Saturday, May 31, 2014

सिल्क एयरका एजेण्ड सम्मानित

काठमाडौ÷रास–सिल्क एयर र त्यसको नेपाल जिएसए एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभलले सन् २०१३ का आफ्ना उत्कृष्ट ट्राभल एजेण्टहरुलाई सम्मान गरेको छ । कम्पनीले उत्कृष्ट ट्राभल एजेण्ट सुमेघ टुर्स एण्ड ट्राभल्स, मेगावाइट ट्राभल्स एण्ड टुर्स, ओशो वल्र्ड ट्राभल नेपाल, कुमारी टुर्स एण्ड ट्राभल, एस एक्सप्रेस ट्राभल सर्भिस र गोर्खा भिजन ट्राभल एण्ड टुर्सलाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट एजेण्टलाई सिल्क एयरका नेपाल स्टेशन म्यानेजर आरासु इत्तिकान, एभरेष्ट एक्सप्रेस टुर्स एण्ड ट्राभल्सका अध्यक्ष आरआर पाण्डे, प्रवन्ध निर्देशक सिएल पाण्डे तथा सिंगापुर एयलाइन्सका नर्दन इण्डियन सेल्स म्यानेजर शौरब कार्निकले अवार्ड हस्तान्त्रण गरे । सो कार्यक्रममा  उत्कृष्ट कार्गो एजेण्टका रुपमा लिजेन्ड कार्गो, साँग्रीला फ्रेट र युनिक फ्रेटलाई पनि अवार्ड प्रदान गरिएको थियो । सोही कार्यक्रममा कम्पनीका लागि २३ वर्षदेखि अनवरत सेवा गरिरहेका सिल्क एयर, सिंगापुर एयरलाइन्सको जिएसए सेल्स म्यानेजर सुधिर पाण्डेलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सिंगापुर एयलाइन्सको भातृ संगठन सिल्क एयरले काठमाडौं–सिंगापुर रुटमा साताका ४ उडान भरिरहेको छ । कम्पनीले सेप्टेम्वर महिनाबाट उडान संख्या वृद्धि गरी साताको पाँच पुर्याउँने बताएको छ ।  विगत ७ वर्षदेखि नेपालमा उडान गरिरहेको सिल्क एयरले विमानको संख्या थपिएपछि दैनिक उडान गर्ने योजना बनाएको छ । स्थापनाको २५ औं वार्षिकोत्सव मनाइरहेको सिल्क एयरले १२ देशका ४५ स्थानमा साताका साढे ३ सय उडान गर्दै आएको जनाएको छ । २४ विमानबाट उडान गरिरहेको सिल्क एयरले ६८ ओटा विमान अर्डर गरेको बताएको छ ।

No comments:

Post a Comment