Saturday, May 17, 2014

महानगरपालिकाले होटलको फोहर नउठाएकोमा हानको आपत्ति, घरजग्गा कर नतिर्ने होटल व्यवसायीको दावी

काठमाडौ, २४ बैशाख –काठमाडौ महानगरपालिकाले राजधानीमा सञ्चालित तारे होटलहरुले घरजग्गा कर नबुझाएको भन्दै विगत ५ दिनदेखि होटलहरुको फोहर उठाउन बन्द गरेपछि व्यवसायीले महानगरपालिकाले गरेको यस्तो कार्यप्रति गम्भिर आपत्ति जनाएका छन ।  होटल एसोशियसन अफ नेपाल (हन) ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महानगरपालिकाको सो कार्यप्रति गम्भिर ध्यानाकर्Èण भएको बताउ“दै यस्तो आपत्ति जनाएको हो । महानगपालिकाले उठाउन लागेको घरजग्गा करको विरोध गरेको छ । पत्रकार सम्मेलनमा सहभागि सबै व्यवसायीले महानगरपालिकाले उठाउन लागेको कर कानुनले दिएको सहुलियत र सुविधा विपरीत भएको भन्दै उनीहरुले अब घरजग्गा कर नतिर्ने चेतावनी दिएका छन ।
उनीहरुले अहिले घरजग्गा कर ऐन २०१९ अनुसार होटलको घरजग्गामा कर नलाग्ने गरी गरिएको कानुनी व्यवस्था प्रतिकुल हुने गरी महानगरपालिकाले घरजग्गा कर बुझाउन सार्वजनिक रुपमा पत्राचार गरेको पनि गुनासो गरेका छन् । हानका अध्यÔ बिके श्रेष्ठले घरजग्गा करस“ग फोहोरको कुनै सम्बन्ध नरहेको बताउ“दै व्यवसायीहरुले हरेक वर्È फोहरका लागि भनेर ७५ हजार रुपैया“ बुझाउ“दै आएको भएपनि अहिले विगत ५ दिनदेखि फोहोर नउठाएर अनावस्यक दुःख दिएको बताए । हानका पूर्व अध्यÔ प्रशिद्ध बहादुर पाण्डेले राज्यलाई कर बुझाउन व्यवसायी तयार भएपनि राज्यले पर्यटन उद्योगलाई दिएको छुट उपभोग गर्न पाउनुपर्ने बताए । महानगरपालिकाले केही साता अघि सार्वजनिक सुचना जारी गर्दै घरजग्गा कर तिर्न होटलहरुलाई आग्रह गरेको थियो ।
घरजग्गा कर नबुझाउ“दासम्म सम्बन्धीत होटलहरुको फोहोर नउठाउने महानगरले स्पष्ट पारिसकेको छ । हानका अध्यक्ष श्रेष्ठले राजधानीमा सञ्चालित ठुला तार होेटलहरुले देशको पर्यटन व्यवसायलाई प्रबद्र्धन र सुदृढिकरण गरी राज्यलाई मूल्य अभिबृद्धी कर, आयकर, घर जग्गा वहाल कर, व्यवसाय कर लगायतका विभिन्न किसिमका करहरु भुक्तानी गरी राजश्व वृद्धी गरेर देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउ“दै आएपनि अझै अनावस्यक दुःख दिएकाले अब घरबहाल कर नतिर्ने दावी  गरे ।
अहिलेसम्म होटलहरुले वार्Èिक रुपमा अर्बौं रुपैया“ कर बुझाएको मात्र होइन लाखौं व्यक्तिहरुलाई स्वदेशमा नै रोजगारी दिएको बताउ“दै व्यवसायीहरुले विदेशी पर्यटकबाट नेपाल सरकारका लागि अर्बौं विदेशी मुद्रा आजर्न गर्न टेवा पु¥याएको बताए । उनले देशको अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान पु¥याएको होटल व्यवसायलाई महानगरपालिले सार्वजनिक सुचना जारी गरेर बेइजत गर्न खोजेको समेत आरोप गाए । अध्यक्ष श्रेष्ठले भने, ‘ अहिले महानगरपालिकाले बँगैचामा कर नलाग्ने भएपनि स्वीमीङपुलको लाग्ने, पर्यटक राख्ने कोठाको नलाग्ने तर बाथरुपको छुट्टै कर लाग्न भनेर अनावस्यक दुःख दिईरहेको छ ’।  सबै होटलले कानूनवमोजिमका र कानूनले दिएका सहुलियत र सुविधाको अधिनमा रही सरकारलाई कर तिर्नु पर्दछ भन्ने विषयमा रहेको जानकारी गराउँदै उनले  घर जग्गा कर ऐन २०१९ को दफा १२ मा ‘गाँउ विकास समिति, नगरपालिका, वा जिल्ला विकास समितिको घर जग्गा, गोदाम, मिल वा कारखानाको कम्पाउण्ड भित्र कच्चा पदार्थ राखिने तोकिएबमोजिमको जग्गा मजदुर आवास र सेडहरु तथा होटलको ग्राहक बस्ने, खाने खास घर, जग्गा सवारी साधानको पार्किड. स्थान र बागबगैचा’सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको कुनै कुरा लागु हुने छैन भन्ने स्पष्टीकरण सहितको किटानी व्यवस्था गरेको भएपनि अहिले त्यसै दुःख दिएको बताए ।  होटल व्यवसायलाई स्तरीय बनाई विदेशी पर्यटकको आवागमनमा वृद्धि गरी विदेशी मुद्राको आय वृद्धि होस् भन्ने उदेस्यले यहाँ आउने विदेशी पर्यटक तथा नेपालको एक स्थानबाट अर्को स्थानमा भम्रण गर्ने नेपाली पर्यटकको स्वास्थ्य, सुविधा र हितको निमित्त होटल तथा लजको उचित स्तर कायम गरी संचालन गर्न उपयुक्त देखि होटल, लज, रेष्टुराँ तथा पथप्रदर्शक नियमावली २०३८ को नियम ५ को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल राजपत्रमा गत ४ कात्तिकमा सूचना प्रकाशित गरी एक तारे देखि पाँचतारे डिलक्ससम्मका होटलहरुको वर्गिकरण गरी पर्यटन मन्त्रालय, पर्यटन उद्योग महाशाखामा दर्ता हुनु पर्ने व्यवस्था गरेको  भएपनि महानगरपालिकाका कर्मचारीले व्यवसायीसँग त्यसै अनावस्यक दुःख दिएको आरोप लगाए ।  हानले होटल एवं पर्यटन क्षेत्र निकै संवेदनशिल भएकाले अहिले फोहोन नउठाउँदा परेको प्रभावमा सरकार गम्भिर हुनुपर्ने बताए ।  

No comments:

Post a Comment