Saturday, May 31, 2014

मलेसिया सुरक्षा गार्ड र सर्भिस क्षेत्रको आकर्षक गन्तब्य , हाल आवस्यक कामदार कोटामा ८० प्रतिशत नेपाली

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १० जेठ
अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा मलेसिया सुरक्षा गार्ड र सर्भिस क्षेत्रकालागि राम्रो आकर्षक गन्तब्य बनेको छ । वैदेशिक रोजगारीको शिलसिलामा मलेसिया पुग्ने कामदार मध्ये अधिकाँश सुरक्षा गार्डमा कार्यरत छन । उनीहरु होटल तथा रेस्टुरेन्ट, बैंक, राजदुतावास, ठुला–ठुला कम्पनी , अर्पाटमेन्टहरु, उत्पादनमुलक उद्योग, कलकारखाना र उच्चपदस्थ अधिकारीहरुको निजी निवास लगायतका स्थानमा कार्यरत छन । नेपाली सुरक्षा गार्डले हालसम्म मलेसियामा बीर गोर्खालीको लोकप्रियता कमाईसकेको पाइन्छ । 
कुल २ करोड ७० लाख जनसंख्या रहेको दक्षिण पूर्वि एसियाली मुलुक मलेसियामा अहिले करिब ७ लाख नेपाली कार्यरत छन । जसमध्ये सुरक्षा गार्डमा कार्यरत नेपालीको संख्या सबैभन्दा बढी छ । त्यसपछि होटल तथा रेस्टुरेन्टहरु जस्ता सर्भिस क्षेत्र र उत्पादनमुलक उद्योगहरुमा काम गर्न जानेहरुको संख्या नै भएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।  
विगत एक दशकदेखि मलेसियामा कामदार पठाउँदै आएको आकर्षण इन्टरनेस्नल प्रालिका अध्यक्ष विष्णु केसीले मलेसिया अन्तर्राष्ट्रिय श्रम बजारमा सुरक्षा गार्ड र सर्भिस क्षेत्रकालागि राम्रो आकर्षक गन्तब्य रहेको बताए । अहिले नेपाली सुरक्षा गार्डले मलेसियामा बीर गोर्खालीको लोकप्रियता कमाईसकेको जानकारी गराउँदै उनले अहिलेसम्म आफ्नो कम्पनीबाट जानेहरुले सम्झौतापत्रमा उल्लेख भए अनुरुपको पारिश्रमिक पाईरहेको बताए । अहिले मलेसियाबाट अत्यधिक मात्रामा नेपाली कामदारको माग आइरहेपनि श्रम स्वीकृती दिने कार्यमा भईरहेको ढिलाई लगायत अन्य सरकारी ढिलासुस्तीका कारण यहाँका व्यवसायीले माग अनुरुप समयमै कामदार पठाउन नसकिरहेको जानकारी गराउँदै अध्यक्ष केसीले भने, ‘मलेसियाको हाल आवस्यक कामदार कोटामा ८० प्रतिशत नेपालीको माग रहेको छ ’ ।  उनले अहिले मलेसियाले सुरक्षा गार्ड बाहेक सर्भिस क्षेत्रमा मात्र ५४ हजार नेपाली कामदार लिँदै गरेको जानकारी गराए ।
मलेसियाको हावापानी पनि नेपालकै जस्तै मिल्दोजुल्दो भएकाले पनि अहिले अन्य खाडी मुलुकहरुको भन्दा मलेसिया जाने कामदारको चाप बढेको बताउँदै केसीले भने, ‘ अहिले मलेसिया नेपाली कामदारको आकर्षक श्रम गन्तब्य बनेको छ ’।
नेपालबाट वैदेशिक रोजगारीमा जाने मध्ये अधिकाँश सुरक्षा गार्ड, होटल तथा रेस्टुरेन्ट सम्बन्धी काम, इलेक्ट्रोनिक, मेनिफेक्चरिङ एवं उत्पादन सम्बन्धी र अन्य कम्पनीमा कार्यरत रहेको जानकारी दिँदै उनले कुल २ करोड ७० लाख जनसंख्या रहेको मलेसियामा हाल करिब ४ लाख नेपाली सुरक्षा गार्डमा कार्यरत रहेको बताए । अझै राम्रो डिमान्ड रहेकाले सो संख्या थप बढ्ने उनको अनुमान छ ।
मलेसियाको क्लालम्पुर स्थित सेरेम्बन राजमार्गको नोभेल होटलमा ३ वर्ष काम गरेर अहिले घर विदामा आएका नेपाली सुरक्षा गार्ड सुरेन्द्र तामाङले अन्य काम भन्दा सुरक्षा गार्डको पारिश्रमिक र काम राम्रो भएको बताए । मकवानपुरका तामाङले विगत ३ वर्षदेखि आफु सो होटलमा कार्यरत रहेको बताए । गौरीशंकर ओभरसिजबाट पहिलोपटक मलेसिया पुगेका तामाङले दैनिक १२ घन्टा काम गर्दा तलब र ओभरटाइम गरि मासिक २३ सय रिँगेट (६६ हजार ७ सय रुपैयाँ) कमाईरहेको बताए । उनले सो कमाईसँगै होटलमा खाना र बस्ने सुविधा भएकाले अहिलेसम्म मासिक तलब र ओभरटाइमको पारिश्रमिक सबै बचाउने गरेको बताए । यही कमाइले आफुले ५ जनाको घरखर्च चलाईरहेको उनको भनाई छ । 
एक लाख १० हजार रुपैयाँ म्यानपावरलाई बुझाएर सो होटलमा पुगेको बताउँने तामाङले अहिलेसम्म मलेसियन रोजगारदाता कम्पनीहरुले नेपालीलाई निकै मनपराउने गरेको जानकारी दिए । यसैगरि, क्लालम्पुरस्थित ८८ तलाको पेट्रोनास ट्वीन टावर नजिकैको एक व्यापारिक भवनमा सुरक्षा गार्डमा काम गरि घर विदामा आएर पुनः फर्किन लागेका अछामका हरिकृष्ण रावलले पनि अहिले मलेसियामा नेपाली सुरक्षा गार्डकालागि निकै राम्रो डिमान्ड रहेको बताए । उनले अन्य मुलुकहरुबाट आउने भन्दा नेपाली इमान्दार र मेहनेती भएकाले मलेसियनहरुले बीर गोर्खालीको नामले रुचाउने गरेको बताए ।  एयर एसियाको नेपालकालागि आधिकारिक जिएसए इन्सेटिभ टुर एण्ड ट्राभलले पनि मलेसिया नेपाली सुरक्षा गार्ड र सर्भिस क्षेत्रकालागि निकै आकर्षक गन्तब्य भएको बताएको छ । 
विगत डेढ दशकदेखि टुर गाइडको काम गर्दै आएकी मलेसियन पथप्रर्दशक नुरुलले पनि मलेसियामा नेपाली सुरक्षा गार्डको माग उच्च रहेको बताइन् । बुद्ध जयन्तीको अवसरमा पहिलोपटक नेपाल भ्रमणमा आएकी मलेसियन पथप्रर्दशक नुरुलले मलेसिया भौगोलिक हिसावले सानो मुलुक भएपनि अहिले त्यहाँ संसारका धेरै मान्छेको आकर्षण बढेको बताइन । उनले कुल २ करोड ७० लाख जनसंख्या रहेको एसियाली मुलुक मलेसियामा अहिले करिब ७ लाख नेपाली कार्यरत रहेको बताइन । जहाँ हरेक वर्ष विभिन्न मुलुकबाट करिब ५ करोड भन्दाबडी पर्यटकले अवलोकन भ्रमण गरिरहेको उनको भनाई छ ।  उनले कुल २ करोड ७० लाख जनसंख्या रहेको मलेसियामा बौद्धमार्गि २५ प्रतिशत चिनियाँ, ५५ प्रतिशत स्थानीय मलेसियन मुस्लीम र हिन्दुधर्म मान्ने १० प्रतिशत भारतीय एवं नेपाली रहेको बताइन । उनले भौतिक निर्माण, पाम आयल कम्पनी र कृषि फर्ममा कार्यरत नेपाली कामदारको अवस्था भने निकै जोखिमपूर्ण रहेको बताइन । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष मात्र कुल १ लाख ६६ हजार ८ सय ९८ जना नेपाली कामदारले मलेसियालाई आङ्खनो श्रम गन्तव्य बनाएका थिए । जसमध्ये १ लाख ६१ हजार ६ सय ९२ जना पुरुÈ र ५ हजार २०६ जना महिला थिए ।

कोरियाका अवैध कामदार कुनै मुलुकमा पनि जान नपाउने
काठमाडांै, १० जेठ –सरकारले दÔिण कोरियामा अवैध रूपमा बस्ने नेपाली कामदारलाई अन्य मुलुकमा जान पनि अयोग्य ठहर गर्ने भएको छ । अझै पनि विभिन्न कारणले बाध्यतावश अवैध रूपमा बसिरहेकाहरूलाई आगामी ६ अगस्टभित्र फर्किए गैरकानुनी अभिलेखबाट नाम हटाउन दÔिण कोरियालाई ‘क्लिन चिट’ को सिफारिस गर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।
अवैध रूपमा कोरियामा नेपाली कामदार बस्ने कार्यलाई निरुत्साहित गरी थप कोटा बढाउन यस्तो व्यवस्था गरिएको ईपीएस शाखाले जनाएको छ । ईपीएसअन्तर्गत दÔिण कोरियामा गई अवैध बस्ने कामदारलाई कोरियामा मात्र नभएर अन्य कुनै मुलुकमा पनि जान नपाउने गरी कालोसूचीमा राख्ने सरकारी योजना रहेको सो शाखाले बताएको छ । ईपीएस कोरिया शाखा प्रमुख डिल्ली बा“स्तोलाले अझै केही कामदारले अवैध ढंगले दÔिण कोरियामा बसेर बढी रकम कमाउन खोज्दा कोटा नै गुम्न सक्ने खतरा उत्पन्न भएकाले अहिले सरकारले अवैध कामदारलाई नियन्त्रण गर्न यस्तो कडा नियम लागू गर्न लागेको बताए ।
सरकारले सुरु गरेको यस्तो नयाँ नियमपछि अवैध रूपमा बस्दै आएका केही व्यक्तिले गरेको गल्तीका कारण अब कामदारका परिवारलाई पनि विदेश जान समस्या हुन सक्ने बताउँदै उनले श्रम शोÈण तथा अन्य उद्धार गर्नुपरे पनि कानुनी उपचार नपाइने बताए । नेपाल तथा कोरियाको श्रम तथा सुरÔा कानुनबमोजिम दण्डसजाय गर्ने व्यवस्था पनि गरेको जानकारी गराउँदै उनले राज्यका तर्फबाट दिने सुविधाबाट समेत वञ्चित हुन सक्ने बताए ।  अहिले २÷३ सय कामदार अवैध बस्दा कोरियाको पर्खाइमा रहेका हजारौं कोरिया जानबाट वञ्चित हुन सक्ने बताउँदै बाँस्तोलाले भने, ‘त्यही कारण केही संख्याका अवैध कामदारलाई कारबाही गरेर भए पनि कोरियामा रोजगार बढाउन खोजिएको हो ।’   अहिलेसम्म वैदेशिक रोजगारीका लागि लागत खर्च, पारिश्रमिक र सुरÔाका हिसाबले दÔिण कोरिया निकै राम्रो श्रम गन्तव्यका रूपमा रहेको छ । तोकिएको अवधिभित्र फर्केका कामदारलाई उद्यमशीलता तालिम र सहुलियत दरको ऋण पनि दिइने भएको जानकारी दिँदै उनले  अहिले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यÔतामा बसेको बैठकले कोरियाबाट फर्केका कामदार जुन पेसामा संलग्न हुन चाहन्छन्, त्यहीअनुसार सरकारले सुविधा दिने निर्णय भइसकेको समेत जानकारी गराए । उनले अहिले मन्त्रालयले कसरी कामदारलाई उद्यमशीलता तालिम दिने भन्नेबारे निर्देशिका बनाउँदै गरेको बताए ।  दÔिण कोरियाले न्यून लागत, छिटो र पारदर्शी ढंगले कामदार पठाएको भन्दै नेपाललाई दुईपटक सर्वाेत्कृष्ट घोÈणा गरिसकेको पनि सो शाखाले जानकारी गराएको छ ।

एक वर्षमा झन्डै ५ लाख कामदार बिदेसिएकाठमाडौं, १० जेठ –वैदेशिक रोजगारीका लागि एक वर्षभित्रमा करिब ५ लाख नेपाली कामदार विभिन्न मुलुक पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७० सालमा कुल ४ लाख ९२ हजार १ सय १४ जना कामदार  विभिन्न मुलुकमा बिदेसिएका छन् ।
यसरी, बिदेसिनेहरूको संख्या २०६९ मा कुल ४ लाख ५३ हजार मात्र थियो । विगतका वर्षमा भन्दा अहिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको विभागले जनाएको छ । राजनीतिक अस्थिरता, ऊर्जा अभाव र श्रम समस्याले रोजगारी सिर्जना हुने Ôेत्रमा लगानी नहु“दा यसरी बिदेसिनेहरूको संख्या बढेको विभागले जनाएको छ । खाडी मुलुकमा पूर्वाधार निर्माणको काम तीव्र छ भने मलेसियाले बंगलादेशी कामदारलाई बन्द गरी नेपालीलाई प्राथमिकता दिइरहेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि त्यहा“ पूर्वाधारमा लगानी बढिरहेको छ । कतारले अदÔ कामदारमा नेपाललाई प्राथमिकता दिइरहेको छ । मलेसिया र खाडी मुलुकमा पनि माग बढिरहेकै छ । यो वर्Èको असारमा सबैभन्दा बढी कामदार विदेश गएका छन् । असारमा ५० हजार ४ सय ५३ कामदार विदेश गएको तथ्यांक छ । सबैभन्दा कम भदौमा २४ हजार २ सय १४ गएका छन् । दैनिक १ हजार ३ सय ४८ कामदारले रोजगारीका लागि नेपाल छाड्ने गरेको देखिन्छ । यो संख्या कानुनबमोजिम श्रम स्वीकृति लिएर विदेश जानेको मात्र हो । यसैगरि, अहिले भारतीय बाटो हुँदै महिला कामदार पनि ठूलो संख्यामा गएको अनुमान छ । वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ विगतमा सञ्चालनमा रहेका उद्योग बन्द रहेर त्यहा“ कार्यरत कामदार पनि विदेश जान थालेकाले श्रम बजारमा प्रवेश गर्नेको संख्या बढेको बताउ“छन् । बढ्दो ऊर्जा संकट र श्रम समस्याले केही उद्योग बन्द भइरहेको बताउँदै उनले भने, ‘त्यहा“ कार्यरत पनि बेरोजगार भएपछि बाध्य भएर बिदेसिने क्रम बढेको हो ।’
अहिलेसम्म नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने पाँच शीर्È मुलुकमा मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुबेत रहेका छन् । गत वर्È मलेसियामा सबैभन्दा बढी नेपाली कामदार रोजगारीमा गएका थिए । गत वर्ष १ लाख ६६ हजार ८ सय ९८ जना नेपाली कामदारले मलेसियालाई आङ्खनो श्रम गन्तव्य बनाएका थिए । जसमध्ये १ लाख ६१ हजार ६ सय ९२ जना पुरुÈ र ५ हजार २०६ जना महिला थिए । यसैगरी, नेपालीको प्रमुख दोस्रो गन्तव्यका रूपमा कतार रहेको छ । गत वर्È कुल १ लाख १२ हजार ७९ कतार गएकामा १ लाख १० हजार ४ सय ८५ जना पुरुÈ र १ हजार ५ सय ९४ जना महिला रहेका थिए । त्यसैगरी, तेस्रो श्रम गन्तव्य रहेको मुलुकमा साउदी अरब रहेको छ । सोही अवधिमा साउदी अरबमा ७३ हजार ६ सय ८ पुरुÈ र ७ सय ८० महिला गरी कुल ७४ हजार ३ सय ९१ जना नेपाली कामदार विभिन्न कामका लागि सो मुलुकमा गएका थिए । यसैगरी, चौथो प्रमुख गन्तव्यका रूपमा दुबई रहेको छ । दुबईमा ४३ हजार ६ सय ३० पुरुÈ र ५ हजार चारजना महिला गरी कुल ४८ हजार ६ सय ३४ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । कुबेत पाँचौं प्रमुख गन्तव्य रहेको छ । कुबेतमा गत वर्È ११ हजार ५ सय ७ पुरुÈ र ९ हजार २ सय १७ महिला गरी कुल २० हजार ७ सय २४ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । मलेसियाको हावापानी नेपालको जस्तै भएकाले त्यहाँ गएर काम गर्न सजिलो हुने भएकाले अधिकांश नेपाली कामदारले मलेसियालाई आङ्खनो गन्तव्य बनाउन चाहेको देखिन्छ ।
मलेसियामा सुरक्षा गार्डमा काम गर्ने प्रायः सबै व्यक्ति नेपाली नै रहेका छन् । सो मुलुकले पनि सुरक्षा गार्डमा नेपालीलाई नै प्राथमिकता दिने नीति लिएको छ । त्यस्तै, नेपाली रोजगारीमा जाने दोस्रो प्रमुख मुलुक रहेको कतार पछिल्लो समय आर्थिक Ôेत्रमा उदाउँदो मुलुक हो । कतारले सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेकाले सो मुलुकमा नेपाली कामदारको अत्यधिक माग रहेको छ । अहिले श्रम Ôेत्रमा कतारबाट आउने कामदारको माग उल्लेख्य रहेको र मागअनुसार कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायीले बताउ“दै आएका छन् ।  
मासिक रूपमा बिदेसिनेको संख्या
वैशाख      ३९२८०
जेठ      ४५३८३
असार   ५०४५३
साउन   ४५३१९
भदौ     २४२१४
असोज   ३१९५९
कात्तिक  ३१९४९
मंसिर   ४१६३४
पुस  ५००३२
माघ  ३७२८६
फागुन ४८५५२
चैत   ४५८५४
नाता प्रमाणितमा लागत भन्दा दोब्वर असुली

काठमाडौ, १० जेठ–सरकारले व्यत्तिगत प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुलाई नाता प्रमाणित अनिवार्य गरेपछि विभिन्न मुलुकहरु स्थित नेपाली नियोगका कर्मचारीले लागत खर्च भन्दा दोब्बर बढी रकम लिएर नक्कली नाता प्रमाणित गरिदिने गरेका छन् । अहिलेसम्म नेपालको कानुनले हाडनाता या परिवारका सदस्य बाहेकका अन्यलाई नाता प्रमाणित भनिदैन । विदेशमा लामो समय रोजगारी गरेर बसेका या म्यानपावरको मिलेमतोमा अवैध रकम लिएर यसरी नियोगका कर्मचारीहरुले नाता प्रमाणित गरे पछि विभिन्न मुलुक स्थित नेपाली दलाल र बिचौलियाहरुले कार्गो मार्फत सक्कलै कागजात पठाउने गरेका छन् । नाता प्रमाणित र सक्कल कागजात आएपछि मात्र व्यक्तिगत श्रम स्वीकृति निस्कन्छ । वैदेशिक रोजगार विभाग स्थित श्रम स्वीकृति शाखाका कर्मचारीहरु, विदेशस्थित कुटनीतिक नियोगका कर्मचारी, विभागको ई–मेल चेक गर्ने शाखा अधिकृतहरु र यहाँका केही म्यानपावर व्यवसायी, एजेन्ट, दलाल र बिचौलियाहरुको मिलेमतोमा यसरी अवैध कार्य भैरह“दा समेत अहिलेसम्म विभागले सो विषयमा खासै प्रभावकारी काम गर्न नसकेको अधिकाँश सरोकारवालाहरुको गुनासो छ ।  उनीहरुले वैदेशिक रोजगार विभागका निवर्तमान महानिर्देशक कृष्णहरि पुष्करलाई यस्ता सबै कुरा थाहा भएपनि उनले अवैध धन्दा रोक्न कुनै प्रयास नगरेका बताएका छन् । जसका कारण अहिले यस्तै कार्यकालागि विभागमा खुलमखुल्ला घुÈ माग्ने क्रम बढिरहेको छ । 

No comments:

Post a Comment