Saturday, May 17, 2014

पर्यटन व्यवसायीद्वारा पदयात्रा

काठमाडौँ, २५ बैशाख– पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डमा हुने आर्थिक अनियमितता छानबिनको माग गर्दै विहिवार पदयात्रा गरेका छन् । संयुक्त पर्यटन समन्वय समितिको आयोजनामा ठमेलबाट सुरु भएको सो यात्रा त्रिदेवीमार्ग, दरबारमार्ग, घन्टाघर, रत्नपार्क हुँदै भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आएर सभामा परिणत भएको थियो । सभामा बोर्डको कार्यकारी प्रमुखको अविलम्ब नियुक्ति र बोर्डमा भ्रष्टाचार गतिविधि रोक्नुपर्ने भन्दै पर्यटन क्षेत्रका विविध व्यवसायी तथा उनीहरूका सङ्घसंस्थाले आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए । समितिका संयोजक रमेश धमलाले पर्यटन व्यवसायको विकासमा निजी क्षेत्रलाई समुचित वातावरण निर्माण गर्न बोर्डमा कार्यकारी अधिकारसहितको प्रमुख नियुक्ति आवश्यक रहेको भन्दै सो संस्थामा आर्थिक पारदर्शिताको प्रश्न उठेकाले छानबिन गर्न माग गरे । पर्यटन व्यवसायमा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाको सहभागितामा सो समिति गठन गरी यही वैशाख १८ गतेदेखि सम्बन्धित व्यवसायीले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।

No comments:

Post a Comment