Tuesday, May 20, 2014

मिश्र पाटाको अन्तर्राष्ट्रिय सचिवमा नियुक्त, पाण्डे पनि बोर्डमा



काठमाडौं, ५ जेठ – प्यासिफिक एशिया ट्राभल एशोसिएशन ( पाट्टा) को अन्तर्राष्ट्रिय सचिव तथा कोÈाध्यÔमा नेपाली पर्यटन व्यवसायी बसन्तराज मिश्र निविर्रोध निर्वाचित भएका छन् । उनले पाटाको ६३ वर्Èको इतिहासमा पहिलोपटक सचिव निर्वाचित भएर नयाँ रेकर्ड बनाएको पाट्टा नेपाल च्याप्टरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नवनिर्वाचित मिश्र टेम्पल टाइगर समूहका कार्यकारी अध्यÔ हुन् । एशिया प्यासिफिक Ôेत्रमा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने पाटाको प्रधान कार्यालय थाइल्याण्डको बैंककमा रहेको छ । यसको दर्ता अमेरिकाको क्यालिफोर्नियाको अकल्याण्डमा छ । मिश्र पाटास“ग लामो समयदेखि आवद्ध छन् । उनले यसअघि पाटाको उद्योग परिÈद्, शिÔा समिति र दिगो पर्यटन सम्वन्धी समितिमा रहेर काम गरेका थिए । यसैगरि, मिश्रले पाटाको नेपाल च्याप्टरलाई सन् १९९२ देखि १९९६ सम्म अध्यÔका रुपमा नेतृत्व प्रदान गरेका थिए। नेपाल एशोसिएशन अफ टुर अपरेटर्स ( नाट्टो) का पूर्व अध्यÔ समेत रहेका मिश्र नेपाल उद्योग परिसंघस“ग पनि आवद्ध छन् । यसैगरि, पाटा नेपाल च्याप्टरका अध्यÔ सुमन पाण्डे पनि पाटाको बोर्ड सदस्यमा गएको पाट्टा नेपाल च्याप्टरले जनाएको छ ।

यती एयरलाइन्सद्धारा विभिन्न संस्थालाई १६ लाख रुपैया“ प्रदान
काठमाडौ÷रास– निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेभ द चिल्ड्रेन, युनाइटेड मिसन टु नेपाल, केयर नेपाल र ह्याबिटाट फर ह्युमानिटी नामक चार ओटा संस्थालाई १६ लाख ३८ हज्जार ५२ रुपैयाँ सहयोग गरेको छ ।  आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तर्गत सामाजिक कार्यमा प्रतिबद्ध विभिन्न संस्थालाई नियमित सहयोग गर्दै आएको सो एयरलाइन्सले सोमबार राजधानीमा आयोजित कार्यक्रममा चारओटा संस्थालाई प्रति संस्था ४  लाख ९ हजार ५ सय १३ रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराएको हो । सो कार्यक्रममा यति एयरलाइन्सका कार्यकारी निर्देशक विजय श्रेष्ठ र नर्बुछिरिङ शेर्पाले चारओटै संस्थाका प्रतिनिधीहरुलाई आफ्नो कम्पनीबाट प्रदान गरिएको सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।  सामाजिक कार्य गर्दै आएका संस्थाहµलाई एअरलाइन्सले अहिलेसम्म एक करोड २३ लाख १७ हज्जार रकम सहयोग गरिसकेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सन् २००६ देखि सहयोग गर्दै आएको एअरलाइन्सले यसअघि टेवा नेपाल, माइती नेपाल, नेपाल कुष्ठरोग निवारण केन्द्र, इस्पाइनल उन्जुरी पुनस्र्थापना केन्द्र, रेडक्रस जस्ता एक दर्जन बढी संस्थालाई सहयोग गरिसकेको जनाएको छ ।
यसैगरि यतिले प्रत्येक यात्रुको एकतर्फी टिकटबाट २० र दुर्यतर्फिको  ४० रुपैया“ सामाजिक उत्तरदायित्वका लागि छुट्टयएको जनाएको छ ।
त्यसैगरि, सो एयरलाइन्सले सन् २०१० देखि सुदूर पश्चिममा ‘हरित योजना’ पनि सञ्चालन गरिरहेको छ।  यो योजना अन्तर्गत अहिलेसम्म एयरलाइन्सले सुदूर पश्चिममा २ लाख ५० हजार रुख रोपिसकेको दाबी गरेको छ । जसको लागि काठमाडौं–धनगढी–काठमाडौं वा काठमाडौं–नेपालगञ्ज–काठमाडौं रुटमा उडान गर्ने हरेक यात्रुको टिकटबाट प्राप्त रकमबाट  छुट्टै सामाजिक कोÈका लागि रकम छुट्टाएको जनाएको छ । यसैगरी, यतिको जेटस्ट्रिम–४१ विमान संचालन हुने Ôेत्रहरु भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीका उडानमा अपांगलाई ५० प्रतिशत, जेष्ठ नागरिकलाई २५ प्रतिशत, बालबालिकालाई ३३.३३ प्रतिशत र शिशुलाई ९० प्रतिशत छुट दिइने गरेको पनि बताएको छ । 

No comments:

Post a Comment