Saturday, May 17, 2014

बोर्डको छानविन गर्न सहसचिव भट्टराईको संयोजकत्वमा छानविन समिति गठन, निजी क्षेत्रलाई एक्ल्याएर बनाईएको समिति अमान्य ः व्यवसायी

काठमाडौ, २८ बैशाख  –पर्यटन बोर्डको छानविन गर्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । आइतबार  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव भट्टराईको संयोजकत्वमा उपसचिव स्तर अर्थ मन्त्रालय र लेखा अधिकृत ध्यानकुमार राई सदस्य सचिव रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको हो । सो समितिलाई नेपाल पर्यटन बोर्डको आर्थिक अवस्था एवं अहिले भईरहेको वास्तवित्ता बारे छानविन गरी काम शुरु गरेको १५ दिनभित्रमा प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । सो समितिले विभिन्न ६ ओटा विÈय वस्तुमा अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने बताईएको छ । प्रतिवेदन अनुसार बोर्डमा आवश्यक काम कारबाही अघि बढाउने मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइएको थियो ।
सरकारले गठन गरेको समितिले नेपाल पर्यटन बोर्डका विÈयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायहरुमा परेका उजूरीहरुको विÈय वस्तुमा छानविन गर्ने छ । आथिर्क वर्È २०६८÷०६९ देखि हालसम्म नेपाल पर्यटन बोर्डको आम्दानी र खर्चका सम्बन्धमा छानविन गरी आवश्यक कारवाहीको निम्ति सुझाव दिने बताइएको छ । त्यसैगरि, पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सको व्यवस्थापन, शुल्क उठाउने व्यवस्था र भएको खर्च सम्बन्धमा अनुसन्धान र छानविन गर्ने छ । पर्यटन बोर्डको विÈयमा व्यवसायिक संस्था तथा सरोकारवालाहरुद्धारा उठाइएका विभिन्न विÈयका सम्बन्धमा पनि समितिले छानविन गर्ने बताइएको छ ।
पर्यटन बोर्डको आथिर्क विनियमावलीको अध्ययन गरी त्यसमा कमी कमजोरीहरु भए सुधारका लागि सुझाव दिनुका साथै समितिले आङ्खनो कामको सिलसिलामा आवश्यक पर्ने विशेÈज्ञ वा पदाधिकारीलाई काममा लगाउन वा आमन्त्रण गरी सुझाव सल्लाह लिन सक्ने लगायत छ । यसैगरि, मन्त्रालयले छानविन समिति गठन गरिएको जानकारी दि“दै तत्काल आन्दोलन स्थगित गरी नेपाल पर्यटन बोर्डको कार्य सुचारु गर्ने वातावरणमा सहयोग पु¥याईदिन व्यवसायीलाई अनुरोध समेत गरेको छ । आन्दोलनरत व्यवसायीहरुले भने आङ्खना मागहरु पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने बताएका छन् । 
पर्यटन बोर्ड विरुद्ध खनिएर विगत डेढ साता देखि आन्दोलन गरिरहेका पर्यटन व्यवसायीहरुले भने सरकारले आइतबार गठन गरेको छानविन समितिमा निजी Ôेत्रको प्रतिनिधित्व नभएको भन्दै असन्तुष्टी जनाएका छन् । आन्दोलनरत व्यवसायीहरुले सरकार, निजी Ôेत्र र विज्ञहरुको सहभागीतामा समिति गठन गरेर पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता र अन्य विÈयहरुको छानविन गरिनुपर्ने माग गर्दै आएका छन । आइतबार दिनभर बोर्ड भित्रको टिम्स कार्ड विक्री कक्ष समेत बन्द गरेर आन्दोलन गरिरहेका आन्दोलनरत व्यवसायीहरुले आइतबार साँझ नै पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरी सरकारले एकपÔीय ढंगले छानविन समिति गठन गरेको भन्दै यस्तो आपत्ती जनाएका हुन् । संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) का संयोजक रमेश धमलाले मन्त्रालयद्धारा गठित यस समितिबाट व्यवसायीको माग पुरा हुनेमा कुनै अपेÔा गर्न नसकिने बताए । उनले सरकारलाई निजी Ôेत्रको सहभागितामा समिति गठन गर्नुपर्ने माग राख्दा राख्दै व्यवसायीलाई एक्ल्याएर गठन गरिएको छानविन समिति आफुहरुलाई मान्य नहुने समेत दावी गरे ।

No comments:

Post a Comment