Saturday, May 17, 2014

वैदेशिक रोजगारीमा जानेलाई आजबाट एमआरपी अनिवार्य

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३१ बैशाख
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृतिकालागि (आज)बिहीबारबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य बनाएको छ ।  बिहीबारदेखि पुरानो हस्तलिखित राहदानी लिएर श्रम स्वीकृति लिन जानेलाई श्रम स्वीकृति नै नदिनेगरि वैदेशिक रोजगार विभागले एमआरपी अनिवार्य गराएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् २०१५ को नोभेम्बरपछि हस्तलिखित राहदानीलाई पूर्ण रूपमा नै प्रतिबन्ध गर्ने भएपछि विदेश जाने कामदारले हस्तलिखित राहदानी लिए एकवर्È नबित्दै पुनः अर्काे राहदानी परिवर्तन गर्नुपर्ने हु“दा १ जेठदेखि नै एमआरपी अनिवार्य बनाइएको विभागले जनाएको छ । 
श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र विभागले मंगलबार नै सार्वजनिक सूचना मार्फत श्रम स्वीकृति प्राप्त गर्नकालागि अनिवार्य एमआरपीबाट मात्र कार्य सम्पादन गरिने जानकारी गराएको थियो । विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राखि भिसा आइसकेका एवं लागेका अवस्थामा एमआरपी बनाउन राहदानी विभागमा आवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी सहित समलग्न राखी निवेदन दिन सेवाग्राहीलाई जानकारी गराएको थियो । यसैगरि विभागले पुनः श्रम स्वीकृतिकालागि एमआरपी लिने आवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी सहितको निवेदन दिने कामदारहरुकालागि मात्र अब केही समयकालागि मात्र पुरानै हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृतिको काम गरिने समेत जानकारी गराएको छ ।
विभागका प्रवक्ता बद्रिकुमार कार्कीले भिसा आइसकेकालाई मात्र सहजरुपमा श्रम स्वीकृतिको सेवा दिने उदेस्यले विभागले गत सोमबारको निणर्य अनुसर यस्तो व्यवस्था मिलाएको बताए । उनले विभागले यसअघि दुईपटकसम्म सार्वजनिक सूचना प्रकाशित गरेर अबदेखि अनिवार्य एमआरपी चाहिने व्यवस्था मिलाएको बताए ।
उनले यदि भिसा लागेर छुट्टिमा आएकाहरुलाई पुनः जानकालागि भने राहदानी विभागमा एमआरपी लिन आवेदन दिएका व्यक्तिहरुलाई मात्र आगामी केही समयकालागि अनिवार्य एमआरपीको रसिद समलग्न गराएर मात्र श्रम स्वीकृति दिने बताए । उनले भिसा आई एमआरपी लिनलागेका हरुलाई पनि आगामी केही समयको लागि मात्र यस्तो व्यवस्था मिलाईएको बताए । अब पनि यहाँबाट एमआरपी लिएर नजानेहरुले विदेशमा पुगेर नयाँ एमआरपी राहदानीकालागि थप समस्या भोग्न नपरोस भनेर विभागले केही समयकालागि मात्र यस्तो व्यवस्था मिलाईदिएको बताए । 
उनले विदेशमा रह“दा राहदानी बनाउन झन् असहज हुने भएकाले हस्तलिखित राहदानीको म्याद सकिनुअघि नै एमआरपी लागू गर्न खोजिएको बताए । नेपाली दूतावासहरूले पनि एमआरपी पाएपछि मात्र श्रम स्वीकृति दिन सुझाव दिइरहेको जानकारी दिँदै उनले यहीँबाटै एमआरपी लिएपछि विदेशमा दुःख पाइ“दैन र  यात्रा पनि सहज हुन्छ भनेर विभागले अहिले नै सूचनामार्फत सबैलाई जानकारी गराएको बताए ।  विदेशबाट राहदानी बनाउनुपर्दा धेरै समय लाग्छ । दूतावासले राहदानी विभागमा सिफारिस गरेको ६÷७ महिनापछि मात्र हातमा एमआरपी पर्छ । त्यसमाथि फोटो वा अन्य विवरण नमिले झन् बढी समय लाग्ने भएकाले कामदारलाई यहाँबाट जाने बेलामा नै एमआरपी लिएर जाने वातावरण बनाउन विभागले अहिलेदेखि नै एमआरपी अनिवार्य गराएको बताए ।
यसअघि विभागले गत फागुनमा नै पहिलोपटक सार्वजनिक सूचना मार्फत वैदेशिक रोजगार विभागले १ जेठदेखि एमआरपी अनिवार्य गर्ने जानकारी गराएको थियो । विभागले अनिवार्य लागु गर्नुभन्दा ३ महिनाअघि नै वैदेशिक रोजगारीका लागि बिदेसिने कामदारले एमआरपी अनिवार्य लिनुपर्ने जानकारी गराउन १ जेठदेखि हस्तलिखित राहदानीमा अन्तिम श्रम स्वीकृति नदिने भन्दै अनिवार्य एमआरपी बनाउन सो सार्वजनिक सूचना जारी गरेको थियो ।  जसका कारण अहिले राहदानी विभाग लगायत विदेशस्थित विभिन्न दुतावासहरुमा एमआरपी लिनेहरुको ठुलो भिड लागिरहेको छ । अहिलेसम्म एमआरपी काठमाडौंको राहदानी विभागमा मात्र तयार हुँदै आएको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमध्ये २० प्रतिशतस“ग अझै हस्तलिखित राहदानी छ ।
अहिले हस्तलिखित राहदानी पूर्ण प्रतिस्थापन गर्न राहदानी विभागले पनि प्रविधि सुदृढीकरण ग गरिसकेको छ । आइकाओ ले दिएको समयभित्र प्रतिस्थापनाका लागि प्रविधि सुधार गर्न नेपालको एमआरपी छाप्ने कम्पनी ओवर्थर टेक्नोलोजिजका प्राविधिक चैतमा नेपाल आएका थिए । आइकाओले १५ नोभेम्बर २०१५ पछि हस्तलिखित राहदानीलाई मान्यता नदिने भएकाले त्यसअघि नै नेपालले सबै राहदानीलाई एमआरपीमा परिर्णत गर्नुपर्ने छ । हाल राहदानी विभागले दैनिक चार हजार राहदानी उत्पादन गर्दै आएको छ । त्यसालाई वृद्धि गरी न्यूनतम ६ हजार पु¥याउने गरी प्रविधि सुदृढीकरर्ण गर्न विभागले ओवर्थर कम्पनीस“ग प्रस्ताव गरेको हो । अहिले राहदानी विभागले महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्तहरूले दु्रत सेवाबाट एमआरपी को आवेदन र्फम भर्न सक्ने व्यवस्था मिलाएको छ । एमआरपी वितरण गर्ने कार्यलाई थप सहज बनाउन विभागले ६ ओटा केन्द्र सञ्चालन पनि अझै भीड नघटेपछि विभागले द्रुत सेवाबाट राहदानी लिन चाहने हरूलाई छुट्टै काउन्टर सञ्चालनमा ल्याएको बताएको छ । 
सन् २०१५ पछि हस्तलिखित राहदानी प्रयोग गर्न नपाइने भएपछि अहिले नेपाली कार्यरत विभिन्न देसका दुतावासहरुमा एमआरपी लिन निकै भीड लागिरहेको छ । अहिले कतार, साउदी अरब, मलेसिया लगायत नेपाली कार्यरत सबै मुलुकहरुमा एमआरपी लिने आवेदन फाराम बुझाउनेहरुको भीड लागेको छ ।
एमआरपी का लागि आवेदन गर्नेको भीड बढेपछि अहिले विदेशस्थित सबै नेपाली दूतावासका कर्मचारीलाई आवेदन बुझ्न र एमआरपी उपलब्ध गराउन मुस्कील परिरहेको छ।
एमआरपी बनाउन आउने बढेपछि काठमाडौं स्थित परराष्ट्र मन्त्रालय, राहदानी विभागबाट एमआरपी तयार भएर पठाउने कार्यमा समेत ढिलाई भईरहेको छ । विभागले एक महिनामै १ लाख १२ हजारले एमआरपी राहदानी लिएको जनाएको छ ।
विभागले ४ वर्षअघि २६ डिसेम्वर २०१०बाट एमआरपी राहदानी  वितरण गर्दै आएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले एक दिनमा करिब ४ हजार राहदानी जारी गर्न सक्छ । अहिले विभागको राहदानी जारी गर्ने Ôमताको आधा माग एउटै दूतावासबाट हुन थालेको छ। अहिले नेपालका दुई स्थायी नियोग सहित ३१ दूतावास विभिन्न देशमा छन्। 
वैदेशिक रोजगारका लागि आकर्Èक मुलुक मानिएका मलेसिया तथा खाडी मुलुकमा मात्र होइन, अहिले विश्वका अन्य देश स्थित नेपाली दूतावासमा पनि एमआरपी बनाउन पुग्नेको भीड बढ्दो छ। हस्तलिखित राहदानी काम नलाग्ने हुने मिति जति नजिकियो एमआरपी बनाउन दूतावासमा पुग्नेहरुको संख्या त्यति नै बढ्दो छ । भीड बढ्न थालेपछि केही दूतावासले बिदाको दिनमा पनि राहदानीको आवेदन बुझिरहेका छन् भने केही दूतावासले एमआरपी लिन कोही नछुटून् भनेर सूचना प्रकाशित गरि त्यहा“ रहेका आफ्ना नागरिकहरुलाई छिटो एमआरपी लिन आग्रह गरिरहेका छन्।
एमआरपी लिने सेवाग्राहीमध्ये ६० प्रतिशत नया“ र ४० प्रतिशत पुराना (हस्तलिखत राहदानी रद्ध गरी एमआरपी लिने) छन्। हालसम्म करिब ७ लाख हस्तलिखित राहदानीवाहकले एमआरपी लिइसकेका छन्।
विभागका अनुसार अझै १० लाख हस्तलिखित राहदानीवाहकले एमआरपी लिन बा“की छ। अबको केही महिनामा विभागले नया“ बाहकलाई एमआरपी उपलब्ध गराउनुकासाथै हाल प्रयोगमा रहेका हस्तलिखित राहदानी विस्थापित गरी नयाँ एमआरपी उपलब्ध समेत गराउनुपर्ने छ । पुरानो राहदानी विस्थापित गर्न नसके विदेशमा रहेका सबै हस्तलिखित राहदानी वाहक एकसाथ सन् २०१५ नोभेम्बरबाट अवैध हुने छन । त्यसैले अहिले सबै प्रक्रिया  पुगेका आवेदन फाराम संकलन गरि धमाधम नेपाल स्थित राहदानी विभागमा पठाइरहेको दूतावासले जानकारी दिएको छ ।
वैदेशिक रोजगार व्यवसायीले विदेशमा कार्यरत कामदारका लागि एमआरपी बनाउन ढिलाइ गरिए नेपाली कामदारले चर्को समस्या खेप्नुपर्ने बताउँदै आएका छन् । हाल सरकारी अनुमति लिएरै वैदेशिक रोजगारीमा गएका नेपाली कामदार ३१ लाख पुगिसकेका छन ्। जसमध्ये करिब १० लाखदेखि १५ लाख नेपाली कामदारस“ग मात्र एमआरपी रहेको अनुमान छ । बा“की सबै कामदारले हस्तलिखित राहदानी नै प्रयोग गरिरहेका छन् । कामदारबाहेक विदेश अध्ययन गर्न गएका विद्यार्थी, व्यवसायी लगायतका अधिकांश नेपालीले पनि हस्तलिखित राहदानी नै बोकेका छन् । अब विदेशमा रहेका नेपालीले एक ठाउ“बाट अर्को ठाउ“मा यात्रा गर्नुपर्दा एमआरपी पेस गर्नुपर्ने हुन्छ । एमआरपी देखाउन नसके सम्बद्ध अध्यागमन तथा विमानस्थल कार्यालयले यात्रा गर्नबाट वन्चित गर्न सक्छ । अहिलेसम्म एमआरपी नेपालबाट मात्र बनाउने व्यवस्था भएकाले विदेशमा रहेका कामदारले सम्बद्ध मुलुकको दूतावासमा फारम भरेर नेपाल पठाउनुपर्ने प्रावधान छ । दूतावासले हस्तलिखित राहदानी बोकेका कामदारको आवेदन फारम संकलन गरेर नेपालमा पठाउने र यहा“बाट एमआरपी बनाएर पुन ः पठाउनुपर्ने हुन्छ ।

No comments:

Post a Comment