Monday, May 19, 2014

एनएमए र टान अध्यक्षको राजीनामा माग

काठमाडौ, ४ जेठ –नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल ( टान) को हिसाब किताब सार्वजनिक गर्न माग गर्दै आरोही ,व्यवसायी र आरोहीका सहयोगी एवं मजदुर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले टानका अध्यÔ रमेश धमलाले पदको दुरुपयोग गर्दै मजदुरको हितमा भन्दा अन्य कार्यमा टिम्स कार्डबाट संकलित टानको रकम खर्च गरेको आरोप लगाइएका छन । यसैगरि उनीहरुले नेपाल पर्वतारोहण संघ (एनएमए) ले पनि सगरमाथा लगायत विभिन्न हिमान आरोहण गर्ने आरोहीहरुलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै आरोहीलाई हतोत्साही गर्दै आएको आरोप लगाएका छन । एनएमएका अध्यÔ आङछिरिङ शेर्पा र टानका अध्यक्ष रमेश धमलाको राजीनामा माग गर्दै करिब ४० जनाको संख्यामा आरोही, व्यवासायी र मजदुरहरुले आइतबार दुईओटै संस्थामा पुगेर तत्काल राजीनामा गर्नुपर्ने माग राख्दै टान र एनएमएमा ज्ञापनपत्र बुझाएका हुन् । बिहानैदेखि हातमा प्लेकार्ड र कालो व्यानर सहित आन्दोलनमा उत्रिएका आरोही,आरोहीका सहयोगी र मजदुरहरुले आइतबार एनएमएका प्रमुख कार्यकारी अधिकृत जिनेश सिन्धुकार र टानका कोषाध्यक्ष गोपालबाबु श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । सो आन्दोलनका संयोजक कामे मगरले आफूहरुको यस माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । उनले आगामी ११ जेठभित्र टान र एनएमएका अध्यक्षहरुको तत्काल राजीनामा लगायत आफ्ना विभिन्न ५ बुँधे माग पुरा नभए तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो मानव पाईला राखेको २९ मे का दिन आगामी १५ जेठदेखि रत्नपार्कस्थित शान्ति बाटिकामा आमरण अनसन बस्ने बताए । उनले गत ५ बैशाखमा सगरमाथा क्याम्प १ र २ को बीच भागमा गएको हिमपहिरोमा परि १६ जनाको मृत्यु भएको घटनालाई लिएर यस वर्ष कुनैपनि दलले सगरमाथा आरोहण नगर्ने सबै आरोही एवं आरोहण सहयोगिहरुको निर्णयमा समर्थन जनाउँदै आफु पनि सगरमाथा आधार शिविरबाट त्यसै फर्किएर आएको र एनएमएले यहाँबाट जाने अन्य केहीले सगरमाथा चढ्दै गर्दा कुनै प्रतिक्रिया नदिएको भन्दै आफुहरु थप आन्दोलत भएको बताए । सोलु बालकल्याण अनाथालय संस्था जोरपाटीमा रहेका बालबालिकाहरुको सहयोगार्थ आफु सगरमाथा चढ्न गएको र गत ५ बैशाखको घटनाबाट आफु आरोहण अभियान नै छोडेर त्यसै आएको जानकारी गराउँदै उनले एनएमए र टान जस्तो आरोही र मजदुरको उचित हक अधिकार प्राप्त संस्थामा भईरहेको आर्थिक अनियमितता बिरुद्ध आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।  नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले आइतबार कामेको नेतृत्वमा केही समुहमा एनएमएमा ज्ञापनपत्र बुझाउन गएको कार्यलाई आफुले अहिले खासै ठुलो रुपमा नलिएको बताए । सगरमाथा आरोहणमा जाँदै गरेका कामेले जानुभन्दा अघि संघसँग पैसा मागेको थियो त्यसबेला संघ अधिवेशनमा जुटेकाले सो समय पैसा दिन नसकिएको जानकारी दिँदै उनले अहिले त्यसैले आएको हुनसक्ने बताए । टानका अध्यक्ष रमेश धमलाले पनि अहिले आफुलाई यस विषयमा केही जानकारी नै नभएको बताए ।  

No comments:

Post a Comment