Sunday, March 30, 2014

बस्नेत नेतृत्वकै कार्यसमितिले ३ महिनाभित्र निर्वाचन गराउने सहमती,चेम्बरको बिबाद मिल्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ११ चैत
निजी क्षेत्रकै पुरानो व्यवसायिक संगठन नेपाल चेम्बर अफ कमर्सको एक बर्È देखिको बिवाद बल्ल मिलेको छ । वर्तमान अध्यक्ष सुरेश कुमार बस्नेत नेतृत्वकै कार्यसमितिले आगामी निर्वाचन सम्पन्न गराउने व्यवसायीबीचको सहमती भएपछि अहिले चेम्बरको पुरानो बिबाद मिलेको हो । मंगलबार चेम्बर भवनमा सम्पन्न व्यवसायीक छलफल पछि आधिकारिक रुपमा सो बिबाद मिलेको हो । व्यवसायीबीचको सदस्यता वितरण सम्बन्धी चरम बिबादका कारण गत २५ र २६ चैतमा हुन नसकेर रोकिएको निर्वाचन र चेम्बरको ६० औं वार्षिक साधारणसभा बस्नेत नेतृत्वको पुरानै कार्य समितिले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने सहमती भएको छ । व्यवसायीक छलफल पछि अध्यक्ष बस्नेतले अहिले चेम्बरको विगत एक वर्षदेखिको सबै बिबाद टुंगिएको बताए ।  उनले गत २६ चैतबाटै निष्कृय रहेको यस  कार्यसमितिले बुधबार देखि नै आगामी निर्वाचनको तयारी लगायत अन्य गतिविधिमा निरन्तरता दिने बताए ।
उनले अहिले चेम्बर पदाधिकारीबीच भएको विगतका मतभेद र बिबाद अन्त्य भई सबै व्यवसायी मिलेको प्रष्ट्र पारे । उनले आगामी ३ महिनाभित्र वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनकालागि निर्वाचन सम्पन्न गर्न व्यवसायीले दिएको जिम्मेवारी समयमै पुरा गर्ने प्रतिवद्धता समेत जनाए । विगत एक वर्षदेखि सबै काम अवरुद्ध भएको यस संस्थालाई पहिलेकै अवस्थामा पुनः सक्रिय बनाउन पुनरावेदन अदालतमा परेको मुद्दा पनि फिर्ता भईसकेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले भने, ‘ अब व्यवसायीबीच सदस्यता वितरण सम्बन्धी पुरानो बिबाद पनि रहने छैन’ । उनले अहिले अदालतबाट मुद्दा फिर्ता भई रिट हाल्ने पक्षसँग पनि मिलापत्र भईसकेको जानकारी गराए ।     वर्तमान अध्यÔ बस्नेतको दोहो¥याउने चाहना र उपाध्यÔ लोकमान्य गोल्छा, महासचिव कमलेशकुमार अग्रवाल लगायत अधिकाँश पदाधिकारी नया“ नेतृत्वको पÔमा हु“दा चेम्बर एक बर्Èदेखि निष्कृय थियो । चेम्बरको विद्यान अनुसार बस्नेत नेतृत्वको २ वर्षे कार्यकाल गत २६ चैतमा सकिएपछि ६ दशक लामो इतिहास बोकेको चेम्वर अफ कमर्स कार्यसमिति बिहिन जस्तै भएको थियो ।अहिले अदालतमा पुगेको मुद्दा दुई पÔको सहमतिले फिर्ता लिइएइको छ । यस सहमति अनुसार बस्नेत नेतृत्वकै पुरानो कार्य समितिले जतिसक्दो छिटो निर्वाचन गराएर नया“ कार्यसमितिलाई चेम्बरको जिम्मेवारी हस्तान्तरण गर्ने छन् ।
सो विवाद मिलाउन निवर्तमान अध्यÔ सुरेन्द्रवीर मालाकार तथा नया“ कार्यकालका लागि अध्यÔका आकांÔी एवं पूर्व अध्यÔ राजेशकाजी श्रेष्ठ सक्रिय थिए । व्यवसायीबीच भएको सहमती बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने पूर्व अध्यक्ष श्रेष्ठ सहभागी थिएनन् ।निवर्तमान अध्यÔ मालाकारले तीन महिना भित्र बस्नेत नेतृत्वको कार्य समितिले साधारण सभा सम्पन्न गर्ने सहमती सहित पुरानो बिबाद टंगिएको बताए ।उनले अध्यÔ बस्नेतले आगामी सोमबारसम्ममा कार्य समिति वैठक बोलाएर गत वर्Èको वित्तिय विवरण पारित गर्ने र जति सक्दो छिटो साधारणसभाको मिति तोक्ने बताए । गत बर्È श्रेष्ठलाई अध्यÔ बनाउन उपाध्यÔ गोल्छा, महासचिव अग्रवाल, कोÈाध्यÔ राजेन्द्र अर्याल, निवर्तमान अध्यÔ मालाकार लगायत दुई तिहाई कार्य समिति सदस्य सहमत भएका थिए । तर, पर्शुराम दाहाल, सन्तोÈ पाण्डे लगायत सदस्यको वलमा वस्नेतले दोहोरिने इच्छा व्यक्त गरेका थिए । उनले कार्य समिति सदस्य निर्वाचनमा विजयी हुन ठुलो संख्यामा नया“ सदस्यताका लागि आवेदन दिलाएको र अध्यÔ पÔले म्याद सकिए पछि सदस्यता दावी गरेको भन्दै उपाध्यÔ लगायत वहुमतले सदस्य स्वीकार्न तयार भएका थिएनन् । त्यसबेला नया“ सदस्यमा आवेदन दिन अन्तिम म्याद तोकिएको २०६९ साल ४ चैतमा  सा“झ साढे ५ बजेपछि ठमेल, बौद्ध लगायतका स्थानबाट धेरै आवेदन बुझाएको उनीहरुको दाबी थियो । त्यसबाट असन्तुष्ट भएर वस्नेत पÔले चेम्बर भवनमा लगाएको ताला २२ दिन पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रोहवरमा तोडिएको थियो ।अध्यÔको असहमतिविच गत बर्È २५ चैतमा ६० औं साधारणसभा र २६ चैतमा नयाँ नेतृत्व चयनको निर्वाचन मिति तोकेर ५ चैतमा महासचिव अग्रवालले सूचना पनि प्रकाशित गरेका थिए । तर, सूचना कानुन सम्मत नभएको तथा आफनो स्वीकृती नरहेको भन्दै अध्यÔ वस्नेतले विज्ञप्ति निकालेर साधारणसभा स्थगित भएको घोÈणा गरेका थिए । चेम्बर विधानअनुसार साधारणसभामा कार्य समिति सदस्यको मात्र चुनाव हुन्छ ।  एक वर्षदेखिको कार्यसमिति विवादका कारण चेम्बरले एक बर्Èमा महत्वपुर्ण अवसरहरु समेत गुमाउनु पर्यो । नेपाल सरकारले वितरण गरेको महत्वपुर्ण व्यवसायीक व्यत्ति सम्मान (सिआईपी) प्राप्त गर्ने संस्थामा चेम्बर छनौट भए पनि विवादका कारण वितरण हुन सकेन । यसैगरि, अन्य विभिन्न राष्ट्रिय महत्वका कार्यक्रममा समेत चेम्बर छुट्टै आएको थियो । नेपाल चेम्वर उद्योग वाणिज्य महासंघ पछिको सबैभन्दा शत्तिशाली र सम्पन्न  व्यवसायिक संस्था हो । चेम्वरमा करिब ५० जना कर्मचारी छन् भने वार्Èिक डेढ करोड रुपैया“ आम्दानी गर्दछ । २००९ सालमा स्थापना भएको निजी क्षेत्रको पुरानो संस्था  चेम्बरको प्रचलित विधान अनुसार कार्यसमितिको कार्यकाल २ वर्षको हुने, हरेक वर्ष चैत मसान्त भित्र वार्षिक साधारण सभा हुनुपर्ने र सो नभएमा कार्यसमिति स्वतः भंग भई चेम्बरको वैतनिक कार्यालय प्रमुखले दैनिक कार्य संचालनको जिम्मा लिई ३५ दिन भित्र साधारण सभा बोलाई कार्यसमितिको निर्वाचन गर्नु पर्ने प्रावधान रहेको छ ।  सो प्रावधान अनुसार चेम्बर सचिवालयका कर्मचारीले त्यसबेला ३५ दिनभित्र निर्वाचन गर्न नसकेका कारण अब बस्नेत नेतृत्वको कार्यसमितिले सो निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको हो । चेम्बरको वर्तमान कार्यसमितिको निर्वाचन गत २०६७ साल ३० चैतमा भएदेखि अहिलेसम्म निर्वाचन हुन सकेको छैन । २००९ साल २७ असोजमा उद्योग विभागमा दर्ता भएको चेम्बर अफ कमर्स मुलुककै उद्योग वाणिज्य क्षेत्रको पहिलो संस्था हो । चेम्बरको विधानमा विभिन्न पटक समयानुकूल संशोधन हुँदै आएको छ । पछिल्लो पटक २०६५ सालमा सम्पन्न चेम्बरको वार्षिक साधारण सभाले गरेको संशोधनलाई गत २३ कार्तिकमा स्वीकृति प्राप्त भएको थियो 

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete