Saturday, May 31, 2014

एनएमए र टानका अध्यÔको राजीनामा माग गर्दै अनशन



काठमाडौ, १३ जेठ –सोलु बाल कल्याण अनाथालय संस्थाका अध्यÔ कामे मगरले यस वर्ष सगरमाथा आरोहण गर्न नपाएर आधार शिविरबार त्यसै फर्कने क्रममा खर्च भएको करिब २८ लाख रुपैयाँको Ôतिपूर्ति एवं एनएमए र टान अध्यÔको राजीनामाको माग गर्दै आगामी बिहीबारबाट आमरण अनशन बस्ने भएका छन । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले गत एक साताअघि आफुले विभिन्न माग राखेर दुबै संस्थामा ज्ञापनपत्र बुझाउँदापनि अहिलेसम्म केही नभएको भन्दै बाध्य भएर रत्नपार्क स्थित शान्ति बाटिकामा आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।
कामे मगरले सगरमाथाको खुम्बु क्षेत्रमा  गत ५ बैशाखमा  १६ जनाको ज्यान जानेगरि भएको प्राकृतिक बित्तिमा परी पदयात्रा Ôेत्रमा अहोरात्र खट्ने शेर्पाहरुको ज्यान गएकाले यस बर्È कालो वर्षको रुपमा मनाएर सगरमाथा आरोहण कार्य स्थगित् भएको स्मरण गर्दै अहिले एनएमएले गरेको कार्यले सो घटना र शेर्पाहरुको मृत्युलाई अवमूल्यन भएको भन्दै आफुले अनसन बस्न लागेको  बताए ।  मगरले पर्यटन व्यवसायमा दिन–रात खट्ने शेर्पा मजदुरहरुको मागलाई  सम्वोधन नगरी आरोहण गर्न जानेलाई रोक्नुपर्ने वा आधार शिबिर पुगेकालाई चढ्ने वातावरण मिलाउन कुनै पनि सकारात्मक भुमिका नखेलेको भन्दै नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पा र ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यÔ रमेश धमलाले  तत्काल राजिनामा दिनुपर्नेे माग गरेको बताए।  उनले अहिलेसम्म पदयात्रा एवं आरोहण कार्यमा समलग्न मजदुरहरुको मागलाई अहिलेसम्म टान र एनएमएले सही तवरले सम्वोधन गर्न नसकेको बताए । मगरले अहिले आफुले आरोण गर्न नपाउँदा भएको Ôतिपूर्तिको मागसँगै  अहिले पर्यटन बोर्डमा भइरहेको आन्दोलनका गतिविधीले मुलुकको प्रतिष्ठामा नै आँच आएको भन्दै त्यसको उचित जवाफको समेत  माग गरेका छन् ।

No comments:

Post a Comment