Monday, March 17, 2014

कम्पनी फेर्ने कामदारले मात्र दुःख पाएका छन

कमानसिंह लामा
राजदुत, दक्षिण कोरियास्थित नेपाली दुतावास

दक्षिण कोरियाकालागि नेपाली राजदुत कमानसिंह लामाले अहिले कोरियामा कार्यरत कामदारलाई आइपर्ने विविध समस्यामा दुतावासले सहयोग गर्दै आएको बताएका छन । उनलाई विगत दुई वर्ष अघि सन् २०१२ को मे महिनामा बाबुराम भट्टराई नेतृत्वको सरकारले दक्षिण कोरियाकालागि नेपाली राजदुत बनाएर पठाएको हो । उनको ४ वर्षे कार्यकाल पुरा हुन अझै दुई वर्ष बाँकी छ । काभ्रे जिल्लाको मादनकुडारी गाविस– ४ मा जन्मिएका ६३ वर्षिय लामाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन । उनले आफु राजदुतको जिम्मेवारी लिएर कोरिया पुगेदेखि सँधै कोरियामा कार्यरत नेपाली कामदारले भोग्दै आएका विविध समस्या समाधानको उपाए खोज्ने र नेपालमा कोरियन लगानी भित्राउने कार्यमा सक्रिय भएर लागको दावी गरेका छन ।  कोरियास्थित नेपाली दुतावासका अनुसार अहिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत, वैवाहिक सम्बन्ध र अन्य तरिकाले कोरिया पुग्ने नेपाली कामदारको संख्या करिब २६ हजार छन । यसवर्ष पनि इपिएस कोटा एवं अन्य गरि कोरियाले ८ हजार नेपाली कामदार लिने भएको छ । नेपाल लगायत विभिन्न १५ ओटा मुलुकबाट कामदार छनोट गर्दै आएको कोरियामा अहिलेसम्म उत्पादनमूलक, कृषिजन्य एवं पशुपालन क्षेत्र तर्फ मात्र नेपाली कामदारले काम गर्दै आएका छन । हाल त्यहाँ कार्यरत नेपाली कामदारले भोग्दै आएका विविध समस्या समाधानको उपाए एवं नेपाल र कोरियाबीच भएको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयनको विषयमा दक्षिण कोरिया स्थित नेपाली राजदुत लामासँग राजधानीकर्मी मधुजंग पाण्डेले गरेको वार्ताको सार संक्षेपः  
अहिले कोरियामा कार्यरत नेपाली कामदारको अवस्था कस्तो छ ?
– हाल दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको अवस्था निकै राम्रो छ । कामदारले त्यहाँ काम गरेअनुसार पाउने पारिश्रमिकको अवस्था पनि आकर्षक छ । उनीहरु पनि आफुले खाइ पाई आएको पारिश्रमिकमा सन्तुष्ट छन । अहिले कोरियामा कार्यरत नेपाली कामदारले न्युनतम प्रति महिना १० लाख कोरियन वन कमाउँछन । यो पैसा अन्य रोजगारी गन्तव्य मुलुकहरू मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुबेतमा भन्दा चार गुणाले बढी पारिश्रमिक हो । दÔिण कोरियामा यी  मुलुकमा भन्दा कामदार सुरक्षा एवं  हकअधिकारको स्थिति पनि निकै राम्रो छ । अन्य रोजगारी गन्तव्य मुलुकहरू मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुबेतमा भन्दा चार गुणाले बढी पारिश्रमिक हो । जसका कारण अहिले दÔिण कोरियामा अन्य मुलुकहरुमा भन्दा कामदार सुरक्षा एवं हकअधिकारको स्थिति पनि निकै राम्रो भएको छ । ईपीएस कोटा मार्फत जाने  नेपाली कामदारले इमान्दारीतापूर्व  काम गर्न सक्यो भने उसले आरामसँग निकै राम्रो पैसा कमाउन सक्छ ।
कामदार व्यवस्थापनमा दुतावासको भूमिका कस्तो छ ?
– रोजगार अनुमति प्रणाली (ईपीएस) कोटा मार्फत जाने कामदारलाई खासै समस्या पर्देन । इपिएस कोटामा जाने कामदारलाई उनीहरु जाने बेलामा भएको सम्झौता बमोजिम त्यहाँको रोजगारदाता कम्पनीले सेवा सुविधा नदिएको खण्डमा मात्र दुतावासले सहयोग पु¥याउने हो। अहिले वैवाहिक सम्बन्ध एवं अन्य तरिकाले कोरिया पुगेका कामदारका हकमा मात्र धेरै समस्या उत्पन्न भईरहेको छ । करिब २६ हजार नेपाली कार्यरत कोरियामा कामदार व्यवस्थापन गर्ने कार्यमा पनि दुतावासले निकै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । दुतावासकै सक्रिएता एवं कुटनीतिक पहलमा विगतका वर्षहरुमा भन्दा अहिले इपिएस मार्फत लैजाने कामदार कोटा बृद्धि गर्न सफल भएको छ । कामदार कोटा संख्या बृद्धि गर्ने क्रममा आफु पुगेको बेलामा भन्दा अहिले दुतावास करिब दोब्बर संख्या बढाउन सफल भएको छ । यहाँबाट कोरिया पुगेका कामदारलाई आइपर्ने हरेक समस्यामा दुतावासले सहयोग पु¥याउँदै आएको छ । जसका कारण अहिले  यस दुतावासको भूमिका कामदारको हकहित एवं सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउने कार्यमा निकै महत्वपूर्ण छ ।
त्यसो भए कस्ता खालका कामदारले दुःख पाउँछन त कोरियामा ?
– बैबाहिक सम्बन्धका आधारमा विवाह भिषामा गएका कामदार र एउटा कम्पनीमा काम गर्छु भनेर अकै ठाउँमा अवैध रुपमा लुकेर बस्ने कामदारले निकै दुःख पाईरहेका छन । अहिले कोरियामा सबैभन्दा धेरै दुःख पाउने कामदारहरुमा यहाँबाट जाने बेलामा आफ्नो घरको सामान्य काम पनि नगरि हल्लिएर त्यसै बरालिएर हिँड्ने युवाहरु रहेका छन । उनीहरुका घर परिवारले पनि कुनै शीप नभएकालाई पनि न्युनतम १ लाख रुपैयाँ कमाई हुन्छ भनेर पठाउने गरेका कारण त्यस्ता खालका कामदारले कोरियामा नमजासँग दुःख पाईरहेका छन।
अहिले कोरियामा कार्यरत कामदारले ज्यान गुमाउने क्रम बढेको भनिन्छ नि हो ?
– हो अहिले कोरियामा कार्यरत नेपाली कामदारले ज्यान गुमाउने क्रम केही बढेकै हो । सन् २००७ मा ईपीएस सुरु भएपछि अहिलेसम्म दÔिण कोरियामा मर्ने नेपाली कामदारको संख्या ५७ जना पुगेको छ । यसरी मर्ने नेपालीमध्ये धेरैले आत्महत्या गर्ने गरेका छन् भने केहीको मृत्यु रहस्यमय नै बन्ने गरेको छ । खानपानको समस्या, साँस्कृतिक विभेद, नया“ परिवेश र कठिन कामका कारण धेरै नेपालीले ज्यान गुमाउनु परेको अवस्था छ । यहाँ मासु नखाने मान्छेलाई सिधै गाई, गोरुको मासु खान निकै असजिलो हुन्छ।  यसैगरि, यहाँ प्रेममा बाँधिकाएका एवं भर्खरै बिबाह भएका युवा कोरिया पुगेर काम गर्दा यहाँको मायाँ सहन नसकेर डिप्रेसन भई आत्महत्या गर्ने अवस्थामा समेत पुग्ने गरेका छन । अहिले यहाँबाट काम गर्न जाने नेपालीको मृत्युप्रति दÔिण कोरिया सरकार पनि संवेदनशील रहेको र समस्या पहिचान र निवारणका लागि हामीहरु पनि निकै प्रयत्नशील छौं ।
कामदार समस्यामा पर्ने कारण के हो?
– कामदार समस्यामा पर्ने मुख्य कारण एउटा कम्पनीमा काम गर्छु भनेर अकै ठाउँमा अवैध रुपमा लुकेर बस्ने प्रवृति र सम्झौता अनुसार काम गर्न नसक्नु नै हो । कोरियाली रोजगारदाता कम्पनीका मालिकले सम्झौतामा सहमती जनाए अनुसारको काम खोज्छ । उसले सकेसम्म बढी काम गर्न सक्ने बलियो र शारिरिक अवस्था एकदमै तन्दुरुस्त भएको व्यत्ति मन पराउँछ । तर, यहाँबाट गएका कामदारहरुमा उसले खोजेको जस्तो काम हुँदैन । त्यसैले कामदार समस्यामा परेका हुनसक्छन ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete