Saturday, May 10, 2014

निगमको नयाँ जहाजले १ जेठबाट व्यवसायीक उडान थाल्ने , निजीको भन्दा प्रवद्र्धनात्मक भाडा आधा सस्तो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १५ बैशाख
आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराईएको नेपाल वायु सेवा निगमको ५६ सिट Ôमताको ‘एमए–६०’ नया“ जहाजले आगामी १ जेठबाट व्यवसायिक उडान थाल्ने भएको छ । निगमले यस नयाँ जहाजबाट पहिलो चरणमा काठमाडौबाट भैरहवा, भद्रपुर, विराटनगर र धनगढीमा उडान भर्नेछ । निगमले सोमवार नया“ विमानबाट उडान तालिका र प्रवद्र्धनात्मक भाडा समेत सार्वजनिक गरेको छ । ५६ सिट Ôमताको एमए–६० ले काठमाडौंबाट विराटनगरमा दैनिक उडान भर्ने छ । त्यसैगरी भद्रपुरमा साताको तीन दिन, भैरहवामा तीन दिन र धनगढीमा साताको दुई दिन उडान भर्ने गरी तालिका सार्वजनिक गरेको छ । 
निगमले भद्रपुरको एकतर्फी चार हजार १ सय ३० रुपैयाँ , भैरहवाकालागि ३ हजार १ सय ४५ रुपैयाँ,विराटनगरकालागि ३ हजार ५ सय ५ र धनगढीकालागि ५ हजार ७ सय ४० भाडा तोकेको छ । यो आन्तरिक उडान गरिरहेका दुई ठूला कम्पनी बुद्ध र यती एयरलाइन्सको भन्दा निकै सस्तो भाडादर हो । अहिले यती एयरलाइन्सले काठमाडौंबाट भैरहवाको ६ हजार २ सय, विराटनगरकालागि ७ हजार ७५, भद्रपुरको ८ हजार १ सय ६५ र धनगढीको ११ हजार ७ सय ९५ रुपैया“ भाडा तोकेको छ । निगमले थप एउटा एम ६० र ४ ओटा साना विमान पनि छिट्टै ल्याउ“दै छ । सबै जहाज आएपछि निगमले आन्तरिक उडान सेवा देशभर विस्तार गर्ने बताएको छ । निगमले सोमबार सार्वजनिक गरेको यस नयाँ जहाज एमएस ६० को प्रवद्र्र्धनात्मक भाडा दर  निजी Ôेत्रद्धारा  सञ्चालित विभिन्न विमान कम्पनीहरुको तुलनामा करिब आधा सस्तो छ ।  निगमले नया“ जहाजलाई सुगम गन्तव्यहरु धनगढी, भैरहवा, काठमाडौं, विराटनगर र भद्रपुरमा उडाउने बताएको छ ।
 
चीनद्धारा निगमलाई जहाज हस्तान्तरण
काठमाडौ÷रास–चीन सरकारले नेपाल वायुसेवा निगमलाई अनुदानमा उपलब्ध गराएको ५६ सिट क्षमताको एमए–६० जहाज हस्तान्तरण गरेको छ । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चीनले सो जहाज हस्तान्तरण गरेको हो । जहाज हस्तान्तरण पत्रमा निगमका तर्फबाट प्रवन्ध निर्देशक मदन खरेल र चीनको तर्फबाट सिभिल एयरक्राङ्खट मार्केटिङ एन्ड सेल्स डिभिजनका प्रेसिडेन्ट सुबोले संयुक्त रुपमा हस्ताÔर गरेका हुन । चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेस्नल होल्डिङले नै आइतबार नेपाल ल्याईपु¥याएको एमए–६० जहाजलाई अमेरिकी पाइलटले विमानस्थलमा अवतरण गराएका थिए । नयाँ जहाज हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले धेरै समयको धैर्यतापछि ल्याईएको यस नयाँ जहाजलाई व्यवस्थित रुपमा व्यवसायीक उडान सञ्चालन गरि नाफामुलक ढंगले चलाउन निगमलाई सुझाव दिए । उनले निगमका कर्मचारीहरुलाई पनि अहिलेको कार्यशैलीमा भन्दा धेरै परिवर्तन गर्न निर्देशन दिए ।
नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले नेपालसँगको सम्बन्धलाई थप सुमधुर पार्न उपलब्ध गराएको यस नयाँ जहाजबाट यहाँको हवाई सेवा विस्तारमा निकै सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले चीनले उपलब्ध गराएको यस जहाजलाई राम्रोसँग सञ्चालन गरेको खण्डमा चीनबाट आगामी दिनमा पनि यस्तै सहयोग हुने बताए । चीनले दिएको यो जहाजबाट राम्रो व्यवसायीक उडान गर्न निगमलाई सुझाव दिँदै उनले अब नयाँ सरकारको नेतृत्वमा नेपालमा शान्ति र आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको बताए । 
सो कार्यक्रममा चिनिया जहाज निर्माता कम्पनी एभिक होल्डीङ इन्टरनेशनका अध्यÔ यु ग्वाङ क्वान लगायतका नेपाली तथा चिनिया उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । आफ्नो जहाज हस्तान्तरण गर्न चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डीङ इन्टरनेशनलका अध्यÔ यु ग्वाङ क्वान गत शनिबार नै नेपाल आइसकेका थिए । निगमले नया“ जहाजलाई आगामी १ जेठ देखि व्यवसायीक रुपमा उडाउने जानकारी दिएको  छ । निगमले सोमबार नया“ जहाजको प्रवद्धनात्मक भाडादर र उडान तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । नेपाल र चीनबीच भएको नयाँ जहाज खरिद–बिक्रि सम्झौताअनुसार ५६ सिट Ôमताको एमए–६० मोडलका दुई र १९ सिटे ‘वाई१२–ई’ मोडेलका ४ ओटा जहाज उपलब्ध हुने छन् । तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान एवं एउटा एमए–६० र तीनओटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिने निगमले जनाएको छ ।

No comments:

Post a Comment