिनेटदेखि बढीमा डेढ घण्टासम्म फन्को मारेर आकासमै होल्ड गर्न बाध्य भएका थिए । लामो समय फन्को मारेर आकासमा होल्ड गर्दापनि अवतरण गर्न नपाएपछि एयर अरेविया र एयर एशिया एक्सको एक÷एक जहाज  केही समय अन्यत्रै डाइभर्ट भएका थिए । विमानस्थल स्रोतका अनुसार एयर अरेबिया भारतको लखनउ डाइभर्ट भएको थियो भने एयर एशिया एक्सको विमान कोलकाता डाइभर्ट भएको थियो । लामो समय आकाशमा होल्ड हु“दा इन्धन सकिने सम्भावना भएकै कारण ती जहाजलाई नजिकैको विमानस्थलमा डाइर्भट गर्नु बाहेक अर्को बिकल्प नभएको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार दिनभर नेपाली आकाशमा एक घण्टामा करिब आधा दर्जसम्म जहाजहरु होल्ड हुन पुगेका थिए ।  एयर ट्राफिककै कारण अहिले विमानस्थल कार्यालयलाई विभिन्न मुलुकबाट आएका जहाजलाई सुरक्षित रुपमा उडान र अवतरण गराउनै मुस्कील भएको छ । 
विमानस्थल कार्यालयका महाप्रवन्धक बीरेन्द्रकुमार  श्रेष्ठले अहिले विमानस्थलमा विभिन्न मुलुकबाट आएका जहाज पार्किङको अभावले पनि एयर ट्राफिकको समस्या भएको बताए । 
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटकमा जम्मा ९ ओटा मात्र ठुला जहाज पार्किङ गर्न मिल्छ अवस्था छ । सोही कारण आइतबार दिनभर आकाश मात्र नभएर विमानस्थलको पार्किङ र ट्याक्सी वे (जहाजलाई पार्किङस्थल लैजाने बाटो) मा पनि उस्तै समस्या भइरहेको पनि उनले जानकारी दिए ।  उनले अवतरण गरेका जहाज पाकिर्ङमा नअटाएपछि ‘ट्याक्सी वे ’मा पनि केही बेर राख्नुपरेको बताए । विमानस्थल कार्यालका अनुसार अवतरण गरेको जहाजलाई ट्याक्सी वे मा २०÷२० मिनेट रोक्ने, पार्किङमा भएको जहाजमा यात्रु भरेर धावन मार्गतर्फ पठाएपछि ट्याक्सी वे बाट जहाज पार्किङ स्थल लैजाने काम भइरहेको छ ।
विमानस्थलमा कतिपय बेलामा एकै पटक १४÷१५ ओटासम्म जहाज अवतरण गराउनुपर्दा ट्याक्सी वे मा समेत ५÷६ ओटा जहाज अडाएर राख्नुपरेको थियो । ट्याक्सी वे २ मा टर्किस एयरको दुर्घटनाग्रस्त जहाज राखिएकाले त्यसले ट्याक्सी वे १–लाई समेत छेकेको अवस्था छ । जहाज पार्किङमा समेत टर्किसको सो विमानले असजिलो पारेपछि दिउसो प्राविधिकहरुले दुर्घटनाग्रस्त जहाज हटाएर बुद्ध एयरको ह्याँङगर तर्फ लैजाने बताइएको छ । शनिबार धावनमार्ग खुला गर्नकालागि सो विमान आन्तरिक टर्मिनल भवनको अगाडि ट्याक्सी वे मा राखिएको थियो । जसका कारण अहिले अन्तर्राष्ट्रिय उडान अवतरणमा समस्या पारिरहेको बताईएको छ ।

विमानस्थल खुल्ने नखुल्ने अन्योल अझै कायमै , तीन दिनदेखि उडान ठप्प हु“दा ४५ हजार यात्रु प्रभावित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २२ फागुन
विगत तीन दिनदेखि ठप्प त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई उडान शनिबार विहान १० बजेदेखि पनि खुल्ने नखुल्ने अन्योल कायमै छ । गत बुधबार विहान ७. ५५ बजे अवतरणको क्रममा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई धानवमार्गबाट हटाउन अझै समय लाग्ने भएपछि विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडान शनिबार बिहान १० बजेसम्मकालागि पुनः स्थगित गरेको छ । शनिबार विहान १० बजेपछिपनि बन्द विमानस्थल सुचारु हुने नहुनेबारे विमानस्थल कार्यालयले अझै स्पष्ट्र भन्न नसकिरहेकाले विमानस्थल खुल्ने अन्योल कायमै रहेको हो ।  विमानस्थल कार्यालयले पुनः नयाँ सूचना जारी गर्दै शनिबार विहान १० बजेसम्मकालागि अन्तर्राष्ट्रिय उडान र अवतरण स्थगित भएको जानकारी गराएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमनले शुक्रबार दिउ“सो आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन । उनले शनिबार १० बजेपछि पनि विमानस्थल खुल्ने ग्यारेन्टी नभएको बताए । अहिले धावन मार्गमा फसेको जहाज पाखा लगायने कार्य निरन्तर जारी रहेको बताउँदै महानिर्देशक सुमनले भने, ‘अहिले कतिपय मिडियाले अवरुद्ध विमानस्थल यति बजे खुल्छ भनेर आ–आफ्नै पाराले समाचार सम्प्रेषण गरिरहेका छन, त्यो होइन । हामीले १० बजेसम्म बन्द गरेका हौ“ ’।  उनले जहाज पाखा लगाउने कार्यमा खट्टिएका प्राविधिकहरुले काम छिटो सिध्याए शनिबार विहान १० बजे भन्दा अघि पनि खुल्न सक्ने र समय लगाए त्यो भन्दा पछि पनि खुल्न नसक्ने बताए । यसअघि नागरिक उड्डयन प्राधिकरणले शुक्रबार सा“झ ५ बजेसम्मकालागि मात्र अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द गर्ने जनाएको थियो ।
प्राधिकरणका अनुसार अहिले गत बुधबारदेखि धावनमार्गमा फसेको टर्किस एयलाइन्सको दुर्घटनाग्रस्त जहाजलाई भारतबाट आएका प्राविधिकहरुले ब्लाडर (रबरको बेलुन) को सहायताले उचालेर सो विमानको ल्यान्डिङ गियरको पाङग्रा फेर्ने काम सकिएको छ । अझै सो जहाज धानमार्ग नछेकिने गरी सुरÔित स्थानमा लान कठिनाइ भइरहेको जानकारी गराउँदै महानिर्देशक सुमनले शुक्रबार दिउँसो जहाज उचाल्न प्रयोग गरिएको ब्लाडरको Ôमता १७ फिटमात्रै रहेकाले पुनः हावा फुस्काएर मुनि चार÷पाँच फिटको काठको फलेक राखेर त्यसमाथि ब्लाडर राखी फेरी हावा भरेर जहाज उठाउने काम गर्दा केही ढिलाई भएको बताए ।  उनले अहिलेसम्म ल्यान्डिङ गियरका दुई ओटा पाङग्रा फेरिसकेको जानकारी दिए। उनले अझै जहाजलाई गुडाउन सक्ने अवस्था नभएकाले  थप पाङग्राको संख्या बढाउने कार्य जारी रहेको बताए ।   सो जहाजलाई सुरक्षित रुपमा ह्याङगरमा पु¥याउनकालागि  साढे ५७ टन भएको मेन ल्यान्डिङ गियर नभासियोस् भनेर अकै ट्रलीमाथि राखेर गुगाउने काम भईरहेको जानकारी दिए । उनले जहाज दुर्घटना भएपछि लक भएको हाइड्रोलिक ब्रेकलाई अहिले खुला गरिसकेको बताए ।  उनले लक भएको ब्रेक खुलिसकेकाले अब थप पाङग्रा र ट्रलीको सहायताले तानेर ह्याङगरमा पु¥याईने बताए ।
यस प्रायासबाट पनि आफ्नो जहाज निकाल्न नसकिए टर्किस एयरले भारतको बाटो हु“दै थप उपकरण ल्याउने तयारी गरेको छ । सो विमानलाई सुरक्षित रुपमा ह्याङगरमा पु¥याउनकालागि प्रयोग हुने सामान बोकेर बिहीबार भारतीय वायुसेनाको हर्कुलस विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो । अहिलेसम्म टर्किस एयरको विमान धावनमार्गबाट पन्छाउन नसकेका कारण अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको ३ दिनको अवधीमा करिब ४५ हजारभन्दा बढी हवाई यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।
बुधबार देखि ३  दिनमा उडान र अवतरण गरी करिब दैनिक ८० ओटाका दरले  २ सय ४० ओटा अन्तर्राष्ट्रिय उडान ठप्प भएको हो । यसैगरि, अहिलेसम्म नेपालको उडान भरिरहेका २७ ओटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले विमानस्थलबाट दैनिक रुपमा आवत–जावत गर्ने करिब १५ हजार गरि शुक्रबार साँझसम्म ४५ हजार जना भन्दाबढी यात्रु अलपत्र परेका छन् ।
यहाँ विमानस्थल ठप्प भएकै कारण अहिले खाडीका विमानस्थलमा पनि नेपाल आउँदै गरेका हजारौं हवाई यात्रुको बिजोग भएको छ । टर्किस विमान दुर्घटनाले यहाँको विमानस्थलको  अन्तर्राष्ट्रिय उडान लगातार तीनदिनदेखि ठप्प भएका कारण वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकमा गई बिदामा घर र्फकन लागेका कामदार र अन्य देसबाट नेपाल आउन लागेका पर्यटक खाडीका विमानस्थलहरुमा खान समेत नपाएर अलपत्र परेका छन ।  बजेट एयरलाइन्सको टिकट लिएर बसेका यात्रुहरु बढी मारमा परेका छन । युरोपियन मुलुकहरु लगायत पूर्वी भागबाट आउने हवाई यात्रुकालागि खाडीको कतार र यूएई मुख्य ट्रान्जिट विमानस्थल हुन् ।
विमानस्थलमा अलपत्र यात्रुका अनुसार  अझै विमानस्थलको सूचना पाटीमा सबै उडान रद्ध भएको सूचना छ । यात्रु प्रस्थान कÔको ढोका बन्द छ । विमानस्थलको स्क्रिनमा विभिन्न वायुसेवा कम्पनीले उडान रछ भएको सूचना टा“सेका छन्। अहिले विभिन्न मुलुक तर्फ जानकालागि सामानसहित विमानस्थल पुगेका यात्रु निकै अन्योलमा छन्।  उनीहरुलाई उडान कहिले हुन्छ ? काटिसकेको टिकट के गर्नुपर्छ? केही थाहा छैन । कतार जानकालागि शुक्रबार विमानस्थलमा जहाज पर्खिरहेका दिनेश लामाले भने, ‘विमानस्थलले बेला बेलामा सूचना जारी गर्छ। तर, त्यसमा खासै नया“ उडानको केही खवर हु“दैन, उडान रद्ध भएको मात्र जानकारी आइरहन्छ’। ति यात्रुका अनुसार नया“ जानकारी आओस् पनि कसरी? उडान कहिले सुचारु हुन्छ भन्ने विमानस्थलका अधिकारीलाई नै थाहा छैन। अहिले यहाँको विमानस्थलको अन्तर्राष्ट्रिय उडान ठप्प हुँदाको असर छिमेकी मुलुक भारत, चीन, थाइल्याण्ड, कतार मलेसिया, हङकङ, भुटान, बंगलादेश लगायत संसारका धेरै ठाउ“मा परेको छ ।
विमानस्थल बन्द भएपछि अहिले साथमा भएको पैसा सकियो भन्दै विदेशी पर्यटक विमानस्थलमै सुत्ने समेत गरिरहेका छन्। सोही अवस्थालाई मध्यनजर गर्दै अहिले सरकारले बुधबादेखि यहाँ भिसाको म्याद सकिएका पर्यटकलाई विमानस्थल नखुल्दासम्मको म्याद थपिने गरी अध्यागमन विभागस“ग समन्वय गरिरहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

टर्कीस एयरको विमान दुर्घटना ,सबै यात्रुको सकुशल उद्धार

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २० फागुन
टर्कीस एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । टर्कीको इस्तानबुलबाट  एक काखे बालक सहित २ सय २४ जना यात्रु बोकेर काठमाडौ“ आएको उडान नम्बर टिके–७२६ विमान बुधबार बिहान ६.५५ बजे दुर्घटना भएको हो । ११ जना चालक दलका सदस्य सहित सो विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार सो जहाज दुई ओटा रनवेको बीचको घा“से मैदानमा दुर्घटना भएको हो ।  अवतरणका क्रममा विमानको अगाडिको पाङग्रा केही समय गुढेपनि अगाडिको नोज भाग भू“ईमा गएर जोत्तिएको थियो ।  सो जहाज दुर्घटनाको कारण बाहिर केही देखिएको छैन । 
विमानस्थलस्थित जलतथा मौसम पुर्वानुमान महाशाखाका मौसम विद् बरुण पौडेलले सो जहाज दुर्घटना भएको बेला विमानस्थलभित्रको भिजिबिलीटीको मात्रा एक्कासी घटेर जम्मा ५ सय मिटर मात्र रहेको बताए । उनले बुधबार बिहान काठमाडौ उपत्यकाको भिजिबीलीटीको मात्र छिनछिनमा घटबढ भईरहेको जानकारी दिए ।  उनले विमान पहिलोपटक विमानस्थलमा अवतरण गर्न खोज्दा भिजिविलीटीको मात्रा १ हजार ५ सय मिटर थियो । मौसमविद् पौडेलका अनुसार सोही बेला अवतरण नगरि त्यो विमान पुनः माथी आकासमा नै उडेको र ६÷७ पटक सो विमान काठमाडौको आकासमा घुमेको थियो ।  उनले सो जहाज दुर्घटना हुनुमा मौसम खराबी भन्दापनि विमानभित्रै प्राविधीक गढबढी नै भएको हुनसक्ने दावी गरे । 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक बीरेन्द्रकुमार श्रेष्ठले न्युन भिजिबिलीटीका कारण सो विमान दुर्घटना भएको हुनसक्ने बताए । उनले पटक–पटकको अवतरण प्रयास असफल भएपछि चालकले विमानलाई जर्बरजस्ती अवतरण गर्ने क्रममा सो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनले सो विमान जर्बरजस्ती बलपूर्वक अवतरण गर्न खोज्दा पछाडिको भागमा आगो लागेपनि तत्काल आगो नियन्त्रणमा लिइएकाले  यस दुर्घटनामा मानविय क्षति नभएको बताए । 

दुर्घटनाग्रस्त सो जहाज विमानस्थलको २ नम्बर धावनमार्गको दÔिणतर्फबाट अवतरण गर्ने क्रममा धावन मार्ग बाहिरको घाँसै मैदानमा धसारिएको थियो । विमानस्थल कार्यालयका एक कर्मचारीले पनि भिजिविलीटी कम भएकै कारण सो विमान दुर्घटना भएको दावी गरे । पहिलोपटक अवतरण गर्न खोज्दा सो विमानले धावनमार्ग भन्दा माथीको उचाई १० देखि १५ मिटर मात्र थियो भन्दै उनले तैपनि चालकले सो जहाज अकस्मात अवतरण नगरि पुनः उचाईमा लगेको र दोस्रो पटक हुँदै अन्तिम पटक अवतरण गर्न खोज्दापनि भिजिविलीटी रामै भएको बताए । उनले भिजिबीलिटीको मात्रा राम्रो भएकै बेला अवतरण गरेको भएपनि अवतरण हुने बेलासम्म सो विमान देखिएको र अकस्मान २५÷३० सेकेन्ड भित्रमा जहाज नै कहाँ गयो भन्ने नदेखिनेगरि बालो हुस्सु आएको बताए ।  त्यसपछि ठुलो आवाजमा सो जहाज जमिनमा धसारिएको थियो । आवाज  आएको ५ मिनेट भित्रमा उद्धार टोली दुर्घटना स्थलमा पुगेको थियो । 
सो जहाजमा सवार यात्रु शशी पौडेलले निकैबेर पटक पटक आकासमा घुमाएपछि केही गडबडी छ भन्ने लागेर आफुहरु निकै अतालिएपनि चालकले अतवरण गरेपछि ठूलो आवाज आएपछि दुर्घटना भयो भन्ने थाहा पाएको बताए ।  ती यात्रुका अनुसार त्यसबेला विमानभित्रका सबै यात्रुहरु निकै आत्तिएका थिए । अर्का यात्रु दीकेश मल्होत्राका अनुसार सुरुमा केही यात्रु भ¥याङबाट आएपनि अन्यलाई भने आकश्मिक ढोका प्रयोग गरेर झारिएको थियो । सो जहाजमा सवार ४ जना यात्रु भने स्केटिङ गर्दै बाहिर आउने क्रममा लगेजले लागेर सामान्य  घाइते भएका छन् । उनीहरुलाई उपचारकालागि नभिर्क अस्पतालमा पु¥याईएको थियो । अहिले घाइतेको अवस्था सामान्य रहेको छ । विमानस्थलबाट बाहिरिएका यात्रुहरुले ठूलो दुर्घटनाबाट बचेको भन्दै खुसी व्यक्त गरेका छन् ।
दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको नेपालस्थित आधिकारिक जिएसए जेनिथ ट्राभल हो । टर्किस एयरलाइन्सले सो विमान दुर्घटनाको कारणबारे प्राविधिक जा“च गर्ने बताएको छ । बुधबार साँझ टर्की एयरलाइन्सका तर्फबाट जारी विज्ञप्तिमा सो जहाज दुर्घटनाको पुष्टि गर्दै यस्तो बताएको हो । सो
जहाज दुर्घटनापछि अन्तराष्ट्रिय उडान तथा अवतरण बिहीबार ४ बजेसम्मकालागि स्थगित भएको छ । टर्किस एयरलाइन्सको विमान विमानस्थलको रन वेको बीचमा अलपत्र भएपछि नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण ठप्प भएको हो । दुर्घटनाग्रस्त जहाज धावन मार्गबाट हटाउने एयरक्राफ्ट रिमुभल किट मेसिन यहाँ नभएको र भारतबाट ल्याएर अलपत्र जहाज उठाउनुपर्ने भएकाले यस्तो समस्या उत्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन
काठमाडौं÷रास– त्रिभुवन विमानस्थलमा भएको टर्किस एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्र प्रसाद घिमिरेको अध्यÔतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ । सो समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सह सचिव वुद्धिसागर लामिछाने रहेका छन्।

कोइरालाको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठन

 काठमाडौ,१८ फागुन –नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले बि–कोई बिल्डर्सका प्रबन्ध निर्देशक हुमनाथ कोइरालाको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघको तदर्थ समिति गठन गरेको छ । कांग्रेसको निर्माण व्यवसाय समन्वय विभागका संयोजक दीपक गिरीको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्माण व्यवसायी कोइराला संयोजक तथा विनोद पोखरेल सदस्य सचिव रहने गरी  संघको तदर्थ समिति गठन गरेको हो ।
कुल २७ सदस्यीय सो समितिको सल्लाहकारमा नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्षहरु रमेशकुमार शर्मा, जीपछिरिङ लामा, जयराम लामिछाने र वर्तमान अध्यक्ष शरदकुमार गौचन रहेका छन । तदर्थ समितिले आगामी तीन महिना भित्र विधान बनाई सम्बन्धित् निकायमा संस्था दर्ता गराई सक्नुपर्ने प्रावधान रहेको छ । संस्था दर्ता गर्दा गर्नुपर्ने सम्पुर्ण कार्यका लागि संयोजक हुमनाथ कोइरालालाई अधिकार दिइएको सो समितिले जनाएको छ । संघले सोमबार विज्ञप्ति मार्फत काँग्रेस समर्थित निर्माण व्यवसायीहरुको छुट्टै संघ बनाउनकालागि तदर्थ समिति गठन भएको जानकारी गराएको हो । नेपाल निर्माण व्यवसायी महासंघको गत कात्तिकमा सम्पन्न निर्वाचनमा पनि संयोजक कोइरालाले अध्यक्ष पदकालागि उम्मेदारी दिएको भएपनि अन्तिम अवस्थामा आएर आफ्नो उम्मेदारी नै फिर्ता गरि हाल महासंघका अध्यक्ष शरदकुमार गौचन समुहलाई सहयोग पु¥याएका थिए । महासंघमा काँग्रेस समर्थित गौचन समुहका व्यवसायीलाई बिजयी गराउने कार्यमा आफ्नो उम्मेदारी नै फिर्ता गरेका व्यवसायी कोइरालालाई अहिले काँग्रेस पार्टीले नै लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठनकालागि आग्रह गरेको कोईरालाको दावी छ । यसैबीच, मुलुकको पुर्वाधार विकासकालागि नेपाली कांग्रेसले लिनुपर्ने हरेक नीति निर्माण सम्बन्धमा छलफल गर्न पनि यस तदर्थ समितिले आगामी केही दिनभित्रै एक कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ । सो गोष्ठी आयोजना गर्नकालागि निर्माण व्यवसायीहरु धुर्बराज थापा, हरेराम श्रेष्ठ र शरदकुमार गौचन सहितको छुट्टै तीन सदस्यीय समिति गठन गरिएको पनि सो संघले बताएको छ ।

तिब्र बिबादकाबीच सभासदहरु विदेश सयर गर्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,३० फागुन
संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको टोली तिब्र बिबादका बावजुत पनि विदेश उडने भएको छ । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरुको अवस्थाको स्थलगत अध्ययनकालागि भन्दै मलेसिया, कतार र युएई भ्रमणमा सो समितीका सभापति तथा सभासद प्रभु शाहको नेतृत्वमा ८ सदस्यीय टोली आइतबार उडने भएको हो ।
यस भ्रमण टोलीमा सभापति शाह सहित सभासदहरु कमला शर्मा, जितेन्द्रनारायण देव, बलबहादुर केसी, सोमप्रसाद पाण्डे, भरत खडका तथा समितिका सचिव शान्तकुमार तुलाधर र श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार रमेश कोइराला रहेका छन् । सो समितिका अनुसार टोलि आगामी सोमबार मलेसिया, शुक्रबार कतार र ८ चैतमा युएई पुग्ने छन् । समितिका सभापति प्रभु शाहले वैदेशिक रोजगारीको क्रममा नेपालीहरु ठगिने तथा समस्यामा पर्ने घटनाहरु धेरै आएकाले यसको स्थलगत अध्ययनका लागि आफुहरुको टोली त्यसतर्फ जान लागेको बताए ।
शाहका अनुसार तीनवटै मुलुकमा रहेका नेपाली दुतावास तथा नेपाली समुदायसँग पनि टोलीले अन्रक्रिया कार्यक्रम गर्ने छ । भ्रमण गर्न लागिएका मुलुकका सरकारी निकायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको समितिका सभापति शाहले जानकारी  दिए ।  अर्का सभासद कमला शर्माले रोजगारदाता मुलुकहरुसँग छलफलका लागि तीनओटै देसका परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयमा समय समेत तय भैसकेको बताइन ।   उनले यस भ्रमणले रोजगारदाता गन्तब्य मुलुकहरुवीच श्रम सम्झौता गर्न ध्यानाकर्षण गराउने समेत जानकारी गराइन । उनले आफुहरुको यस भ्रमण अहिलेसम्मकै सबै भन्दा राम्रो र फलदायी हुने दावी गरिन ।  पछिल्लो समय कामदारहरुको कल्याणकारी कोष दुरुपयोग गर्दै समितिको भ्रमण टोली विदेश जान लागेको भन्दै चौतर्फि आलोचना भैरहदा र तीब्र विवादका बाबजुद पनि सभाषदहरुको  सो भ्रमण टोली विदेश उडन लागेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट खर्च भर्ने निर्णय गरेकोमा अहिले चर्को विवाद उत्पन्न भएपछि अन्य बैकल्पिक खर्चबाट सो टोली वैदेशिक भ्रमणमा जाने निर्णय गरेको जनाएको छ । बैकल्पिक खर्चको बजेट कहाँबाट निकासा हुने  भन्नेबारे अहिलेसम्म मन्त्रालयले कुनै आधार स्पष्ट बनाएको छैन् ।
समितिका सभापति तथा टोलिका संयोजक शाहले कामदारको कल्याणकारी कोष खर्चेर टोलि विदेश जान लागेको नभई कामदारकै पक्षमा काम गर्न टोली स्थलगत अध्ययनका लागि जान लागेको  दावी गरे ।  कल्याणकारी कोषको रकम यसमा खर्च नगरिने उनको दावी छ । 
यसैबीच  शुक्रवार समितिका पदाधिकारीहरुसँग भेट गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टिबी कार्कीले एनआरएनसँग सहकार्य गरी कामदारहरुको अवस्था अध्ययन गर्न आग्रह गरे  । सम्वन्धित मुलुकका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद र यसकालागि सहयोग गर्न तयार रहेको बताउदै उनले भने, ‘एनआरएनसँग सहकार्य गरेर अघि बढदा नेपालीका वास्तविक अवस्था बुझन समितिलाई सहज हुनेछ’। कार्कीले समितिलाई कामदार कल्याणकारी कोषको खर्च भ्रमणमा नलगाउन समेत समितिलाई सुझाव दिएका छन ।

सौर्यबत्तीले ठमेल २४ सैं घन्टा उज्यालो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १६ फागुन
सौर्यबत्तीले राजधानीको प्रमुख पर्यटकीय बजार ठमेलमा २४ सैं घन्टा उज्यालो हुने भएको छ ।  गत सातादेखि ठमेल पर्यटन विकास परिÈद्ले पर्यटकको सबैभन्दा बढी भीड हुने Ôेत्रलाई विशेष प्राथमिक्तामा राखेर ठमेलका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गर्न थालेपछि अहिले यहाँका केही क्षेत्र रातभरपनि उज्यालोले झलमल्ल भएका छन ।
ठमेल विकास परिÈद्ले अहिले पहिलो चरणमा ठमेलको मुख्य प्रवेशद्धार मानिने त्रिदेवीमार्ग स्थित सार्क सचिवालय भवन र कर्मचारी सञ्चयकोÈ भवन अगाडिका सडकमा १५ ओटा र अमृत क्याम्पस र मल्ल होटल पछाडिको Ôेत्रमा ३ ओटा गरी १८ ओटा खम्बा गाडेर सौर्यबत्ती जडान गरिसकेको छ । सडकका दुवै किनारमा खम्बा गाडेर जडान गरिएको सौर्य बत्तीको आकर्Èणले अहिले त्यहाँका सडकको सौन्दर्य बढाउने काम मात्र नभएर चोरी एवं पर्यटक लुट्टिने समस्या समेत  नियन्त्रणमा आएको छ ।
ठमेल पर्यटन परिषदका अध्यÔ रामशरण थपलियाले गत साता देखि नै ठमेलको मुख्य प्रवेशद्धार त्रिदेबी मार्गदेखि अमृत क्याम्पस र मल्ल होटल पछाडीका केही भाग सौर्य बत्तिले रातभर झलमल्ल हुन थालेको बताए । उनले अहिले विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा ६० वाटका १८ ओटा खम्बा सहितको बत्ती जडान गरिएको जानकारी दिए ।
उनले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को सहयोगमा ठमलेका अन्य Ôेत्रमा केही दिनभित्रै थप बत्ती जडान गरिने बताए । ठमेलको सात घुम्ती लगायतका Ôेत्रमा ४० वाटका बत्ती ३५ मिटरको दुरीमा राखिने जानकारी गराउँदै उनले यस Ôेत्रका भित्री सडकखण्ड केही सा“घुरो भएकाले खम्बा राख्न समस्या भएपछि अब सडक छेउका अग्ला घरका छतमाथि सोलार प्यानल जडान गरि २४ सै घण्टा सौर्य बत्तीको उज्यालो प्रदान गरिने  बताए ।  ठमेल पर्यटन विकास परिषदको ठमेल क्षेत्रलाई २४ सै घण्टा उज्यालो बनाउने यस अभियानलाई अहिले यहाँका स्थानीयवासी एवं पूर्व अध्यक्षहरुले पनि उत्साहपूर्वक रुपमा सहयोग गर्ने अपेक्षा गरिएको थपलियाको भनाई छ ।
परिÈद्का अनुसार ठमेलको मुख्य Ôेत्र र भित्रि गल्ली एवं सडक छेउमा करिब २०० ओटा भन्दा बढी सौर्य बत्ती जडान गरिने छ । टानको १५ लाख, नेपाल पर्यटन बोर्डको १५ लाख र विभिन्न १६  बैंक र अन्य ५ ओटा फाइनान्सबाट गरि ओटा ४० सौर्य बत्ती जडान गरिने छ । यसैगरि, विद्यत् प्राधिकरणको तर्फबाट ६० ओटा बत्ती एवं अन्य व्यावसायिक संस्थाहरुको तर्फबाट ३० ओटा सौर्य बत्ती जडान गरी जम्मा लागत दुई करोड दुई लाख ६० हजार रुपैयाँको खर्चमा ठमेल क्षेत्रलाई रातभर उज्यालो पारिने छ । नवीकरणीर्य ऊर्जा प्रालि मार्फत परिÈद्ले ठमेल Ôेत्रमा सौर्य बत्ती जडान कार्य थालनी गरेको हो । परिÈद्ले ठमेल Ôेत्रमा सौर्य बत्तीस“गै अब सिसी क्यामेरा विस्तार गर्ने कार्यलाई पनि तिब्रताकासाथ अघि बढाउने जनाएको छ । ठमेलका मुख्य चोकमा यसअघि आठओटा मात्र सिसी क्यामेरा राखिएको भएपनि अहिले त्यो अप्रयाप्त भएको भन्दै परिषदले छिट्टै ठमेलमा थप सिसि क्यामरा जडान गर्न लागेको हो ।  परिषदका अध्यक्ष थपलियाले हाल सञ्चालित सिसि क्यामरालाई अझै छोटो दुरीमा राखेर अब थप प्रभावकारी बनाउन अत्याधुनिक क्यामेरा राखिने बताए । उनले राजधानीको मुख्य पर्यटकीय बजार ठमेल क्षेत्रको पर्यटकीय सुन्दरता बढाउनुकासाथै यस क्षेत्रलाई थप सुरक्षित बनाउने परिषदको यस अभियानमा सडक विभाग लगायत विभिन्न निकायको सहयोग रहेको बताए । उनले पुर्वाधार विस्तार एवं ठमेल Ôेत्रका भत्किएका सडक कालोपत्रे गरि चिल्लो पार्ने कार्यमा पनि सडक विभागले निकै सहयोग गरेको जानकारी दिए ।

एयर अरेबियाले रसअल खैमाह–काठमाडौं उडान थाल्यो, सातामा २ उडान भर्ने

काठमाडौ, ११ फागुन –संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी एयर अरेबियाले रसअल खैमाह–काठमाडौं उडान सुरु गरेको छ । करिब एक वर्Èअघि ¥याक एयरले खैमाह–काठमाडौं उडान बन्द गरेपछि अहिलेसम्म सो विमानस्थलबाट काठमाडौं कुनै उडान भएको थिएन । त्यस बेला काठमाडौबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको चापलाई समेत मध्यनजर गरेर एयर अरेबियाले रसअल खैमाह–काठमाडौ उडान सुरु गरेको हो ।  सो एयरलाइन्सले आइतबारदेखि नै रसअल खैमाह विमानस्थलबाट नियमित व्यवसायीक काठमाडौं उडान सुरु गरेको हो । सो वायुसेवाले यस गन्तव्यबाट बजेट एयरलाइन्सको रुपमा उडान सुरु गरेको जनाएको छ ।
एयर अरेबियाले अहिले यस गन्तव्यबाट काठमाडौं साताको हरेक आइतबार र बुधबार नियमित उडान गर्ने बताएको छ । एयर अरेबियाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) एडेल ए अलीले वितेका ९ महिनामा खैमाहबाट विभिन्न दशओटा गन्तव्यमा उडान सुरु गरिएको बताए।  उनले अब यस विमानस्थलबाट हवाई यात्रुले काठमाडौंस“ग रमाइलो अनुभूति गर्दै जोडिने र विशेषगरि नेपालबाट वैदेशिक रोजगारीकालागि त्यहाँ जाने कामदारलाई राहत हुने बताए ।  एयर अरेबिया खैमाहबाट काठमाडौंकालागि दिउँसो दुई बजेर १० मिनेटमा उड्ने छ भने काठमाडौं विमानस्थलमा बेलुकी ७ बजेर ४० मिनेटमा अवतरण गर्ने सो कम्पनीले जनाएको छ । यसैगरि, काठमाडौंबाट बेलुकी ८ बजेर २० मिनेटमा खैमाहकालागि उड्ने छ भने सोही रातको १२ बजेर ३५ मिनेटमा एयर अरेबिया खैमाह विमानस्थलमा अवतरण गर्ने बताईएको छ ।

निगमको नयाँ एयरबसले १३ फागुनबाट व्यवसायीक उडान थाल्ने , काठमाडौ–दिल्ली एकतर्फी भाडा ७ हजार ८४ रुपैयाँ मात्रै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ४ फागुन
नेपाल वायुसेवा निगमले युुरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरि ल्याएको नयाँ एयरबसले आगामी १३ फागुनबाट नियमित व्यवसायीक उडान सुरु गर्ने भएको छ । गत २५ माघमा निकै तामझास“ग भित्राइएको १ सय ५८ सिट Ôमताको एयरबस ‘ए३२०–२००’ जहाजको नयाँ दिल्ली उडान पहिलो व्यवसायीक उडान हो ।
निगमले हाल अन्तर्राष्ट्रिय उडानमा सञ्चालित २ ओटा बोइङ ७५७ जहाज खरिद गरेको २७ वर्Èपछि बल्ल अन्तर्राष्ट्रिय उडानकालागि सगरमाथा लेखिएको नयाँ एयरबस जहाजबाट पहिलोपटक भारतको नयाँ दिल्लीकालागि थप व्यवसायीक उडान सुरु गर्न लागेको हो । निगमले सो रुटमा नेपाली यात्रुलाई प्रति व्यक्ति एकतर्फी भाडा ७ हजार ८४ रुपैया“मा उडाउने बताएको छ । यसैगरि, काठमाडौ–नयाँ दिल्ली दुईतर्फी भाडा प्रति यात्रु १५ हजार १ सय ७७ रुपैयाँ निर्धारण गरिएको र यो करसहित एकतर्फी प्रवर्वद्धनात्मक भाडादर भएको निगमले जनाएको छ । त्यसैगरि हवाई यात्रुहरुको सुविधालाई ध्यानमा राखी काठमाडौं–क्वालालम्पुर उडानको एकतर्फी नयाँ भाडा (कर वाहेक) प्रति व्यक्ति १४ हजार कायम गरिएको निगमले बताएको छ ।
निगमका प्रवक्ता रामहरि शर्माले यसअघि आवस्यक विमानको अभावका कारण केही वर्ष स्थगित गरिएको नयाँ दिल्लीमा पुनः उडान सूचारु गर्न लागिएको बताए। निगमले विदेशी यात्रुकालागि भने प्रतियात्रु ८ हजार २ सय ३० रुपैया“ नयाँ भाडादर तोकेको छ । निगमको दिल्ली उडानले यात्रुलाई निकै राहत पुग्ने अपेÔा गरेको बताएको छ । निगमले दिल्लीकालागि साताको हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान भर्ने बताएको छ ।  
निगमका अनुसार सो जहाजले विहान ८ बजे काठमाडौंबाट दिल्लीका लागि र १०.४० बजे दिल्लीबाट काठमाडौंका लागि नियमित उडान हुने छ ।
यसअघि जहाज अभावका कारण निगमले दिल्ली उडान भर्न नसक्दा विभिन्न भारतीय विमान कम्पनीहरुले एकछत्त रुपमा बजार कब्जा गरि हवाई भाडामा समेत सेण्डिकेट गरिरहेका थिए । अब निगमको थप उडान बृद्धिस“गै यस रुटमा यात्रा गर्ने यात्रुहरुले अनावस्यक चर्को भाडा तिरेर काठमाडौं–दिल्ली उडान गर्नुपर्ने बाध्यताबाट मुक्त हुने अपेक्षा गरिएको छ । अहिले अन्य विमान कम्पनीहरुले दिल्लीकालागि एकतर्फी भाडा प्रति व्यक्ति १५ हजार रुपैयाँ भन्दा बढीसम्म लिईरहेका छन ।
अहिले ति विमान कम्पनीहरुले निगमको नयाँ जहाज आएर सस्तो भाडामा उडाउने तयारी गरेपछि धमाधम दिल्ली रुटको हवाई भाडा घटाउन थालेका छन । गत दशै तिहारमा प्रति व्यक्ति करिब ४५ हजार रुपैयाँ पुगेको दुईतर्फी भाडा अहिले १५ हजार रुपैया“मा बेचिरहेका छन् । यो भाडा दिल्लीकालागि विगत ३ वर्Èयताकै सबै भन्दा सस्तो भएको ट्राभल्स एजेन्सी एवं टिकेट बिक्रेताहरुको भनाई छ । गत १५ पुससम्मपनि ती वायुसेवाहरुले दुईतर्फी भाडा घटाएर १६ हजार रुपैया“मा मात्र झारेका थिए । अहिले अफ सिजनस“गै निगमले दिल्ली उडान सुरु गर्ने भएपछि ति विमान सेवा कम्पनीहरुले धमाधम भाडा घटाउन थालेको उनीहरुको भनाई छ । हाल दिल्लीबाट काडमाडौं उडान भर्ने जेट एयरवेज, एयर इन्डिया, इन्डिगो, स्पाइस जेट र भुटानको डुर्क एयर लगायत सबैले दिल्लीको भाडादर केही  घटाएका हुन् । निगमले काठमाडौं–दिल्ली उडान बन्द गरेपछि हवाइ भाडामा एकछत्त बृद्धि गरेका ती वायुसेवा कम्पनीले निगमको उडान पुनः सुचारु  हुने भएपछि धमाधम भाडा घटाएका हुन । दिल्लीबाट काठमाडौं उडान भर्ने अन्य विमान कम्पनीहरुले सिजन र अफ सिजन चल्ने वित्तिकै सेण्डिकेट गरी मनपरि रुपमा भाडा बढाउने÷घटाउने खेल खेलिरहेका थिए ।  
कुल १ सय ५८ सिट Ôमता भएको नयाँ एयरबसमा १ सय ५० ओटा इकोनोमी र ८ ओटा बिजनेस सिट रहेका छन् । आगामी दिनमा निगमले दिल्लीमा दैनिक उडान भर्ने तयारी गरेको छ । अहिले एयरबसबाट आएका प्रशिÔक पाइलटबाट सातामा पा“च उडानमात्र गर्न पाइने हु“दा निगमले दिल्लीमा सातामा ४ ओटा उडान मात्र गर्न लालेको हो । अर्को नयाँ एयरबस आएपछि निगमले दिल्लीमा नियमित दैनिक दुई उडान भर्ने तयारी गरेको छ । हाल निगमले दुईओटा बोइङ ७५७ बाट अन्तर्राष्ट्रिय उडान गरिरहेकामा अब दुईओटा एयरबस थप भएस“गै कुल अन्तर्राष्ट्रि उडानमा सञ्चालित जहाजको संख्या चार ओटा पुग्ने छ ।
यसैगरि, बैंकक र हङकङमा पनि एयरबसबाट सेवा सुµ गर्ने जानकारी दि“दै निगमले यसबाट उडानको नियमितता हुनुका साथै थप विश्वसनीयता समेत बढ्ने अपेÔा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या ४ पुगेपछि निगमले नयाँ दिल्ली लगायत विभिन्न ९ ओटा गन्तव्यमा सातामा ५० ओटा उडान भर्ने बताएको छ । नियमले भर्खरै ल्याईएको नयाँ एयरबसको उडानकालागि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताएको छ ।