Saturday, May 17, 2014

एमआरपी पासपोर्ट लिनुपर्ने म्याद आगामी डिसेम्वरसम्म थपियो

काठमाडांै, १ जेठ –श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृतिका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिनुपर्ने म्याद आगामी डिसेम्वर महिनासम्मको लागि थप गरेको छ । बिहिवार श्रम मन्त्रालयको सचिवस्तरिय वैठकले आगामी डिसेम्वर महिनासम्मको लागि म्याद थप गर्ने निर्णय गरेको हो । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र मन्त्रालय तथा बिभागका माथिल्ला कर्मचारीको वैठकले एमआरपीको म्याद थप गर्ने निर्णय भएको एक अधिकारीले बताए । सरकारले १ जेठदेखि पुरानो हस्तलिखित राहदानीवाहकलार्ई श्रम स्वीकृति नै नदिने गरी वैदेशिक रोजगार विभागले एमआरपी अनिवार्य गर्ने निर्णय गरेको थियो ।  भिषा भएका र श्रम स्वीकृति लिइसकेका कामदारहरुलाई मात्र म्याद थप भएको मन्त्रालयका एक अधिकारीले  राजधानीलाई जानकारी दिए ।  वैदेशिक रोजगार ब्यबसायीहरुको आग्रहमा मन्त्रालयले आगामी डिसेम्वर महिनादेखि मात्र श्रम मन्त्रालय आगामी  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ को नोभेम्बरपछि हस्तलिखित राहदानीलाई पूर्णरूपमा नै प्रतिबन्ध गर्ने भएपछि विदेश जाने कामदारले हस्तलिखित राहदानी लिइ श्रम स्वीकृति लिंदा एक वर्È नबित्दै पुनः अर्काे राहदानी परिवर्तन गर्नुपर्ने हु“दा एमआरपी अनिवार्य गरिएको थियो  ।
श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र विभागले मंगलबार नै सार्वजनिक सूचनामार्फत श्रम स्वीकृति प्राप्त गर्नका लागि अनिवार्य एमआरपीबाट मात्र कार्य सम्पादन गरिने जानकारी गराएको थियो । यसैगरी, विभागले पुनः श्रम स्वीकृतिका लागि एमआरपी लिने आवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपिसहितको निवेदन दिने कामदारहरूका लागि मात्र अब केही समयका लागि मात्र पुरानै हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृतिको काम गरिनेसमेत जानकारी गराएको छ । 

No comments:

Post a Comment