Saturday, May 17, 2014

पुरानै मापदण्ड कायम गराउन क्रसर उद्योगी आन्दोलित

मोरङ, ३१ वैशाख –पुरानै मापदण्डअनुसार क्रसर उद्योग सञ्चालन गर्न पाउनुपर्ने भन्दै मोरङका क्रसर उद्योगीहरूले आन्दोलन सुरु गरेका छन् । बुधबार विराटनगरमा विरोध प्रदर्शन गरेका उनीहरूले पत्रकार सम्मेलन गर्दै आन्दोलित हुन बाध्य पारिएको दाबी गरे । कार्यक्रममा नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष उमेश शेरचनले सरकारले निर्धारण गरेको मापदण्डअनुसार क्रसर उद्योगहरू सञ्चालन हुन नसक्ने बताए । उनले भने, ‘अहिले सरकारले ल्याएको नियम मानेर जाने हो भने क्रसर व्यवसाय सञ्चालनका लागि कुनै स्थान उपयुक्त हुँदैन ।’ सरकारले ल्याएको मापदण्ड लागू गर्नुभन्दा उद्योग नै बन्द गर्नु उपयुक्त हुने उनले बताए ।   क्रसर उद्योगी मापदण्डको आधार नै त्रुटिपूर्ण रहेको बताएका छन् । सरकारले असार मसान्तभित्र राजमार्गबाट ५ सय, खोला किनारबाट ५ सय, हाइटेन्सन लाइनबाट १ सय र शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, संस्कृतिक, पुरातात्विक महŒवका स्थल, वन निकुञ्ज र आरक्ष, घना बस्तीबाट २ सय किलोमिटरको दूरीमा राख्नुपर्ने मापदण्ड ल्याएको छ । यदि त्यस्तो मापदण्ड कार्यान्वयन नगर्ने क्रसर व्यवसाय बन्द गर्न सरकारले निर्देशनात्मक मापदण्ड ल्याएको छ । तर, क्रसर उद्योगीले भने यस्तो मापदण्ड लागू हुन नसक्ने भन्दै मापदण्डयुक्त स्थान उपलब्ध गराउनुपर्ने र उद्योग सार्नका लागि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । कोसी क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष नरेन्द्र सोनीले वर्तमान सरकारले क्रसर व्यवसायीलाई विस्थापित गर्न खोजेको टिप्पणी गरे ।  ७ सय क्रसर उद्योगमा अहिले प्रत्यक्ष ५० हजार र अप्रत्यक्ष २ लाख कामदार रहेको दाबी क्रसर व्यवसायीको छ । यसैबीच, कोसी अञ्चलमा सञ्चालित क्रसर व्यवसायीहरूले बुधबार विराटनगरमा स्काभेटर, ट्रिपरसहित जुलुस निकालेका छन् । कालो झन्डासहित निस्किएको सवारी ¥यालीले चर्को हर्न बजाउँदा ध्वनि प्रदूषण भएको थियो । हर्न बजाउँदै लस्करै सवारी हुइकिँदा नगरका मानिसहरू केही बेर त्रसित भएका थिए ।  करिब सयको संख्यामा रहेका स्काभेटर, ट्रिपरलगायतको ¥यालीले अन्य सवारी आवागमनमा पनि केही बेर अवरोध पुगेको थियो ।  शेरचनले आफूहरूले पहिलेकै मापदण्डअनुसार क्रसर सञ्चालन गर्न दिइनुपर्छ भन्दै आएको तर सरकारले बेवास्त गर्दै अघि बढेको बताए । ‘हाम्रा मागको बेवास्ता गरिएपछि हामी आन्दोलित भएका हौं,’ उनले भने, ‘३५ जिल्लामा सञ्चालन रहेका ७ सय क्रसर उद्योग असारपछि बन्द हुन्छन् ।’

No comments:

Post a Comment