Tuesday, March 18, 2014

सगरमाथा आधारशिविर संसारकै उत्कृष्ट पदयात्रा मार्ग, उत्कृष्टमा छानिएपछि व्यवसायी उत्साहित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ चैत       
सगरमाथा आधारशिविर विश्वकै उत्कृष्ट पदयात्रा मार्गमा छानिएको छ । बेलायतबाट प्रकाशन हुने डेली मेल पत्रिका र वल्र्ड एक्सपिडिसन्स कम्पनीले सगरमाथा आधारशिविरलाई विश्वकै सर्वोत्कृष्ट पदयात्रा मार्गको रूपमा सूचीकरण गरेको हो ।  सगरमाथा आधारशिविर क्षेत्र संसारकै उत्कृष्ट पदयात्रा मार्गमा पर्नु मुलुकको पर्यटन प्रवद्र्धनका लागि निकै स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।
टानले सो पत्रिकाले उद्धृत गरेको शब्द उपयोग गर्दै भनेको छ, ‘सगरमाथा आधारशिविर जाने पदयात्रामार्ग परम्परागत शेर्पा बस्तीहरू हुँदै सगरमाथाको आधारशिविर र कालापत्थर पिक नजिकसम्म पुग्दछ । जहाँ सयौं वर्È पुराना गुम्बा, बाटोबाट नजिकै अनुभव गर्न सकिने जीवन र वनस्पति तथा सगरमाथासहितका थुप्रै हिमशृंखलाको मनामोहक दृश्यले यस क्षेत्रको पदयात्रा अवधिभर पर्यटकलाई क्यामरा बिसाउन मन नलाग्ने बनाउँछ ।’
यसैगरी, त्यस पत्रिकाले मुख्य पर्यटक मौसममा सो Ôेत्रमा पर्यटकको चाप ज्यादा हुने भएकाले वैकल्पिक रूपमा गोक्यो लेक पदयात्रा मार्ग चयन गर्नसमेत सुझाव दिएको टानले जनाएको छ । टानका प्रथम उपाध्यक्ष केशव पाण्डेले सगरमाथा आधारशिविर संसारकै उत्कृष्ट पदयात्रामार्गमा छनोटमा पर्नुले व्यवसायीलाई पनि निकै उत्साहित बनाएको बताए । सगरमाथा आधारशिविर पदयात्रामार्गको मुख्य विकल्पको रूपमा रहेको शान्त र आकर्Èक गोक्यो लेक पदयात्रामार्ग पर्यटकलाई शेर्पाहरूको मुख्य बस्तीहरू हुँदै यात्रा गर्नुको साथै आनन्ददायी स्थायी क्याम्पहरूको बसाइ र मनमोहक हिमाली चुचुराहरूको दृश्यावलोकन गर्ने उत्कृष्ट अवसर मिल्ने बताइएको छ ।
५ हजार मिटर अग्लो गोक्या रीको आरोहण बादलमाथिको यात्रासहितको जीवनकै स्मरणीय Ôण हुनेछ भने त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्से र चोयु हिमालको आकर्Èक फोटो खिच्न सकिन्छ । यसैगरी, सूर्यास्त हुँदै लेकमाथि उकालो लाग्दा देखिने तालका अतुलनीय दृश्यहरू र देखिने सूर्यास्त यो पदयात्राको अर्को मुख्य आकर्Èण भएको दाबी गर्दै सो पत्रिकाले निकै राम्रोसँग यस क्षेत्रको वर्णन गरेको टानले बताएको छ । जसका कारण साहसिक पर्यटनमा रुचि राख्ने संसारभरिका जोकसैको लागि पनि सगरमाथा आकर्Èणको केन्द्रबिन्दुमा रहेको उनले जानकारी दिए ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि अहिलेसम्म स्वदेशी र विदेशी गरी हजारौं आरोहीले सर्वोच्च शिखर चुमिसकेका छन् । वर्षकै सबैभन्दा उत्कृष्ट आरोहणको मौसम वसन्त ऋतुमा यस्तो सन्देश प्रवाह हुनु निकै स्वागतयोग्य भएको बताउँदै पाण्डेले भने, ‘यसले आगामी मौसममा आरोही एवं सगरमाथा आधारशिविरको पदयात्रा भ्रमण गर्नेहरूको संख्या थप बढ्ने अपेक्षा गर्न सकिन्छ ।’ शेर्पा संस्कृति र मनमोहक हिमाली दृश्यहरू अनुभव गर्न बर्सेनि हजारौंको संख्यामा विदेशी पर्यटक यस Ôेत्र भित्रिने गरेको दाबी गर्दै सो पत्रिकाले आङ्खनो सूचीमा राखेका अन्य Ôेत्रहरूमा इथियोपियाको उच्च भूभाग, संयुक्त राज्य अमेरिकाको जोन मुर ट्रेल, पेरुको हुयाहुआस सर्किट, अस्ट्रेलियाको बन्गल बन्गल्स पिकानिनी गोर्ज र स्विट्जरल्यान्डको बर्नेस ओबरल्यान्ड रहेका छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete