Sunday, March 30, 2014

निगमको आन्तरिक उडान आजबाट, ठुलो जहाजपनि हङकङबाट काठमाडौ आइपुग्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,१० चैत
नेपाल वायुसेवा निगमले आज ( मंगलबार) बाट पुनः आन्तरिक उडान सुचारु गर्ने भएको छ । गत २३ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोटाङको लामिडा“डाका लागि उडेको ९ एन–एबियु कलसाइनको ट्वीनअटर जहाजको दाया“ इन्जिन विग्रिएर ग्राउन्डेड भएको जहाजमा अर्कै विमानको इन्जिन परिवर्तन गरेर पुनः उडान सुचारु गर्न लागेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रामहरी शर्माले १७ दिनदेखि विमानस्थलमा ग्राउन्डेड अवस्थामा रहेको जहाजमा अहिले याहीँको अर्कै एयरको इन्जिन भाडामा लिएर नियमित उडान सञ्चालन गर्न लागेको बताए । सोमबार अर्कै एयरको नयाँ इन्जिन फेरेर केही समय राजधानीको आकासमा सफल परिक्षण उडान गरेको जानकारी दिँदै उनले निगमको आन्तरिक उडान मंगलबारबाट पुनः सुचारु हुने बताए । उनले अहिलेसम्म आन्तरिक उडान बन्द हुँदा निगमले करिब ६ लाख रुपैयाँ आम्दानी गुमाउनुपरेको बताए ।  कुनै समय आन्तरिक तर्फ १० ओटा ट्वीनअटर जहाज उडाएको मुलुकको राष्ट्रिय ध्वजाबहाक निगम केही समय जहाज बिहिन भएकाले यतिधेरै आम्दानी गुमाउनुपरेको बताउँदै शर्माले भने, ‘ केही समयअघि विग्रिएको अन्तर्राष्ट्रिय उडानमा सञ्चालित ठुलो जहाज पनि मर्मत सकेर सोमबार हङकङबाट काठमाडौ आएको छ’ ।
आन्तरिक उडान सञ्चालनका क्रममा विभिन्न समयमा एकपछि अर्को गर्दै लगातार दुर्घटनाको श्रृंखला बढेपछि गत २३ फागुनबाट निगम जहाजबिहीन बन्न पुगेको थियो ।
निगमको आन्तरिक तर्फको नियमित उडानमा सञ्चालित एक मात्र ट्विनअटर जहाज गत २३ फागुनमा इन्जिनमा खराबी भएर ग्राउन्डेट भएको थियो । त्यसैबेलादेखि  निगमले आन्तरिक तर्फका सबै उडान स्थगित गरिएको जानकारी गराएको थियो ।  प्रवक्ता शर्माले नेपालमा जहाजको इन्जिन मर्मत गर्ने सुविधा नभएकाले विदेशमा लगेर मर्मत गर्न समय लाग्ने भएका अहिले अर्कै एइरलाईन्सको जहाजको इन्जिन केही समयकालागि भाडामा लिएर नियमित उडान सुचारु गरेको बताए । निगमसँग भएका १० ओटा ट्वीनअटर मध्ये गत ४ फागुनमा एउटा दुर्घटनामा परेपछि निगमसँग अहिले एउटा जहाज मात्र बाँकी छ । काठमाडौबाट पोखरा हुँदै जुम्लातर्फ उडेको ९एन एबीबी कलसाइनको ट्वीनअटर विमान ४ फागुनमा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलका तीन सदस्य र १५ यात्रु सहित विमानमा सवार १८ जनाकै ज्यान गएको थियो । जसका कारण निगमले त्यसैबेला देखि नै आफ्नो २२ गन्तब्यको उडान सेवा आधा भन्दाबढी घटाएर जम्मा १० ओटा गन्तब्यमा मात्र सिमित राखेको थियो ।  अर्कै इन्जिन हालेर सोमबार परिक्षण उडान गरि नियमित उडान पुनः सुचारु भएको यो जहाज सन् १९८४ मा ल्याईएको हो । अर्को एउटा ९एन एबिएम कलसाइनको जहाज निगमले डेढ वर्ष अघिदेखि तारा एयरलाई १० वर्Èका लागि भाडामा दिएको छ । उडान सञ्चालनमा आवस्यक सबै मर्मत खर्च कटाएर मासिक १२ हजार अमेरिकी डलर निगमलाई बुझाउने सर्तमा ताराले सो जहाज भाडामा लिएको हो ।
सुरुमा निगमसँग भएका १० ओटा ट्वीनअटर जहाजमध्ये ६ ओटा जहाज विभिन्न समय दुर्घटना भई नष्ट भइसकेका छन् भने दुईओटा लामो समयदेखि ग्राउन्डेड अवस्थामा विमानस्थलमा थन्किएका छन् । ग्राउन्डेड अवस्थामा रहेका ९एन एबिटी र ९एन एबिएक्स कलसाइनको ट्वीनअटर जहाजको इन्जिन साट्नुपर्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएको निगमले जनाएको छ । 

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete