Saturday, May 31, 2014

आकर्षणले दियो कामदारलाई मलेसियाको निशुल्क सीम कार्ड आकर्षण र एनसेलको सहकार्य

काठमाडौ, १३ जेठ – आकर्षण इन्टरनेशनल प्रालिले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरुलाई निःशुल्क मलेसियाको सीम कार्ड दिन थालेको छ । आकर्षणले एनसेलसँगको सहकार्यमा मलेसियाको डीजी कम्पनीको सीम कार्ड निशुल्क उपलब्ध गराउन थालेको हो ।  आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु केसीले विदेश जाने कामदारले आफन्त र विदेशको कम्पनीसँग सजिलै सम्पर्क गर्न सकुन् भन्ने उद्धेश्यले यस कम्पनीले यहाँबाट जाने कामदारलाई निशुल्क सीम कार्ड उपलब्ध गराउन थालेको जानकारी गराए । म्यानपावर र कामदारको सम्वन्ध स्वदेशमा मात्र नभएर विदेशमा पुग्दा समेत सुमधुर बनाउन सहयोग पुगेको केसीको भनाई छ ।
उनले म्यानपावर कम्पनीहरुले कामदारलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाएपछि कुनै वास्ता नै गर्दैनन् भन्ने आरोप लागिरहँदा अहिले आकर्षणको यस्तो कार्यले कामदार र म्यानपावरको सम्वन्ध सँधै रहिरहनुपर्छ भन्ने पुष्टि गरेको बताए ।  आकर्षण इन्टरनेशनलवाट सोमबार राति मलेसिया उडेका विजयपुर मोरङका भूपाल पुलामी मगर मलेसियाको सीम कार्ड म्यानपावरवाट नै पाएपछि मख्ख परे । उनले खुशी हुँदै भने, ‘मलेसियाको विमानस्थल पुगेर घरपरिवार र मलेसियाका साथीलाई फोन गर्न पाइने भइयो ।’ म्यानपावर र एनसेलले दिएको सीममा मलेसियाको १० आरएम व्यालेन्स हुने र १६ मिनेट कुरा गर्न मिल्ने सुविधा रहेको जनाइएको छ । यसैगरि, सोमवार नै मलेसिया जान लागेका अर्का कामदार धनुषाका रोशन कुमार यादवले पनि मलेसियाको सीम पाएपछि निक्कै खुसी लागेको बताए । उनले भने‘ यदि मलेसियामा कुनै समस्या प¥यो भने अब सीधै यस म्यानपावरलाई फोन गर्न पाइने भयो ।’
आकर्षणका अध्यक्ष केसी कामदारसँगको सम्वन्धलाई थप आत्मीय र गाडा बनाउन यस नयाँ योजना निकै सफल भएको वताए । उनले  कामदार आफ्ना लागि सँधै पहिलो प्राथमिकता भएको बताए । उनले अहिले आकर्षणले सीम कार्डसँगै यहाँबाट मलेसिया जाने हरेक कामदारलाई एक÷एक थान डायरी, डटपेन, क्यालेण्डर र एउटा नेपाली कागजको खाम प्रदान गरिरहेको  पनि जानकारी दिए । वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष २०६२÷०६३ मा दर्ता भएको आकर्षण आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष जनशक्तिबाट संचालित उत्कृष्ट म्यानपावरका रुपमा स्थापित भइरहेको मलेसिया केन्द्रित वैदेशिक रोजगारमा कामदार पठाउँदै आएको यस कम्पनीले स्थापनाको छोटो अधिमा नै राम्रो सफलता हात पारिरहेको जनाएको छ ।  
स्वास्थ्य व्यवसायी संघर्ष समितिद्धारा महासंघको कार्यशैली विरुद्ध अदालत जाने चेतावनी काठमाडौ, १३ जेठ –स्वास्थ्य व्यवसायी संघर्ष समितिले नेपाल स्वास्थ्य व्यवसायी महासंघका पदाधिकारीहरुको दादागिरी तत्काल बन्द नगरे अदालत जाने चेतावनी दिएका छन् ।  मंगलबार राजधानीमा पत्रकार सम्मेलन मार्फत सो समितिले महासंघमा आवद्ध सदस्य संस्थाहरुमाथि चरम शोषण गरेको, विदेशीएजेन्ट, दलालसँग मिलेर करोडौंको आर्थिक हिनामिना गरेको, सिन्डिकेट प्रथा लागू गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द नभए अदालत जाने चेतावनी दिएको हो । 
संघर्ष समितिले वर्तमान कार्यसमितिले निर्वाचनपूर्व गरिएको प्रतिवद्धता पूरा नगरेको सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क लागू गर्न नसकेको, गाम्का नेपालको सदस्य बन्न गरिएको व्यवसायीहरुको करोडौं रुपैया फिर्ता नगरेको, कैलाश खड्काको घाटामा रहेको वेलकेयर अस्पताल ४ करोड ७५ लाखमा किनेर महासंघलाई धरासायी बनाउन खोजेको भन्दै ७ सूत्रीय संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।  समितिले आगामी १८ जेठबाट महासंघमा तालाबन्दी र व्यवसायी भेला गर्ने, विशेष साधारणसभाको जानकारी दिने, निर्वाचन कार्यतालिकाको घोषणा गर्ने, पुराना कार्यसमितिका भ्रष्ट पदाधिकारीहरुमाथि छानविन गरी कारवाहीको पक्रिया अघि बढाउने जस्ता ७ सूत्रीय संघषको कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक सूलोचना श्रेष्ठले महासंघका सीमित पदाधिकारीहरुको सिण्डकेट र कमिशन विरुद्ध योजनावद्ध तरिकाले व्यवसायिक आन्दोलन गर्ने चेतावनी दिईन । स्वास्थ्य व्यवसायी मुकुन्द भट्टराईले व्यवसायीहरुको मौलिक हक हनन हुने गरी विधान संसोधन गरी धोका दिएको आरोप लगाउँदै सरकारले मलेसियाको विवादीत वायोमेट्रिक सप्mटवेयर कम्पनी (वायोमेटिक सिस्टम) लाई नेपाल सरकारले अस्वीकार गर्दा पनि करोडौंको खेलमा लागू गर्न खोजेको आरोप लगाउँदै तत्काल बन्द गर्नुपर्ने माग गरे ।

No comments:

Post a Comment