Tuesday, March 18, 2014

इन्धनको मूल्य बढेपछि हवाइ भाडामा वृद्धि

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३ चैत
नेपाल आयल निगमले शुक्रबार पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि पछि निजी Ôेत्रका वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ–नेपाल (आयोन) ले आज (सोमबार) बाट बढाईएको नया“ भाडादर लागू गर्ने निर्णय गरेको हो । नया“ भाडा दर अनुसार अब हवाई यात्रुले अहिले कायम रहेको भन्दा न्युनतम ६५ रुपैया“देखि २ सय ३५ रुपैया“सम्म बढी भाडा तिर्नुपर्ने छ । एक बर्Èभित्रै हवाइ भाडा बढेको यो तेस्रो पटक हो । निजी वायुसेवा कम्पनीहरुको शुक्रबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी हवाइ भाडा बढाउने निर्णय गरेको हो । नया“ वृद्धि भएको भाडालाई वायुसेवाहरुले ‘ङ्खयुल
आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ६ रुपैया“ वृद्धि गरी १ सय ४३ रुपैया“ पु¥याएपछि वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका हुन् । वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बढेको भाडादर सोमबारबाट लागू हुने जानकारी दिए । यात्रुस“ग बढी भाडा लिने नियत होइन भन्दै उनले  इन्धनको भाउ बढेपछि बाध्य भए हवाई भाडा बढाएको बताए ।  उनले हवाई इन्धनको मुल्य  ५ देखि ८ प्रतिशत बढेमा हवाई भाडा दर स्वचालित रुपमा घटबढ गर्न पाउने सहमति वायुसेवा कम्पनी र सरकारबीच भएकाले यस्तो निर्णय भएको बताए ।  हवाई इन्धनको भाउ घट्यो भने आफुहरुले पनि भाडा घटाउ“ने उनले जानकारी गराए ।  यसअघि गत भदौमा हवाई इन्धनको भाउ बढेपछि १ महिनामै २ पटकसम्म हवाई भाडा बढाइएको थियो । त्यसबेला पनि वायुसेवा सञ्चालक संघले १ महिनाभित्रमा २ पटकसम्म हवाई भाडा बढाएको थियो । त्यसबेला निगमले हवाई इन्धनमा प्रतिलिटर ७ रुपैया“ वृद्धि गरेर १ सय ३७ रुपैया“ पु¥याएपछि वायुसेवा कम्पनीहरुले पनि भाडामा लिइने हवाई इन्धनबापतको शुल्क बढाएका थिए ।  आफ्नो लागत खर्चको ४० देखि ४५ प्रतिशत इन्धनमा मात्र हुने भएकाले पनि बाध्यबस भाडा बढाएको उनको दावी छ ।
सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले सबै वायुसेवाले पनि सोमबारबाटै नया“ भाडादरमा उडान भर्ने बताए ।  लागत मूल्य भन्दा सस्तोमा जहाज उडाउन नसकिने भएकाले बाध्य भएर भाडा बढाउनु परेको उनले बताए । वायुसेवा कम्पनीको कूल लागतको ४० देखि ५० प्रतिशत हवाइ इन्धनमा खर्च हुने गरेको छ । नया“ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको १५ मिनेट यात्राको सिमरा पुग्न ३ हजार १ सय ४५ रुपैया“ तिर्नुपर्छ  । यसैगरि, काठमाडौंबाट सबैभन्दा टाढाको धनगढी विमानस्थल पुग्न ११ हजार २ सय ९५ रुपैया“ भाडा लाग्ने भएको छ । धनगढीसम्म पुग्न काठमाडौंबाट १ घन्टा २० मिनेट यात्रा गर्नुपर्छ । त्यस्तै वायुसेवाले माउन्टेन फ्लाइटलाई २ सय २५ रुपैया“, पोखरा १ सय, भैरहवा १ सय २०, विराटनगर १ सय ४०, नेपालगन्ज १ सय ८०, भद्रपुर १ सय ६५, तुम्लिङटार १ सय, जनकपुर ९०, भरतपुर ८० तथा लुक्लाका लागि ८५ रुपैया“ भाडा तिर्नुपर्छ ।  नया“ भाडादर अनुसार माउन्टेन्ड फ्लाइटका लागि अब यात्रुले १० हजार ६ सय ६०, पोखरा पुग्न ४ हजार ९ सय ७० तिर्नुपर्छ । त्यस्तै भैरहवाका लागि ६ हजार ८५, विराटनगरका लागि ६ हजार ८ सय ३५, नेपालगन्ज पुग्न ८ हजार ४ सय ३५, भद्रपुर पुग्न ७ हजार ७ सय ६५, तुम्लिङटार पुग्न ५ हजार ८०, जनकपुर पुग्न ४ हजार २ सय ५०, भरतपुर पुग्न ३ हजार ६ सय ७० र लुक्ला पुग्न ४ हजार ४ सय ४० रुपैया“ भाडा तिर्नुपर्नेछ ।


सरचार्ज’ शीर्Èक दिने निर्णय गरेका छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete