Saturday, May 10, 2014

नाट्टाद्धारा विमानस्थल विकास करका नाममा उठाईने शुल्कको विरोध

काठमाडौ÷रास– नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) ले नेपाल नागरिक उड्डयन प्राधिकरले निजी क्षेत्रका पर्यटन व्यवसायीहरुसँग कुनै सल्लाह, सुझाव एवं विचार विमर्श नै नगरि एकतर्फी रुपमा विमानस्थल विकास करका नाममा हवाई यात्रुमाथि थप १ हजार १ सय ३० रुपैयाँ कर उठाउने निणर्य गरेको भन्दै सो निणर्यप्रति असन्तुष्टी जनाएको छ । सोमबार नाट्टाका महासचिव मिहिका धाख्वाद्धारा जारी सो विज्ञप्तिमा विमानस्थल जस्तो संवेदनशिल क्षेत्रबाट हवाई यात्रा गर्नेहरुलाई सकेसम्म निशुल्क सेवा उपलब्ध गराउँनुको साटो हवाई यात्रुसँग थप कर लिने कार्य मुलुकको पर्यटन क्षेत्रकालागि राम्रो नभएको भन्दै प्राधिकरणलाई सो निणर्य फिर्ता लिन समेत माग गरेको छ । सो विज्ञप्ति मार्फत नाट्टाले प्राधिकरणले आफ्नो श्रोत संकलन गर्ने कार्यको जिम्मा प्रत्यक्ष रुपमा हवाई टिकटिङ सम्बन्धी काम गर्दै आएका ट्राभल कम्पनीहरुलाई थोपरेको भन्दै यस्तो बिरोध गरेको हो । उसले अहिले प्राधिकरणले हवाई यात्रुलाई बढी पैसा लिएर पनि कुनै सेवा शुल्क लिने अधिकारबाट बन्चित गरेकाले सो निणर्य फिर्ता लिन समेग माग गरेको छ । प्राधिकरणले गत १९ बैशाखमा त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल सुधारका लागि एसियाली विकास बैंक (एडिबी) सहित विभिन्न दातृ निकायस“ग लिएको अर्बौं ऋणको सा“वा र ब्याज चुक्ता गर्न सरकारले हवाई यात्रुस“ग नया“ कर असुल्ने निर्णय गरेको थियो । मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि लिइएको ऋणको सा“वा–ब्याज भुक्तानी गर्न हवाई यात्रुस“ग छुट्टै कर उठाउन गरिएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि आगामी आथिर्क वर्È २०७१÷७२ बाट असुली सुरु हुने बताईएको छ । सो निणर्यमा प्राधिकरणले ‘विमानस्थल विकास शुल्कको नाम दिएर आगामी १ साउनबाट अन्तर्राष्ट्रिय विमानस्थलाबट बाहिरिने हरेक विदेशी हवाई यात्रुस“ग थप सो रकम कर बावत असुल्न लागेको हो ।

No comments:

Post a Comment