Sunday, March 30, 2014

तेस्रो लिङगी मोनिका सगरमाथा चढ्दै

काठमाडौ÷रास– यौनिक तथा लैंगिक अल्पसंख्यक (तेस्रोलिङ्गी) मनोज शाही (मोनिका) ले सगरमाथा आरोहण गर्ने घोषणा गरेको छ । नील हिरा समाजले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजकी सदस्य समेत रहेकी मोनिकाले यही बसन्त ऋतुमा  सगरमाथा आरोहण गर्ने घोषणा गरेकी हुन ।   मोनिकाले विश्वमै पहिलो पटक तेस्रोलिङ्गी सगरमाथा आरोहण गर्नु नील हिरा समाजको मात्रै नभएर नेपाल र नेपालीका लागि गौरबको कुरा भएको भन्दै सगरमाथा आरोहण गर्दा लाग्ने आरोहण शुल्क मिनाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग माग गरिन ।  नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले क्रिकेट खेलले नेपाललाई विश्वमा चिनाए जस्तै तेस्रोलिङ्गीको तर्फबाट पहिलो पटक सगरमाथ चढेर मोनिकाले नेपाल र नेपालीलाई थप चिनाउने दावी गरिन । उनले भनिन–ट्वान्टी ट्वान्टी क्रिकेटमा पारस खड्काहरुले  उत्कृष्ट प्रर्दशन गरेर नेपाल र नेपालीको गौरब बढाए अब समाजले अपहेलना गरे पनि हामी यौनिक अल्संख्यकहरु सगरमाथा चढेर देशको नाम विश्वमा फैलाउने छौ’ ।

No comments:

Post a Comment