Saturday, May 31, 2014

व्यवसायीद्धारा बोर्ड बिरुद्धको आन्दोलन थप चर्काउने चेतावनी

काठमाडौ, ११ जेठ –नेपाल पर्यटन बोर्डको नेतृत्व बिरुद्ध खनिएका पर्यटन व्यवसायीहरुले बोर्ड बिरुद्धको आन्दोलन थप चर्काउने घोÈणा गरेका छन् । विगत २६ दिनदेखि आन्दोलनमा उत्रिदासमेत सरकारले व्यवसायीका माग सम्बोधन गर्न उदाशिन बनेको भन्दै उनीहरुले थप आन्दोलन चर्काउने चेतावनी  दिएका हुन् । संयुक्त पर्यटन समन्वय समितिले आइतबार पत्रकार सम्मेलन गरि आगामी एक साताको तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सरकार विरुद्ध थप संघर्È गर्ने घोÈणा गरेको हो । सरकारी उदाशिनताले व्यवसायीहरुलाई थप संगठित र जुझारु बन्ने वातावरण तय गरिदिएको बताउ“दै संघर्ष समितिले लक्ष्य प्राप्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको हो । समितिको नया“ घोÈित कार्यक्रमअनुसार व्यवसायीहरुले आइतबार पोष्टर तथा पम्प्लेटिङ र माइकिङ गर्ने, सोमबार विहान साढे ८ बजेदेखि ११ बजेसम्म राजधानीका विभिन्न स्थानमा मोटरसाइकल ¥याली आयोजना गर्ने रहेको छ। यसैगरि, मंगलबार साढे ८ बजेदेखि ११ बजेसम्म कार तथा जीप ¥याली, बुधबार टान दिवस, अन्तर्राष्ट्रिय  सगरमाथा दिवस र गणतन्त्र दिवस समन्वय गर्न तयारी गर्ने, बिहीबार टान दिवस, सगरमाथा दिवस र गणतन्त्र दिवसलाई आन्दोलनकै श्रृंखलाको रुपमा भव्य सहभागिताका साथ मनाउने बताईएको छ । यसैगरि आगामी शुक्रबार र शनिबार संविधानसभाका हरेक सदस्यहरु समÔ जेटीसीसीका मागहरु जानकारी गराउन र संसदसमÔ आङ्खना मागहरु सम्बन्धमा आवाज उठाउने वातावरण तय गर्न संविधान सभाहलहरुको ४ ओटै मूख्य गेटमा सभासदहरुलाई भेटी आफ्ना मागहरुतर्फ ध्यानाकर्Èण गर्ने कार्यक्रम तय  गरिएको जनाएको छ  । त्यसैगरि आगामी आइतबार संविधानसभा हलबाहिर पर्यटन Ôेत्रका बस, कार, जीप लगायतका सवारीसहित धर्नामा बसी संसद नै अवरुद्ध पार्ने सम्मको कार्यक्रम घोÈण गरिएको सो समितिका संयोजक रमेश धमलाले जानकारी दिए । उनले पर्यटन बोर्डमा भइरहेको २४ घण्टे रिलेअनसन यथावत रहने बताए । पर्यटन Ôेत्रस“ग आबद्ध विभिन्न संस्थामा रहेका व्यवसायीले गत १७ वैशाखेदेखि बोर्डभित्रको अनियमितता छानबिन गरिनुपर्ने, बोर्डलाई समयसापेÔ पुनःसंरचना गरिनुपर्ने, हालका कामु कार्यकारी प्रमुखलाई पदमुक्त गरिनुपर्ने लगायत माग राखी निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरुले गत १ जेठ देखि २४ घन्टे रिले अनशन गर्दै आएका छन् ।
सो कार्यक्रममा आन्दोलनका अगुवा एवं नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यÔ दीपक महतले अझै सरकारले आफ्ना  मागबारे  सम्बोधन नगरे नेपाल बन्द समेत गर्न पछि नहट्ने बताए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यप्रति पनि आक्रोसित हुँदै महतले भने, ‘ बिबेक हराएका पर्यटन मन्त्रीको अहिलेको कार्यशैलीले नै व्यवसायीलाई पर्यटन बोर्डबाट सडक र संसद संघर्षको आन्दोलनमा जान बाध्य गराएका हुन ’ । अब उनलाई पनि व्यवसायीले नछोड्ने चेतावनी दिए ।  २६ दिन आन्दोलन गरिसक्यौं । अर्को २६ दिन पनि गर्न तयार छौ“  भन्दै  उनले त्यतिन्जेलसम्म आन्दोलनको माग सुनुवाइ भएन   मुलुक बन्दको घोÈणा गर्न पछि नहट्ने चेतावनी दिए । उनले आइतबारसम्म व्यवसायीको यस मागप्रति विभिन्न ४५ भन्दा बढी संघसंस्थाले ऐक्यवद्धता जनाएको जानकारी दिए

No comments:

Post a Comment