Sunday, March 30, 2014

वैदेशिक रोजगार विभागका निर्देशक सहित ९ कर्मचारी अख्तियारको हिरासतमा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ५ चैत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीका लागि दुवई र कतार जाने युवाहरुबाट गैरकानुनी कागजातको आधारमा श्रम स्वीकृति दिएको अभियोगमा वैदेशिक रोजगार विभागका निर्देशक सहित ९ जना कर्मचारीलाई पक्राउ गरि हिरासतमा लिएको छ। गलत कागजपत्रलाई आधार मानेर अन्तिम श्रम स्वीकृति दिएको आरोपमा समातिएका उनीहरुलाई बुधबार अख्तियारबाट प्रहरीसहित विभागको कार्यालय पुगेको अनुगमन टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरु कुमारप्रसाद पोखरेल, गम्भीरसिंह विष्ट, लवराज जोशी, बाबुलाल रेग्मी रहेका छन । यसैगरी, नायब सुब्बाहरु भीमबहादुर बस्नेत र लक्ष्मीप्रसाद ढुंगाना छन । त्यसैगरि, कम्प्युटर अपरेटरद्धोय सञ्जीव नेपाल र सुशील शाक्य छन्।
उनीहरुलाई गत २८ पुस र ३ माघमा कतार र दुवई जाने १ सय ७२ जना युवाहरुलाई गलत कागजातको आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको अभियोगमा पक्राउ गरि हिरासतमा राखेको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले हिरासतमा लिएका विभागका निर्देशक अधिकारीसहित अन्य कर्मचारीलाई टंगालस्थित अख्तियारको हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिए । प्रवक्ता सापकोटाले कतार र दुबईमा कामदार पठाउ“दा प्रक्रिया नपुगेका कागजपत्रलाई मान्यता दिएकाले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । अख्तियारका अनुसार विभागका कर्मचारीहरुले गत २८ पुसमा कतारका लागि १ सय ९ जनालाई र ३ माघमा दुबईका लागि ६३ जनाको अन्तिम श्रम स्वीकृति दि“दा अनियमितता गरेको आरोप छ । अवैध ढंगले सेटिङ मिलाएर गलत कागजातको आधारमा श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारको हिरासतमा रहेका विभागका शाखाअधिकृत पोखरेल सुनसरी बलाहका नेपाली काग्रेस समर्थित कर्मचारी हुन ।  यसैगरि डडेलधुराका गम्भीरसिंह विष्ट र स्याङजाका बाबुलाल रेग्मी पनि काँग्रेस समर्थित हुन भने बाजुराका लवराज जोशी माओवादी निकट कर्मचारी भएको विभाग स्रोतले जनाएको छ । नायब सुब्बा भीमबहादुर बस्नेत कर्मचारी युनियनका केन्द्रिय सदस्य हुन । वैदेशिक रोजगारीमा जाने कामदारलाई अवैध रुपमा श्रम स्वीकृती प्रदान गरेको भन्दै अख्तियारले विगत केही महिनादेखि नै विभागका कर्मचारीमाथी निगरानी राख्दै आएको थियो । यसअघि पनि गत कात्तिकमा विभाग र अध्यागमनका कर्मचारी एवं केही म्यानपावर कम्पनी संचालकको मिलेमतोमा सेटिङ मिलाएर अनियमित ढंगले श्रम स्वीकृती प्रदान गरेको पाएपछि अख्तियारले वैदेशिक रोजगार विभाग र अध्यागमनका ६४ भन्दा वढीलार्ई नियन्त्रणमा लिएको थियो । यसअघि गत मंसिरमा पनि अख्तियारले वैदेशिक रोजगारीमा जाने कामदारलाई झुक्याई अनावस्यक सास्ती दिएको अभियोगमा विभागलका निर्देशक रमेश मैनाली सहित एकै पटक ६४ जनालाई प्रकाउ गरि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसबेला पनि विभागका निर्देशक मैनाली सहित ४५ जना विभिन्न पदका कर्मचारी, ७ जना वैदेशिक रोजगार व्यवसायी र १२ जना बिचौलियालाई समातेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete