Saturday, May 10, 2014

मलेसियामा कार्यरत कामदारको समस्या समाधानमा अख्तियारको चासो

काठमाडौ, २१ बैशाख–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलेसियामा कार्यरत कामदारको समस्या समाधानमा चासो राखेको छ । अख्तियारका प्रमुख आयुक्त लोक मान सिंह कार्कीले मलेसियामा कार्यरत नेपाली वैदेशिक रोजगारदाता, मलेसियाका लागि नेपाली राजदूतावासका पदाधिकारीहरुसँगको उपस्थितीमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँग  मलेसिया भ्रमण गर्ने क्रममा अन्तरक्रिया गरी प्राप्त जानकारी एवं विवरणका सम्बन्धमा आइतबार यस्तो चासो राखेका हुन ।
मलेशियाको जेल तथा डिपोटेसन सेन्टरमा रहेका र अन्यत्र अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरि राहत उपलब्ध गर्न एवं मृत्यु भएका कामदारको शव नेपाल ल्याउने कार्यमा सहजीकरण गर्न मलेसियास्थित नेपाली राजदूतावासलाई वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट २० लाख रुपैयाँ तत्काल पठाउने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई पत्राचार गर्ने भएको छ ।  
आइतबार प्रमुख आयुक्त कार्कीको संयोजकत्वमा आयोगका सचिव एवं गृह मन्त्रालय, श्रम तथा वैदेशिक रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयका सचिवहरु, अध्यागमन विभाग, भन्सार विभाग, वैदेशिक रोजगार विभागका महानिर्देशक, परराष्ट्र मन्त्रालय तथा श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका सहसचिव एबं त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निमित्त कार्यकारी निर्देशक समेतको उपस्थितिमा भएको प्रतिवद्धता अनुरुप मलेसियामा कार्यरत कामलारलाई परेको समस्या समाधानकालागि सम्वन्धित निकायमा लेखि पठाईएको अख्तियारले जनाएको छ । अख्तियारले नेपालबाट बैदेशिक रोजगारीमा जाने अन्य मुलुकहरुमा पनि नेपाली कामदारको आवश्यक उद्धार गर्न एवं कामको सिलसिलामा मृत्यु भएकाहरुको शव नेपाल ल्याउनको लागि आवश्यक व्यवस्था मिलाउन पर्याप्त रकमको वन्दोवस्त गर्न तथा आगामी वर्षहरुमा पनि यस्तो व्यवस्था नियमित रुपमा मिलाउन श्रम मन्त्रालय मार्फत वैदेशिक रोजगार प्रवद्र्धन वोर्डलाई लेखि पठाउने, वैदेशिक रोजगारीको लागि विदेश जाने कामदारको छनौट भैसकेपछि भिषाको कारवाही गर्नु अगावै अभिमुखिकरण तालिम अनिवार्य दिलाउनु पर्ने व्यवस्था मिलाउने सम्वन्धमा पनि लेखी पठाउने , वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई प्रदान गरिने अभिमुखीकरण तालिम प्रदायकहरुको सेवा विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउने सम्वन्धमा बिद्यमान अनुगमन प्रणालीमा सुधार गर्न एबं प्रभावकारी अनुगमनको लागि समेत आवश्यक व्यवस्था मिलाउन श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन वोर्डलाई लेखी पठाउने निर्णय गरेको छ ।
यसैगरि, वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न बिद्यमान स्वीकृत मापदण्ड बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन श्रम मन्त्रालयलाई लेखी पठाउने , धेरै कामदार जाने मुलुकका नेपाली राजदुतावासहरुको जनशक्ति अप्रयाप्त रहेको भन्ने गुनासो आएको भन्दै उनले ती राजदुतावासहरुमा थप संख्यामा स्थानीय व्यक्तिहरुलाई काममा लगाउन तत्काल व्यवस्था गर्नु पर्ने देखिएकाले उचित व्यवस्था मिलाउने व्यवस्था गर्न गराउन परराष्ट् मन्त्रालय, अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउने निणर्य गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटा बताए ।   
उनले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको सामाजिक सुरक्षा तथा कल्याणको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना भएकाले सो कोषबाट खर्च व्यहोर्ने गरी सम्वद्ध निकायको प्रतिनिधिहरुको सहभागितामा प्रभावकारी अनुगमन गर्ने आवश्यक व्यवस्थाको लागि पनि श्रम मन्त्रालयमा लेखि पठाउने निणर्य भएको जानकारी दिए ।  उनले बैदेशिक रोजगारीबाट नेपाल फर्कने नेपाली कामदारहरुलाई अध्यागमनको सरल पक्रिया अपनाउने सम्वन्धमा आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयमा लेखि पठाउने र भन्सार सम्वन्धी जांचबुझ गर्ने क्रममा सरल पक्रिया अपनाई कुनै पनि किसिमबाट झन्झट वा निरुत्साह हुन नदिने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई लेखि पठाउने समेत निणर्य भएको बताए ।

No comments:

Post a Comment