Sunday, March 30, 2014

पाटा नेपाल च्याप्टर मस्को पर्यटन प्रदर्शनीमा सहभागी

राजधानी समाचारदाता
काठमाडौं, ११ चैत
नेपाल पर्यटन बोर्डको सहकार्यमा पाटा नेपाल च्याप्टर मस्को इन्टरनेशनल ट्राभल एन्ड टुरिजम प्रदर्शनीमा सहभागि भएको छ । रसियाकै एक प्रमुख पर्यटन प्रदर्शनीमा एक सय ९८ गन्तव्यका एक हजार आठ य कम्पनी सहभागि थिए । सन् १९९४ यता वर्Èेनी आयोजना हुने प्रदर्शनी यसपालि ८० हजार भन्दा बढिले अवलोकन गरेका थिए । उनीहरु मध्ये ३० प्रतिशत अवलोकनकर्ता पर्यटकीय गन्तव्य बारे जानकारी लिने व्यवसायीहरु रहेको जनाइएको छ । उनीहरु माझ नेपालको प्रस्तुतीले पर्यटन आगमन बृद्धिको अपेÔा लिएको पाटा नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालबाट च्याप्टर अध्यÔ सुमन पाण्डेको नेतृत्वमा पर्यटन बोर्डका अधिकारी र सात निजी कम्पनीका प्रतिनिधी सहभागि थिए । आर्या भिलेज ट्राभल प्रालि, एड्भेन्चर आउटडोर ट्रेक्स एन्ड एक्सपिडिसन, एक्सप्लोर हिमालय ट्राभल एन्ड एड्भेन्चर, हिमालयन ग्लेसियर ट्रेकिङ प्रालि, हिमालयन होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि, टाइगरल्यान्ड सफारी रिसोर्ट प्रालि र यती टुर्स प्रालिका प्रतिनिधीले नेपालका बिभिन्न पदयात्रा गन्तव्य बारे जानकारी गराएका थिए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete