Sunday, March 30, 2014

अख्तियारद्वारा विभागका निर्देशकसहित कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा दायर, ५८ लाख ८४ हजार बिगो असुल्न माग

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, १२ चैत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीका लागि दुबई र कतार जाने युवाहरूबाट गैरकानुनी कागजातका आधारमा श्रम स्वीकृति दिएको अभियोगमा पक्राउ गरिएका वैदेशिक रोजगार विभागका निर्देशकसहित नौ कर्मचारीविरुद्ध विशेÈ अदालतमा मुद्दा दायर गरेको छ ।
गलत कागजपत्रलाई आधार मानेर अन्तिम श्रम स्वीकृति दिएको आरोपमा समातिएका उनीहरूसँग बुधबार अख्तियारले कुल ५८ लाख ८४ हजार रुपैयाँ बिगो असुल्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरी बिगो माग गरेका कर्मचारीहरूमा विभागका निर्देशक चिरञ्जीवी अधिकारी, शाखा अधिकृतहरू कुमारप्रसाद पोखरेल, गम्भीरसिंह विष्ट, लवराज जोशी, बाबुलाल रेग्मी रहेका छन् । यसैगरी, नायब सुब्बाहरू भीमबहादुर बस्नेत र लक्ष्मीप्रसाद ढुंगाना छन् । त्यसैगरी, कम्प्युटर अपरेटरद्वय सञ्जीव नेपाल र सुशील शाक्य छन् । उनीहरूलाई गत २८ पुसमा कतार जाने १ सय ९ र ३ माघमा दुबई जाने ६३ युवालाई गलत कागजातका आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेर अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
गलत कागजातका आधारमा श्रम स्वीकृति दिएको अभियोग लगाउ“दै अख्तियारले उनीहरूबाट बिगोस्वरूप १८ लाख ९० हजार रुपैया“ असुलउपर गर्न पनि माग गरेको छ । सोही प्रकरणमा बिचौलियाको काम गर्ने भिजन एन्ड भ्यालु ओभरसिजका श्रम प्रतिनिधि अनिल पन्थीबाट पनि १ लाख ८९ हजार बिगो असुल्न माग गरेको अख्तियारले जनाएको छ । त्यसैगरी, सञ्चालकको अनुमति नलिई किट्स इम्प्लोइमेन्टको लेटर हेड, छाप र सञ्चालकको दस्तखत आफैंले गरी पूर्वस्वीकृति निकाल्ने ¥यापिड इन्टरनेसनल बत्तीसपुतलीका श्रम प्रतिनिधि पुष्पराज लामिछानेविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले अभियोग लागेका सबै कर्मचारी र बिचौलियाको काम गर्ने अर्का वेलास केसीबाट पनि ५ लाख ३५ हजार रुपैया“ असुलउपर गर्न माग गरिएको जानकारी दिए । उनीहरूलाई गत बुधबार अख्तियारबाट प्रहरीसहित विभागको कार्यालय पुगेको अनुगमन टोलीले पक्राउ गरी हिरासतमा लिएको थियो ।
यसअघि गत मंसिरमा पनि अख्तियारले वैदेशिक रोजगारीमा जाने कामदारलाई झुक्याई अनावश्यक सास्ती दिएको अभियोगमा विभागलका निर्देशक रमेश मैनालीसहित एकै पटक ६४ जनालाई प्रकाउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसबेला पनि विभागका निर्देशक मैनालीसहित ४५ जना विभिन्न पदका कर्मचारी, सातजना वैदेशिक रोजगार व्यवसायी र १२ जना बिचौलियालाई समातेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete