Saturday, March 15, 2014

¥याडिसन होटलले खोल्यो सुविधा सम्पन्न स्पा

काठमाडौं,३० फागुन – पा“चतारे होटल ¥याडिसनले काठमाडौंमा करिब ३ करोड लगानीमा सुविधा सम्पन्न स्पा सुरु गरेको छ । बिहीबारदेखि सञ्चालनमा आएको स्पामा परम्परागत शैलीको अनुभव लिन सकिने बताइएको छ । ६ हजार ३ सय वर्गफिटमा फैलिएको यो स्पा नेपालकै ठूलो एवं सुविधासम्पन्न स्पा सेन्टर

भएको सो होटलको दाबी छ । ¥याडिसन होटल स्थित ट्र्याङकुलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरीले स्पामा परम्परागत स्विडिस मसाज, पर्वतारोहीका लागि मसाज, डिप टिस्यु मसाज, हट स्टोन मसाज, योगा, पिसु, शिरोधारा, आयुर्वेद, रिङ्खलेक्सोलोजी, स्टिम, साउना, जेसुजीलगायतको सुविधा उपलब्ध भएको जानकारी दिए । उनले यी सबै सुविधा
पा“चतारे होटलको मापदण्डअनुरूप रहेको बताए । स्पामा प्रयोग हुने तेल तथा प्रशोधन शुद्ध र पोÈिलो स्रोतको रहेको दाबी गरे । पुरीका अनुसार मसाजसँगै फेसियल, बडी ट्रिटमेन्ट, नङ, कपाल आदिको स्याहार पनि प्याकेजमा छ । मानसिक र शारीरिक तन्दुरुस्तीका लागि सहरी भेगका मान्छेमा स्पा जाने संस्कार सुरु भएकाले आफूहरूले सोही चाहना पूरा गर्न पहिलो पटक यति ठूलो लगानीमा सञ्चालनमा ल्याएको बताए । 

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete