Saturday, May 31, 2014

बोर्ड बिरुद्धको आन्दोलनमा उत्रिएका व्यवसायीद्धारा उपत्यका बन्द गर्ने चेतावनी

काठमाडौ, १४ जेठ –नेपाल पर्यटन बोर्डको नेतृत्व बिरुद्ध खनिएका पर्यटन व्यवसायीहरुले बोर्ड बिरुद्धको आन्दोलन थप चर्काउन आगामी आइतबार काठमाडौ, पोखरा र चितवन बन्द गर्ने चेतावनी दिएका छन ।  विगत २९ दिनदेखि आन्दोलनमा उत्रिदासमेत सरकारले व्यवसायीका माग सम्बोधन गर्न उदाशिन बनेको भन्दै उनीहरुले बुधबार पत्रकार सम्मेलन गरि आगामी आइतबार काठमाडौ, पोखरा र चितवन बन्द गर्ने चेतावनी दिएका हुन ।  संयुक्त पर्यटन समन्वय समितिले अगुवाई गरिरहेको पर्यटन बोर्ड नेतृत्व विरुद्धको आन्दोलन बिथोल्न मंगलबार भएको प्रहरी हस्तक्षेपका कारण बाध्य बस  काठमाडौ, पोखरा र चितवन बन्द गर्न लागेको उनीहरुको भनाई छ । यसैगरि उनीहरुले आगामी सोमबार, मंगलबार र बुधबार मुलुकभरका पर्यटनसँग सम्बन्धीत सम्पूर्ण सेवाहरु बन्द गर्ने समेत पत्रकारसम्मेलन मार्फत जानकारी गराएका छन । संयुक्त पर्यटन समन्वय समितिका संयोजक रमेश धमलाले यो आन्दोलन अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिमप्रसाद आचार्य र पर्यटन सचिव सुशिल घिमिरेले अहिले देखाएको क्रियाकलाप प्रति लक्षित भएको बताए । उनले  व्यवसायीहरुले बोर्ड बिरुद्धको आन्दोलन थप चर्काउन आगामी आइतबार काठमाडौ, पोखरा र चितवन बन्द गर्न लाएको जानकारी दिए ।  उनले  यस वर्षको बिहीबारको टान दिवस अन्तर्राष्ट्रिय सगरमाथा दिवस एवं गणतन्त्र दिवसका कार्यक्रमहरु प्नि आन्द्योलनकै शृंखलाको रुपमा भब्यताकासाथ मनाइने तयारी भएको बताए ।   अहिलेसम्मको सरकारी उदाशिनताले व्यवसायीहरुलाई थप संगठित र जुझारु बन्ने वातावरण बनाएको बताउ“दै उनले यस संघर्ष समितिले लक्ष्य प्राप्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । समितिको पूर्व घोषित  कार्यक्रम अनुसार आगामी शुक्रबार र शनिबार संविधानसभाका हरेक सदस्यहरु समÔ जेटीसीसीका मागहरु जानकारी गराउन र संसदसमÔ आङ्खना मागहरु सम्बन्धमा आवाज उठाउने वातावरण तय गर्न संविधान सभाहलहरुको ४ ओटै मूख्य गेटमा सभासदहरुलाई भेटी आफ्ना मागहरुतर्फ ध्यानाकर्Èण गर्ने कार्यक्रम तय  गरिएको छ  । उनले पर्यटन बोर्डमा भइरहेको २४ घण्टे रिलेअनसन यथावत रहने बताए । पर्यटन Ôेत्रस“ग आबद्ध विभिन्न संस्थामा रहेका व्यवसायीले गत १७ वैशाखेदेखि बोर्डभित्रको अनियमितता छानबिन गरिनुपर्ने, बोर्डलाई समयसापेÔ पुनःसंरचना गरिनुपर्ने, हालका कामु कार्यकारी प्रमुखलाई पदमुक्त गरिनुपर्ने लगायत माग राखी निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरुले गत १ जेठ देखि २४ घन्टे रिले अनशन गर्दै आएका छन् । सोही कार्यक्रममा आन्दोलनका अगुवा एवं नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यÔ दीपक महतले अझै सरकारले आफ्ना  मागबारे  सम्बोधन नगरे अबको आन्दोलन निकै सशक्त हुने चेतावनी दिए । पर्यटन मन्त्री आचार्यप्रति पनि आक्रोसित हुँदै महतले भने, ‘ बिबेक हराएका पर्यटन मन्त्रीको अहिलेको कार्यशैलीले नै व्यवसायीलाई पर्यटन बोर्डबाट सडक र संसद संघर्षको आन्दोलनमा जान बाध्य गराएका हुन ’ । अब उनलाई पनि व्यवसायीले नछोड्ने चेतावनी दिए ।

No comments:

Post a Comment