Saturday, May 17, 2014

पर्यटन बोर्डका सिइओ निरौलालाई काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडौ, २९ बैशाख–नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास निरौलालाई काममा अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश दामोदर शर्मा र न्यायाधीश गिरीशचन्द्र लालको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो । सो इजलासले विपÔीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । व्यवसायीहरुले बोर्डको कार्यालयमा तालाबन्दी लगायत दैनिक हुल्दंगा र प्रदर्शन एवं धर्ना गर्दै कार्यालय प्रवेश गर्न नदिएपछि निरौलाले अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दा अनुसार यस्तो आदेश दिएको सवोच्चले जनाएको छ । रघु विष्ट सहित ५ जनालाई  विपक्षि बनाएर निरौलाले दायर गरेको निवेदनका आधारमा सर्वोच्चले सो अन्तरिम आदेश दिएको हो । करिब आधा महिना भन्दा बढी देखि पर्यटन बोर्डमा पर्यटन व्यवसायीले विभिन्न माग राखेर विविध प्रकारका आन्दोलन गरेपछि अहिले बोर्डको नियमित काम कारबाही समेत प्रभावित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिमप्रसाद आचार्यले पनि पर्यटन बोर्ड विरुद्ध खनिएका व्यवसायीले अहिले जारी आन्दोलन स्थगीत नगरेसम्म बार्तामा नबस्ने बताउदै आएका छन् ।
विगत लामो समयदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत ( सिइओ) छनोट नभई नेतृत्वबिहिन अवस्थामा रहेको पर्यटन बोर्डमा चर्किएको तिब्र राजनीतिक विवादका कारण अहिलेसम्म सिइओ छनोट कार्य अघि बढ्न नसकेपछि गत ३१ असारमा बोर्ड सञ्चालक समिति बठैकले बोर्डकै निमित्त प्रमुख कार्यकारी अधिकृत एवं बरिष्ठ निर्देशक निरौलालाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको थियो । सो निणर्यको आधारमा सरकारले निरौलालाई कामु सिइओको जिम्मेवारी सुम्पीएको थियो । सोही निर्णय अनुसार उनको तलब भक्ता सुविधा  बढाएर बोर्डबाट रोकिएका काम सञ्चाहन गर्ने प्रयास भएको थियो ।

No comments:

Post a Comment