Sunday, March 30, 2014

विभागको ४४ म्यानपावरकारबाहीको विरोधमा व्यवसायीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं÷रास– वैदेशिक रोजगार विभागले ४४ म्यानपावर कम्पनीलाई कारबाही स्वरूप १ देखि २ लाख जरिवाना गरेको भन्दै त्यसको विरोधमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।बुधबार संघमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हंसराज वाग्लेले विभागले जानकारी नै नदिई ४४ म्यानपावर कम्पनीलाई जरिवाना गरेको भन्दै कारबाहीको निर्णय तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विनाप्रमाण, विनाजानकारी, व्यवसायीलाई सुध्रन मौका नै नदिई, वैदेशिक रोजगार ऐनविपरीत विभागले जरिवाना गर्न नपाउने बताउँदै अध्यक्ष वाग्लेले भने, ‘यो जरिवाना विभागका एक कर्मचारीले सस्तो लोकप्रियता कमाउन गरेका हुन् ।’ उनले आफ्नो निर्णय फिर्ता नलिए चाँडै नै व्यवसायी भेला बोलाएर आन्दोलनको गर्ने चेतावनीसमेत दिए ।  व्यवसायमा पनि केही त्रुटि, कमी, कमजोरी हुन सक्छन् । त्यसमा विभागले उनीहरूलाई सुध्रने मौका दिनुपर्छ । विभागले वैदेशिक रोजगार ऐनको दफा ५४ अनुसार कारबाही गरेको भनेको छ । ऐनको दफा ५४ मा इजाजतवाला म्यानपावर कम्पनीलाई पहिलो पटक सचेत गराउने दोस्रो पटक ५० हजार रुपैयाँ जरिवाना गराउने र तेस्रो पटक सोही कसुर दोहोरिए १ लाख रुपैयाँ जरिवाना गर्ने अधिकार छ । वाग्लेले भने, ‘विभागले तेस्रो पटक गर्नुपर्ने कारबाही पहिलो पटकमा नै ग¥यो ।’ यसैमा व्यवसायीले आपत्ति जनाएको उनले बताए । अनुगमनमा जाँदा विभागका निर्देशकले पैसाका माग गरेका थिए । सो माग पूरा नभएपछि यो कारबाही गरेको व्यवसायीको आरोप छ । संघका पूर्वअध्यक्ष सोमलाल बाटाजूले पनि व्यवसायीले राम्रो काम गरेको भन्दै पुरस्कार पाउन यो विभागका कर्मचारीले सस्तो लोकप्रियताका लागि यस्तो गरेको आरोप लगाए । उनले अहिले विभागबाट भएको यस्तो कार्यले व्यवसायीलाई मात्र नभएर कामदारलाई समेत त्रसित बनाएको बताए । अहिले विभागविरुद्ध खनिएका व्यवसायीले म्यानपावर व्यवसायीले गल्ती गरे भनेर कारबाही गर्ने विभागलाई विभिन्न कन्सल्टेन्सीले जम्मा गरेर राखेका राहदानी नियन्त्रणमा लिनसमेत चुनौती दिएका छन् । विभागले अवैधानिक रूपमा एजेन्ट राख्यो भनेर कारबाही गरेको छ । एजेन्टको कार्यविधि र निर्देशिका नै छैन । संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले भने, ‘वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ब्याजमा लगाएको पैसाले एजेन्टलाई तालिमको व्यवस्था गर्नुपर्छ ।’ संघका द्वितीय अध्यक्ष खनालले विभागले वैदेशिक रोजगार ऐनको दफा ५४ अनुसार कारबाही गरेको भने पनि दफा ८३ अनुसार कारबाही गरेको आरोप लगाए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete